Pages

Monday, January 22, 2007

चिसो, पानी र पाईताला ।

कृष्ण थापा
जिवजिवे -रसुवा, माघ ७ - जिवजिवेका अधिकांश बासिन्दाले धमिलो पानी खानुपरेको छ । पानीको मुहान घट्टे खोलामा साउन तेस्रो साता पहिरो गएपछि उनीहरू धमिलो पानी खान बाध्य भएका हुन् । धैबुङ-८ का १ सय ५ घरधुरीले धमिलो पानी खाने गरेका छन् । 'अन्य ठाउँको पानी ल्याउन सकिएन,' स्थानीयबासी केदारप्रसाद पौडेल भने- 'कतिपटक खानेपानीका लागि सदरमुकाम धुन्चे धाइयो, बजेट र पाइपका लागि कसैले कुरै सुनेनन् ।'
स्थानीयबासीले पाँच किलोमिटर टाढा रहेको सो खोलाबाट ०४६ देखि निरन्तर खोलाकोपानी खाँदै आएका थिए । तर पाँच वर्षयता स्थानीयबासीले धमिलो पानी खाँदै आएका छन् ।
खानेपानीको मुहानमा पहिरोले गर्दा समस्या आएकोले धमिलो पानी प्रयोग गर्नुपरेको बासिन्दाहरू बताउँछन् ।
'टाढा जान सकिंदैन, नखाएर के गर्नु,' स्थानीय गंगाकुमारी
पौडेलले भनिन्- 'धमिलो भएकोले उमालेर पिउने गरका छौं ।' 'रोग लाग्ला कि भन्ने डर छ,' पौडेलले भनिन् ।
स्थानीयबासीबाहेक जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि धमिलो पानी प्रयोग गरिँदै आएको
छ । 'सफा पानी आउँदैन,' अहेब माधवप्रसाद पौडेल भने- 'कहिले त लेदो नै आउँछ ।' दैनिक १०/१५ बिरामी आउने स्वास्थ्य केन्द्रमा पनि सफा पानी पाउन सकेका छैनन् । सफा खानेपानीको अभावमा केही दिनअघि बिरामी भएर स्वास्थ्य केन्द्र आएका प्रेमप्रसाद पौडेलले भने- 'बिरामीले त्यहाँ यस्तो पानी खाँदा झन् अर्को रोग थपिएर आउने डर छ ।'
यहाँ भोर्ले, धैबुङ, लहरेपौवा, सरमथलीलगायत नुवाकोटको बागेश्वरी र गेर्खु गाविसबाट उपचार गर्न आउँछन् ।
सफा खानेपानी अभाव नमुना नीलकण्ठ माविका शिक्षक र विद्यार्थीलाई छ । 'हामीलगायत विद्यार्थीहरूलाई पनि समस्या छ,' शिक्षक लोकनाथ पौडेल भने- 'नखाएर के गर्नु अरू विकल्प भएन ।'
***चिसोले खानेपानी आपूर्ति समस्या
कास
धुन्चे -रसुवा, माघ ७ - चिसोले धुन्चेमा खानेपानीको आपूर्तिमा समस्या भएको छ । चिसोले तापक्रम माइनस चार डिग्री सेल्सियसको हाराहारीमा पुगेकाले पानी जमेर बन्द हुन गएको हो । चिसोले पानी नआएको बताउँदै अर्याल होटेलका भीमप्रसाद पौडेलले भने- 'खानेपानी सुचारु भएको छैन ।'
थोरै पाइप गाडिएकोले पानी बरफ बनेर पानी सञ्चालनमा गड््बडी भएको धुन्चे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रिसुवाङ्दी तामाङले बताए ।
"Woman's Work" Prize winning photograph by Robert Gorski

Sunday, January 21, 2007

"५५ घण्टा चिलिमे बन्द : देशलाई ४३ लाख् घाटा"


रु २० प्रति सेकेण्ड देशलाई दुई दिनभन्दा बढि घाटा लागीरहदा कान्तिपुरका पत्रकार कृष्ण थापा र म संगै बसेर कुरा गर्दै थियौ । ति पत्रकार रसुवाको दुर्गम ठाउमा बसेर जनताको सुचनाको भोक मेटाउनको लागि प्रयासरत थिए । कमसेकम मैले उनलाई फोनको सुबिधा उपलब्ध गर्दै गर्दा काठमाडौं क्यान इन्फोटेकको धङ्धङिबाट बाहिर आउन भ्याएको थिएन । उनका सहकर्मी , जिल्ला ब्युरोले उनको समाचार टिप्ने चासो देखाएनन । बरु उनलाई फ्याक्स किन नगरेको भन्दै स्पष्टिकरण सोध्दै थिए । त्यो बिटको सिनियर् पत्रकार् सम्पर्कमा आउन सकेनन। टेलीभिजनले उनले टिपाएको समचार पढेन । ति पत्रकारको अवस्था देखेर पनि बिकाशका कुरा कति निरस जस्ता हुन्छन् भन्ने देखिन्छ , कमसेकम् पत्रकारिताको क्षेत्रमा भए पनि ।