गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।
जिल्ला सदरमुकाम रहेको रसुवाको धुन्चे अहिले ब्यस्त छ । मनमोहक देखिने यो ठाउँमा मानीसहरुको चहलपहल बढेको छ । गोसाइकुण्ड यात्रामा ४३८० मिटरको उचाइमा जानु अघिको सजिलो बेस क्याम्प १९५० मिटरको यो धुन्चेको धुनमा रमाउन पहिरो छल्दै छल्दै काठमाडौंबाट सय किलोमिटर भन्दा बढी उत्तरतिर बतासिनु पर्ने हुन्छ । श्रावण ३२ गतेको जनै पुर्णिमाको दिन लाग्ने भिड्को पर्खाइमा गोसाइकुण्ड प्रतिक्षारत छ ।
धार्मिक तथा पर्यटकीयस्थल गोसाइकुुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्री आउन सुुरु गरेका छन् ।
यो बाटोमा ढुङ्गा नै ढुङ्गा छ , जहाबाट गाडीमा रसुवाको सदरमुकाम धुन्चे पुग्न केही महिना अगाडीसम्म जसो तसो थियो। पोहोर गोसाईकुण्ड मेलामा भने यो बाटो हुदै धुन्चे गाडी पुग्थ्यो। तर यस पटक भने आज नागपन्चमी अगाडी देखि नै बाटो बन्द छ । २५००० आन्तरिक पर्यटक भित्रने सिजनमा बाटो खोल्ने पहल सरकारले किन नगरेको होला? क्रान्तिकारी पार्टीको मन्त्रालयको ध्यान अब बाटोघाटो खोल्न पनि गए कति राम्रो हुन्थ्यो होला नि ।
त्यसो त प्रत्येक बर्ष जनै पुर्णिमाको दिन अर्थात आउने भदौ ११ गते मँगलबारको दिन गोसाईकुण्डमा लाग्ने मेलामा हजारौ तिर्थयात्री आउने छन। स्याफ्रुबेसीबाट भने हिडने यात्रा हो त्यो मेला, सुने अनुसार करीब २५ हजारजना आउनेछन् यो सिजनमा ।भर्खरै त्यहा पुगेर आएका किसन र उनका साथीहरुको तस्बिर सहित केही अनुभव पनि सुनौ न ।