Pages

Monday, June 16, 2008

सपना मात्र होइन ,रसुवागढी सडक !

चाइना सरकारले बनाउने अन्तिम तयारीमा रहेको स्याफ्रुबेसि-रसुवागढी सडक मार्गको पहिलो प्रारम्भिक सर्भे सुरु भएको छ । चाइना , तिब्यतका ठेकेदारहरु हाल सो सडक २८ महिनाभित्र बनाइसक्ने उद्देस्यले कम्मर कसेर यही हप्तामा सुरु गर्ने तयारीमा रसुवागढीमा कार्यरत छन । देखिएको तस्बिरमा ठुलो दलबलका साथ चाइनिजहरु बेडबिस्तर बोकेर त्रिसुलिबाट रशुवागढीतिर हानिएका छन । अब भने यो बाटो बन्न रोक्नको लागि फ्री तिब्यत आन्दोलनले पनि नसक्ला जस्तो छ ।


धुन्चे बेसक्याम्प !

जिल्ला सदरमुकाम रहेको रसुवाको धुन्चे अहिले ब्यस्त छ । मनमोहक देखिने यो ठाउँमा मानीसहरुको चहलपहल बढेको छ । गोसाइकुण्ड यात्रामा ४३८० मिटरको उचाइमा जानु अघिको सजिलो बेस क्याम्प १९५० मिटरको यो धुन्चेको धुनमा रमाउन पहिरो छल्दै छल्दै काठमाडौंबाट सय किलोमिटर भन्दा बढी उत्तरतिर बतासिनु पर्ने हुन्छ । श्रावण ३२ गतेको जनै पुर्णिमाको दिन लाग्ने भिड्को पर्खाइमा गोसाइकुण्ड प्रतिक्षारत छ ।


Saturday, June 7, 2008

Way to Ganesh Himal ...........

Some pictures are really interesting to see. The photo above was taken from Thulo syafru and it seems Ganesh himal + Sanjen himal ( Right side )
And this view was really touchy when one of my friend was backed to Besi ...syafrubesi. The upper part of the view indicates the road to reach somdang, destination point of Ganesh himal around 50 km from syafrubesi.


Friday, June 6, 2008

वातावरण दिवस मनाइयो !

विश्व बातावरण दिवस मनाइएपछी सुनियो कि जलवायु परिवर्तन भईरहेको छ । कार्वनको कम प्रयोग गर्ने सल्लाह दिने बिकसित देशहरुमा कती बढी उत्पादन भएको छ , त्यसको हिसाब पनि चाहियो नि । अब हिमाल र हिमनदीहरु पनि पग्लन थालेपछी हिमालको सौन्दर्य कता बिलाउने हो । एकपटक प्ले-कार्ड र ब्यानरमा बिद्यार्थी बटुलेर मात्र होइन , हिमाल छेउमा केन्जिङ उपत्यका,लाङ्टाङमा सुतेर पनी बिताउने कि बातावरण दिवस !