Pages

Thursday, May 31, 2007

जादै छु म लाङ्टाङ् भोली ।


फेरी भेटीयो रक्तचन्दन् रसुवामा ।

वाई सी एलको जानकारीमा आज रसुवाको स्याफ्रुबेसिबाट २ घन्टाको पैदलमा पुगिने कोमिन गाउको जङ्गलमा करीब् पाच टन भन्दा बढीको रक्तचन्दन फेला परेको जानकारी रियालीटी बाईटसलाई प्राप्त भएको छ । तर उक्त चन्दन भने जिल्ला बन कार्यालयमा पुर्याउने प्रवन्धको तयारी भएरहेको छ ।

स्याफ्रुबेसीको बजार ।

लाङ्टाङ् र भोटेकोशी खोलाको दोभानमा अवस्थित स्याफ्रुबेसी बजार नेपालको उत्तरी क्षेत्रको पर्यटकीय गन्तब्य हो । जहाबाट लाङ्टाङ् हिमाल्, गणेश् हिमाल् र चिनसँगको छोटो दुरीले यो ठाउलाई निकट भबिष्यमा एक् गन्तब्यको रुपमा बिकशित हुने सम्भाब्यता बढेर गएको छ ।

Wednesday, May 30, 2007

डढेलोले दुईको मृत्यु


कान्तिपुर समाचारदाता
रसुवा, जेठ १६
उत्तरी क्षेत्रस्थित लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सुकलाम्चेडाँडा जंगलमा लागेको डढेलोबाट बुधबार दुई वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वृद्धिम-४ का ६१ वषर्ीय मिङमार तामाङ र धुन्चे ५ का ५४ वर्षकी खुर्पु तामाङ रहेको डीएसपी मोहन आचार्यले बताए ।
घटनास्थल सदरमुकाम धुन्चेदेखि १५ किमि टाढा स्याफ़्रुबेसीबाट तीन घन्टा दूरीमा पर्छ ।
आचार्यका अनुसार जंगलको बाटो हिँडिरहेका दुवै जनाको बाटोमुनिबाट आएको आगोको लप्काका कारण मृत्यु भएको थियो ।
तीन दिनदेखि लागेको डढेलो नियन्त्रण गर्न सेना र प्रहरीले प्रयास गरे पनि सफल भएको छैन ।
जंगलनजिक कुनै बस्ती नभए पनि पर्यटकीय क्षेत्रमा लागेको डढेलो नियन्त्रण नहुँदा त्यता जाने पर्यटक प्रभावित छन् ।

बस साहित्य’ मा संविधानसभा

सुवास आगमन
बेत्रावती बजार, रसुवा


उकाली होस् या ओराली होस्
बाटैमा ससुराली होस्,
गोरी होस् या काली होस्
ससुरालीमा एउटा साली होस् ।

यो अन्तरा ना२ख ७२६४ नम्बरको ट्रकबाट लिइएको हो । कतै आत्मानुभूति कतै ठट्यौली त कतै प्रेम पीडा पोखिएका हरफ बसका छाना, झ्याल, ढोकामा लेखिएका छन् । साहित्य ऐना हो जहाँ भावनाको प्रतिबिम्ब देखिन्छ । जीवनका उकाली-ओरालीमा भोगेका अनुभव, सामाजिक जनजीवनका सुख, दुःख, प्रेम, विरह, माया, प्रीति आदि व्यक्त गरिएका रचना सवारी साधनमा लेखिएका हुन्छन् । यी रचनाका विषयवस्तुमा सवारी साधनका कर्मचारीको आत्मानुभूति समेटिएको हुन्छ । जुन अकल्पनीय, यथार्थपरक र प्रगतिशील हुन्छन् ।
बस साहित्य एउटा परम्पराको निरन्तरता, सामाजिक जागरणको अभ्यास र समाज परिवर्तनको भद्र आन्दोलन हो । यो आन्दोलनको यात्रा आरम्भ ०६१ मंसिर २६ बाट विधिवत् रूपमा भएको हो । दुईवर्षे दौरानमा साहित्य अनुरागीका माझ बस साहित्य छलफलको विषय बन्न सफल भयो । थुप्रै आलोचना र समर्थन प्राप्त भयो । केहीले बस साहित्य नै किन ?, ट्रक, जीप, कार, रिक्सा, नहुने भन्ने तर्क राखे, केहीले सवारी साहित्य राख्ने सुझाव दिए । मूलतः सवारी साहित्य, यात्रा साहित्य गतिशील साहित्य, ट्रक साहित्य आदि जे नामले सम्बोधन गरेपनि यो यात्राको आशय एउटै हो । बस अरू सवारी साधनका तुलनामा फरक छ । यो साझा साधन हो जसले सर्वसाधारण मानिस ओसार-पसार गर्छ । जीप, ट्याक्सी भ्यानमा धेरैको पहुँच हुँदैन, आवत-जावत हुँदैन र ट्रक सामान ओसार-पसार गर्ने साधन हो । सबैले सरल रूपमा सवार गर्ने साधन र एकैपटक धेरैले यात्रा गर्ने भएकाले 'बस' शब्दलाई सम्पूर्ण यातायातका साधनको प्रतीकात्मक रूपमा समेटी 'बस साहित्य' भनिएको हो ।
एक्काइसौं शताब्दीको साहित्य, वर्ण, लिङ्ग, जाति, धर्म, सम्प्रदाय आदि भेदभावबाट मुक्त हुनु आवश्यक छ । हामीमा बस साहित्यको अभ्यास व्यवस्थित रूपमा बसिसकेको छैन । यसलाई सही रूपमा प्रयोग गर्ने हो भने जागरणका लागि सन्देश सम्प्रेषण गर्ने भरपर्दो माध्यम बन्नेछ । सामाजिक परिवर्तनका लागि बस साहित्यको सही प्रयोग, यसको महत्त्व, असर र आवश्यकताका विषयमा छलफल हुनु आवश्यक छ ।
नेपालमा संविधानसभा बहस जोडदार रूपमा चलिरहेको छ । संविधानसभाको अभ्यासमा राजनीतिक जागरण ल्याउन बस साहित्य विशिष्ट कोशेढुंगा हुनेछ भन्नेमा दुईमत छैन । सवारी साधनका भित्तामा संविधानसभाका विषयवस्तु समेटिएका चोटिला, स्वादिला, सन्देशात्मक रचना लेख्ने हो भने बस साहित्यले राष्ट्रको राजनीतिक परिवर्तनको शंखघोष गर्नेछ । राजनीतिक जागरण र परिवर्तनका लागि यो सही विकल्प हो । सवारी साधनमा संविधानसभाका विषयवस्तुसँग सम्बन्धित रचना, सायरी, कार्टुन, चित्र कोर्ने हो भने लाखौंका संख्यामा मेची-महाकाली गुड्ने सवारी साधनले करोडौं जनतालाई एकैपटक सन्देश प्रवाह गर्नेछन् । यस्ता रचना दलहरूको व्यक्तिगत उद्देश्य प्राप्तिको साधन बन्नु हुँदैन । मानव अधिकार र असल शासनका विषय लेखेर हामी दलहरूलाई मर्यादित, पारदर्शी र जवाफदेही बनाउन सक्छौं ।

A to Z IN ONE SENTECE !!!!!!!!! Read it ........

A QUICK BROWN FOX JUMPS OVER THE LAZY DOG.

Friday, May 25, 2007

पूर्व सभापतिसँग बयान

कृष्ण थापा , जेठ ८ -
अवैध रक्त चन्दन लुकाएको आरोपमा पूर्व जिल्ला विकास सभापतिसँग वन कार्यालयले मंगलबार बयान लिएको छ ।
रक्त चन्दन वाईसीएल, प्रहरी प्रशासनसहित सञ्चारकर्मीको रोहवरमा ३ सय २६ थान रक्त चन्दन वन कार्यालयलाई बुझाएका थिए । पूर्व सभापति मिलन तामाङसँग मंगलबार वनले अनुसन्धान सुरु गरी सोधपुछ गरेको छ ।वनका रेञ्जर प्रेम सापकोटाले भने- 'थप कुरा खुल्दैछ ।' उनले भने- 'हामी अनुसन्धानपछि सबै बाहिर ल्याउनेछौं ।'रक्त चन्दनको कारोबारमा दुईभन्दा बढी व्यक्तिहरू संलग्न रहेको आशंका गरिएको छ ।गोल्जुङको-५ चौहत्तरमा घर भएका पूर्व जिविस सभापति तामाङलाई वाईसीयलको सक्रियतामा प्रहरी र स्थानीय प्रशासनले पक्राउ गरेको हो । पूर्व सभापति तामाङले करिब १० रक्त चन्दन घरनजिक दुई ठाउँमा खाल्डो खनी लुकाएका थिए ।'पक्राउपछि वनलाई जिम्मा दिएका छौं, प्रजिअले भने- 'त्यो वनको क्षेत्र भएकाले अनुसन्धानका उनीहरूलाई दिएकाछौं ।'धेरै दिनको प्रयासपछि शंका लागेकाले रक्त चन्दनसहित समातेको वाईसीएलका रसुवा अध्यक्ष नकुलले जानकारी दिए ।

तस्बिरमा मिलन तामाङ

Thursday, May 24, 2007

Photoblog of Langtang.......




Go to the great photographs of Langtang himal through Phalano.com

Sunday, May 20, 2007

रक्तचन्दन रसुवामा पनि ।

वाई सी एलले रसुवामा १० टन रक्तचन्दन जफत गरेको छ । भोली पत्रकार सम्मेलन गरेर स्याफ्रुबेसीमा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । तातोपानीको बाटोमा निकै कडाई गरिएपछि रसुवागडीको नाकाबाट चिन तर्फलादै गरिएको चन्दन् पुग्नु झन्डै १६ कि मी दुरी अगावै बरामद् गरिएको जानकारी रियालीटी बाईट्सलाई प्राप्त भएको छ ।

Sunday, May 13, 2007

अब सुरु भो रसुवा ।

बेत्रावति सँगै सुरु हुने रसुवा जिल्लाले अन्त्यमा चिनलाई झण्डै १६ कि मी को दुरीमा राखेर बैदेशिक नाकाको पर्खाईमा बर्षौदेखि टोलाएर बस्न बिवस छ , स्याफ्रुबेसी बजार ।

हिसिला यमिले १९५० को सन्धिलाई उल्टाइन भने नेपालले चिनसँगको नाका खोल्न भारतको सहमति लिनु जरुरी हुने छैन् होला । नत्र भने त स्याफ्रुमा बाटो खुलेको दुई दसक बितेपनि हामीले चिन जोडने अबको १६ कि मी को कच्ची नै भएपनि बाटो खोल्नको लागी बिदेशीको मुख ताक्नु पर्दैन होला ।

Friday, May 11, 2007

Zade X-PReSS in Rasuwa !!




Children in Syafrubesi
.......Am I losing focus here? ...I mean do you think my writing ever makes any sense at all! Ha ha ha ha To end it all know how we changed after the great “Peep in”!.... Well, went under the quilt and concluded that was the only option. ...Proved Opaque for any one to see beyond it! lol......
(Read more on Zade X-Press ................)

Tuesday, May 8, 2007

त्यो उनको लुकाई ।


हिमाली साईकल दौडमा स्याफ्रुबाट गत्लाङ जादा बिचको गोदाम नेर एकजना सानो फुच्चे केटाको फोटो खिच्ने अर्को दौड त्यहा देखियो । सायद पत्रकारहरु बढी भएर होला। तर त्यो भाई डराएर भाग्दै जादा मैले आफ्नो क्यामरामा कैद गरे। सायद् उसको त्यो हेराई, कुनै आशा छ, समाजप्रति।

Sunday, May 6, 2007

सफलताको शिखरमा....

चन्द्रशेखर कार्कीको शब्दमा फोटो पत्रकार बाहिरी देशमा हो भने रिपोर्टरको तुलनामा धेरै अगाडी हुन्छन् तर हाम्रो देशमा भने उचित ठाउ दिन कन्जुस्याई गरिन्छ । स्याफ्रुबेसीमा भेटदा ति होनहार फोटो पत्रकारसँगको एकछिनको भेट मेरो लागी त बहुमुल्य थियो नै। आज नेपालमा प्रकाशित तस्बिर देख्दा सायद हजार शब्द भन्दा बढिबोल्न सक्छ जस्तो लाग्यो तस्बिरले। पछाडीको देखिएको सालासुङ्गी हिमाल र गणेश हिमालको मनोरम द्रिश्यमा साइकलको ब्रेक लगाएर एकक्षण त्यो द्रिश्य ले कुतकुत्याइरहन्छ , कन्चन हिमाल हासीरहेको ।

उनकै सब्दमा तस्बिरको बयान पनि पढौ न नेपालमा......

सुरेशकुमार दूलालले सफलताको शिखर चुमेरै छाडे । गत साता रसुवामा आयोजित पहिलो माउन्टेन बाइक दौडमा उनी प्रथम भए । पारि मुसुक्क हिमाल हा“सेको छ अनि वारि रोङ्गा भञ्ज्याङबाट उनी अगाडि बढ्दैछन् । यस्ता प्रतियोगिताहरू हरेक वर्षआयोजना हुनसकेमा नेपालको पर्यटन विकासले पनि शिखर चुम्ने थियो ।

बेस्ट अफ लक किसन् ।

२२ बर्षे अल्लारे उमेरमा झण्डै सत्तरी जना बिधार्थीहरुको ५ बर्षको लागी अध्ययन छात्रब्रित्ति सहयोग गर्ने र साथै रसुवाको नशा नशामा सामाजिक भावनाको बिजारोपण गर्न सक्षम किसन देवकोटाको प्रयास आफैमा उदाहरण हो, युवा जोस र जागरणको।

चर्चाबाहिर रहेर पनि उनमा रहेको निरन्तर लगनशिल भावना नै समाज भित्रको आट जस्तो, परिबर्तनको सुत्रधारजस्तो र र र एक नदेखिने माया जस्तो । उनले ठुलो ठुलो एन् जि ओ जस्तो ब्यापार गरेको होइन , समाजको जरा जरामा पानी हालेको हो , त्यसको असर अहिले देखिदैन तर त्यो झ्याङ्गिएपछि एक गजवको आकार लिन्छ ।

उनले मलाई इमेल गरेर मेरो बारेमा गहिरो जिज्ञासा राखेका रहेछन् । उनको रसुवाको बारेमा अनुसन्धानात्मक वेवसाइट बनाउने योजनाको लागी मेरो शुभेच्छा छ । उनको इमेलका केहि शब्द उनकै अक्षरमा ............One more question, is it YOU? that Umesh in MYSANSAR.com? Orsomeone else with the same name? Just curious? .........I will finish my examin jestha and then may be will be trying to gather some information to put in the website if I got good support from the Govt, TRPAP and someof my friends. ........What I want to do is to assure that my intention and idea will be productive and effective as well, otherwise there is no point in rushing for nothing. ......................This monsoon also may destructive forthe villagers in Rasuwa, if anything happened, we all should try to coordinate resources and supports to provide emergency relief to them...........
(Goto Kishan's Pages.....)

Friday, May 4, 2007

Junket to Rasuwa .......

By Ujjwal Acharya
My first reaction to a big slope and the U-turn of the gravel road was to look at the driver.
“Is he experienced enough to take us safely?”
I asked myself.
He was smiling amusingly thus I concluded unless the man is eccentric, he would take us safely.
His one mistake was enough for our deaths deep down the slope where I could see the lining of the river.

At evening, we were at Syaphrubenshi (or Syaphru or Syafru or Syabru). It was the gateway for the trekkers treking to Langtang region. After receiving the traditional welcome from the Tamang girls (they give you a palmful of drink – mostly alcohol but here it was Coca Cola, and put a shawl around your neck), I went to the guys who were busy telling us the hotels.

“I need one with TV and cable,” I demanded.
He said, “Shree Ganesh.”
Other journalists went to other hotel designated for media while I started looking for mine. “Shree Ganesh?” A guy asked.
“Yes.” He called me in and it turned out the hotel was without signboard and not very good.
“TV?”“Yes. 21-inch color at the eating place.”
“Foreign channels?”“Yes.”
Aha! That was a relief and through I felt like the passage of the hotel a little narrow, rooms smaller and the eating place with 21-inch color TV smelling alcohol, I was happy. ( ...more)

सचित समशेरको घर रसुवामा पनि !!!


फलामखानीको लागि प्रसिद्द गणेश हिमाल जाने त्रिसुलीबाट १०५ कि मी लामो बाटोको दुई तिहाई खण्ड अर्थात लगभग् ८० कि मी मा पर्ने पार्वतीकुण्ड ताल नजिकै सचित शमशेरको घर तेतिकै जिर्ण अवस्थामा छ । बुद्द जयन्तिको तिन दिन अगि म तेतै घुम्दै जादादेखिएको यो भिमकाय घर उनको देहान्त पश्चात् भर्खर सम्झदाखेरी के लाग्छ भने .के को लागि हुन् यि झल्याक् झुलुक् सपनाहरु। किन यो दौड सन्सारै ओगटने?

रसुवामा क्यानभास पत्रिका

रसुवा -कास)- रसुवावासीले समग्र जिल्ला समेट्ने गरी पहिलो म्यागेजिन निकालेका छन् ।
क्यानभास रिर्सच सेन्टर वेत्रावतीले लोकतन्त्र दिवसमा प्रकाशित गरेको हो । ग्रामीणस्तरमा सञ्चारको पहु“च पुर्‍याउन पत्रिका निकालेको सम्पादक सुवास आगमनले बताए । पत्रिका अर्धवाषिर्क रूपमा प्रकाशित गरिने सेन्टरले
जनाएको छ ।

Wednesday, May 2, 2007

रसुवामा घोडा नाच

कृष्ण थापा
गोल्जुङ -रसुवा,
छिरिङ डिन्डुप तामाङ 'तबु स्यापा' नाचको निर्देशन गर्दै थिए- 'हाम्रा पर्ुखा लडाइ“का बेला खासामा भात खाएर नेपालमा हात धुन आउ“थे । यो तिनै पर्ुखाको नाच हो ।' तबु स्यापा -घोडा नाच) वर्षो दर्ुइपटक नाचिन्छ । बुद्धजयन्ती र तिब्बती पात्रोअनुसार फागुन पूणिर्मामा एक साता ।

नाचमा लडाइ“समेत हुन्छ र युद्धमा नेपाली पक्षले सेतो र तिब्बती पक्षले रातो पोसाक पहिरिन्छन् । निर्देशक छिरिङले तिब्बती राजाका तर्फाट लड्नेछन् । उनलाई चेलीबेटी र गाउ“ले गण्यमान्यले बिदाइ स्यालगार -रक्सीको सगुन) दि“दै खादा लगाइदिए ।

नाच तयारी हर्ेर्दै गरेका स्थानीय प्रेम तामाङले भने- 'लडाइ“मा नेपालीहरूले तिब्बतीलाई ल्हासासम्म पुर्‍यायो । तिब्वतीहरू हामीलाई 'रोङपा' भन्छन् । हामी उनीहरूलाई 'भेपा' भन्छौं ।' यो नाच ड्याङग्रो र भुरमा बाजाको तालमा नाचिन्छ । दुवै पक्षका बुद्धिजीवीको सहयोगमा बेत्रावती सन्धि गराएकोसम्म नाचमा देखाइन्छ ।
नाच सकिएपछि सोनाम गेल्बु घलेले तिब्बती र तामाङ भाषा मिश्रति गीत गाए-

के नेमा लासी घेकी
ज्याल्बो डिन्डी छेपिनाला कुजे
चिले फेबोङ तेनेयाला रोङगी
घ्याल्वो धिन्डी खावि नाङला
कुजे चिले फेवोङ ।
नाच आउ“दो २४ गतेसम्म चल्नेछ ।

राजदुतको पछि पछि !!!


बेलायती राजदूत अन्द्रू हिल गत २९ अप्रील मा भएको पहिलो हिमाली साइकल दौड़को उधघाटन गर्न स्याफ्रुबेसी बाट दलबल सहित गोल्झुंग गाउ पुगेका थिए । तस्बिरमा देखिएको रातो गाडिमा राजदुतले करिब ३५ बर्ष अगी ठुलो स्याफ्रुमा तामाङ भाषामा पी एच डि गरेका थिए ।