Pages

Tuesday, December 18, 2007

लाङ्टाङ् क्षेत्र: इको टुरिज्मको संभावना !


धुन्चे पुग्ने अघि पहिरो जाने चर्चित ठाउ ठाडेबाट केहि समय अघि लिएको यो लाङ्टाङ्को तस्बिर हेर्दै गर्दा नया पत्रिकाको पौष ३ गतेको अँकमा प्रकाशित इको-टुरिज्मको यो लेख सान्दर्भिक लागेर त्यसको केहि अँस
शोभाकान्त
सुवेदी
संरक्षण विभागले 'इको-टुरिज्म' विकासका लागि संरक्षण कार्यक्रमलाई बढाउन सक्छ । पर्ूवाधारजन्य कार्यालयले सडक, विद्युत्, टेलिफोन, सवारी साधनको सुविधा प्रदान गर्न सक्छ । योजना आयोग र सम्बन्धित मन्त्रालयले आर्थिक विकासका दृष्टिकोणबाट पर्यटनको विकास आवश्यकता निर्धारण गर्न सक्छ । टुर अपरेटरले सम्बन्धित स्थलको सम्पूण जानकारी राखी सो क्षेत्रको सम्भावना, आवश्यकता र समस्या निर्धारण गर्न सक्छ । लगानीकताले होटल, लजलगायतका सुविधा प्रदान गर्न सक्छ । गैरसरकारी संस्थाले सम्बन्धित स्थलको स्थानीय विकासमा पर्यटनको भूमिकालाई समुदायमा लैजान सक्छ र दातृ संस्थाले समुदायको आयआर्जनको स्रोत बढाउन आवश्यक उद्यमशीलता विकासका लागि उपयुक्त विकास रणनीति, योजना, प्रशिक्षण, बजारीकरण, पर््रवर्द्धनजस्ता कार्यमा सहयोग पुर्‍याउ“छ । यी विभिन्न सरोकारवाला संस्था जसको सहकार्य वा सहभागिता 'इको-टुरिज्म' विकासका लागि अत्यन्त महत्त्वपण हुन्छ । हिमाल, पहाड र तर्राईको भूगोलले सि“गारिएको नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाको धनी मुलुक हो । जुन सम्पदामा रहेको आकर्षाकै कारण नेपाल 'इको-टुरिज्म' गतिविधिका लागि महत्त्वपूण गन्तव्यस्थल हुन पुगेको छ । नेपालको पर्यटन विकासको सुरुवातलाई हेदा प्राकृतिक सम्पदाको आकर्षाबाट नै भएको छ । नेपालको यही अद्वितीय प्राकृतिक सुन्दरता, शृखंलाबद्घ श्वेत पर्वतीय हिमशिला, भौगोलिक विविधता, सांस्कृतिक सामञ्जस्य, बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक सामाजिक संरचना र जीवनशैलीलगायतका स्रोतले गर्दा 'इको-टुरिज्म' विकासको अविच्छिन्न स्रोत हो । संरक्षण र पर्यटन विकासका दुइ मूल उद्देश्य लिएर नेपालमा स्थापित भएका १६ संरक्षित स्थल मूलतः 'इको-टुरिज्म' विकासका मूल्य, मान्यता, र ध्येयबाट निर्देशित छन् । तापनि, विद्यमान संभावनालाई संस्थागत गर्न आवश्यक 'इको-टुरिज्म' सम्बन्धी ऐन तथा नीति निर्माण नगरिनुले नेपालको पर्यटन विकास पर्ूण्ातः परम्पराबाट माथि उठ्न सकेको छैन ।

No comments: