Pages

Showing posts with label Rasuwagadi. Show all posts
Showing posts with label Rasuwagadi. Show all posts

Monday, June 16, 2008

सपना मात्र होइन ,रसुवागढी सडक !

चाइना सरकारले बनाउने अन्तिम तयारीमा रहेको स्याफ्रुबेसि-रसुवागढी सडक मार्गको पहिलो प्रारम्भिक सर्भे सुरु भएको छ । चाइना , तिब्यतका ठेकेदारहरु हाल सो सडक २८ महिनाभित्र बनाइसक्ने उद्देस्यले कम्मर कसेर यही हप्तामा सुरु गर्ने तयारीमा रसुवागढीमा कार्यरत छन । देखिएको तस्बिरमा ठुलो दलबलका साथ चाइनिजहरु बेडबिस्तर बोकेर त्रिसुलिबाट रशुवागढीतिर हानिएका छन । अब भने यो बाटो बन्न रोक्नको लागि फ्री तिब्यत आन्दोलनले पनि नसक्ला जस्तो छ ।


Saturday, May 17, 2008

फ्री तिब्यतलाई रसुवागढीबाट हेर्दा !

प्रस्तावित रसुवागढी-स्याफ्रुबेसीको १६ किलोमिटर सडक निर्माण कार्य अहिले 'फ्री तिब्यत' को आन्दोलनले रोकिएको समाचार आईरहेको बेला नेपाल चाइना बिचको सिमानामा ( तस्बिरमा देखिएको रशुवागढीको झोलुङ्गे पुलमा ) अहिले चाइनाका प्रहरिहरु तैनाथ रहेको पुषट्याइ आएको छ ।
नेपालले मित्रराष्ट्रको आन्तरिक मामलामा कतिको दखल दिने नदिने त आफ्नो देशको नितिमा भर पर्छ , तर नेपालमा भाईरहेका चाइना बिरोधी गतिबिधिमा कसको सँलग्नता छ त्यो खोज्नु जरुरी पनि उतिकै छ । नेपालको उन्नती शान्त र बिशाल चाइना भएको अवस्थामा मात्र सँभव छ । तस्विरमा देखिएको केरुङ जाने बाटो बिरगंजसम्म जोडीएको अवस्थामा मात्र नेपालले आफ्नो आर्थिक क्रान्तिलाई अगाडि बढाउन सक्ने कुरामा दुबिधा नहोला ।

Saturday, March 8, 2008

चिनिया प्रतिनिधिमण्डल शनिबार स्याफ्रुबेसिमा !

रसुवागढी-स्याफ्रुबेसी सडक निर्माण तत्काल सुरु गर्न अभिरुची देखाएको चाइनाले आफ्नो देशको सिमा क्षेत्र केरुङ,तिब्यतका बरीष्ठ अधिकारिहरु धुन्चे,स्याफ्रुबेसी निरीक्षणमा आएका छन । १५ दसमलव ८ किलो मीटर सडक रसुवागडी र स्याफ्रुबेसी दुवैतिरबाट सुरु गरेर २ बर्षमा सक्न चाइना तयार रहेको र त्यसको लागि निर्माण उपकरणहरु काठमाण्डुसम्म आइपुगेको बताईएको छ ।
तर आगामी सँबिधानसभाको चुनावले गर्दा तत्काल सडक खन्ने कार्यमा अवरोध भई चुनावपछी मात्र हुने आसँका रहेको पनि बताईएको छ ।
(तस्बिरमा माथिबाट : १ नेपाल चाइनाको सिमाना रसुवागढी,गाडी गूड्ने पर्खाइमा । २ रसुवागढीको नेपाली भाग जहाँ बाटो निर्माणपछी तिब्यतसँग लडेको नेपाली किल्ला भत्कने सँभावना छ ।)


Monday, February 18, 2008

रसुवागढी सँरक्षणमा चासो !

नेपालको ऐतिहाशिक किल्ला रसुवागढीमा रहेको पुरातात्विक क्षेत्रहरु स्याफ्रुबेसी-रसुवागढी मार्ग निर्माण गर्दा हुने क्षतिको निरिक्षण गर्न पर्यटन सचिवको नेत्रित्वमा एक टोली हालै रसुवागढी,केरुङ्को भ्रमणमा गएको छ । यसै फाल्गुण महिनाबाट सुरु हुने सो मार्गमा पर्न सक्ने ठानिएको उक्त सम्पदाको बचावटको लागि सरकारले चासो लिएको बताइएको छ ।

Sunday, October 7, 2007

भन्सारलाई ६५ लाख !

रसुवागढी भन्सार कार्यालयलाई जग्गा खरिद् एवम् भवन निर्माण गर्न सरकारले ६५ लाख बिनियोजन गरेको जानकारी प्राप्त भएको छ ।स्याफ्रुबेसी-रसुवागढी १६ कि मी सडक अब तत्काल सुरु गर्न चिनले तत्काल पहल गर्ने सँकेतको रुपमा यसलाई हेरिएको छ । नेपालको भन्सार स्याफ्रुबेसीमा राखिएकोमा अब नया र आकर्षक भन्सार रसुवागढीमा बन्ने खबर उत्साहजनक छ , तर यसमा ढिलाई हुन नदिनू जरुरी छ । ( तस्बिरमा हालको कर्मचारी बिहीन जिर्ण भन्सार )


Wednesday, September 12, 2007

केरुगं तथा स्वाप्रुवेशी मार्गको योजना तयार

काठमाण्ड़ौं, भदौ २५ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले चीनसँगको व्यापारलाई सहज बनाउन सीमा पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा आएका चीनको तिब्बत सरकारका उपाध्यक्ष देङ्ग साओगांगको प्रतिनिधिमण्डलसँग महतोले यो आग्रह गरेका हुन् ।
सीमा क्षेत्रमा पूर्वाधार विकास, विशेष आर्थिक क्षैत्र र सुख्खा बन्दरगाह निर्माणका लागि उद्योग मन्त्रीले आग्रह गरे । चिनियाँ पक्षले यो अनुरोधलाई सकारात्मक रुपमा लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सीमाक्षेत्र केरुगं तथा स्वाप्रुवेशी मार्ग र तिब्बती क्षेत्रतर्फ पूर्वाधार विकासका लागि एक योजना तयार भइसकेको साओगांगले जानकारी दिएका थिए ।

सीमा जोडिएको भए पनि चीन र नेपालबीचको व्यापार पाँच प्रतिशतभन्दा न्यून छ ।
चिनियाँ व्यापार प्रदर्शनीलगायत विविध कार्यक्रममा भाग लिने क्रममा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । यही क्रममा मन्त्री महतो र चिनियाँ पक्षबीच व्यापार विस्तारबारे मन्त्रालयमा छलफल भएको थियो । सन् १९८१ मा चीनसँग भएको वाणिज्य सन्धिको आधारमा व्यापार सञ्चालन भइरहेको छ ।
श्रोत: कान्तिपुर दैनिक, भदौ २६
तस्बिर : रसुवागढी नाकाबाट केरुंग जाने बाटो

Sunday, August 26, 2007

YCL captures Rasuwagadi customs

Kantipur Report
KATHMANDU, Aug 27 - The Young Communist League, the Maoist youth front, has captured the vacant customs office at Rasuwagadi for the last three days and has started collecting "revenue".
YCL activists have been levying ‘duties’ on the import and export of commodities from Tibet, a local trader said. They are charging up to Rs 270 on a good weighing 20 kilograms.

Rasuwadgadi is one of the major customs point along the Nepal-Tibet trade route. Carpets, chocolates, biscuits and clothes are among the goods imported through this customs point.
“Instead of providing any tax waivers or subsidies, they are charging heavy taxes even on commodities for household purposes,” Urgen Ghale from Timure VDC told eKantipur over the phone.

He added that “assistance” is printed on the receipt.
Altogether 13 YCL cadres deployed at the customs office have also been registering names and addresses of the people passing through the customs.

YCL district chairman Nakul said that they took the step to press the government to reinstate the Rasuwagadi customs office, which was shifted to Syaphrubesi following the state of emergency a few years back.

“Smuggling of Himalayan herbs is taking place in absence of the customs office,” Nakul said. “Our cadres will levy customs duty until the customs office is reinstated.”

On the other hand, Police Inspector Lal Bahadur Thami only said that they could not do anything about the development since the Chief District Officer is on a leave and the District Police Chief has been transferred.
Posted on: 2007-08-26 21:00:06 (Server Time)

Friday, July 13, 2007

१५२ बर्षको इतिहास खोतल्दै रसुवागढी ।

एक शताब्दी भन्दा पुराना शिलालेखहरुको हेरचाह गर्न नेपालको सीमा क्षेत्रमा कुनै सुरक्षा शतर्कता देखिएन ।
रसुवागढीबाट १ घण्टाको हिडाईमा पुगिने टिमुरेमा सेना र प्रहरीको क्याम्प छ भने यहा रहेको भन्सारलाई पनि सारेर स्याफ्रु झारिएको छ ।

त्यत्रो १५२ बर्ष पुरानो ईतिहास हेर्न पुग्दा प्राप्त मजा त्यसको हिफाजतको कुनै ब्यबस्था नहुदा भने मन खिन्न हुन्छ ।







जोडिएको तस्बिरमा अल्झेको मन ।

रसुवागढीको तिब्यत, चीन क्षेत्रमा रहेको एक लाम्चो घरमा पुग्दा २ तस्बिर देखियो, जसमा एक थियो चीनका राष्ट्रपति पोटालामा स्वागतमा उभिएका र अर्कोमा थियो भारतका चर्चित् अभिनेता सलमान खान कारको छेउमा उभिएका । यो सपनाको राजमार्गमा कहिले हो ति अभिनेता कार चढेर यता सफर गर्ने ?।
यता भरियाले अझै पहिरोको पिरमा स्याफ्रुबेसीबाट रसुवागढीको १६ कि मी को पैदल दुरीमा भारीको बिडो थाम्दै सिमा कटदै छन । थाहा छैन , उनको यो नेपाली सामानको निर्यातले नेपालको ब्यापार घाटा कति कम गर्ने हो ? त्यो त हिजोको अर्थमन्त्रीको बजेटमै उल्लेख पनि भयो होला ।

Tuesday, July 10, 2007

सुचनाको साङ्लोमात्र ।

यो सुचना टासेर अर्थ मन्त्रालयले कति आम्दानी गरेको छ , रसुवागढी नाकाबाट ? खोइ को बस्छ यहा अहिले? छैन् कोइ पनि, तर मानिसहरु नेपाल चिनको सिमामा तेतिकै बेखबर घुमिरहेका हुन्छन् । राजस्वको पैसा उठाउने दायित्व निर्वाह गर्न र नियम बनाउनेले यसमा कर्मचारी पनि राख्नु पर्यो नि? नत्र त श्री ५ को सटा नेपाल सरकार लेखेर कुनै जादु या टुनामुना हुने त होइन ।



ब्यापार रोकेको पहिरो हेर्दै ।

२ युवानको क्यान पेप्सी अर्थात रु १८ मा केरुङमा पाइने यो चिनिया सामान अहिले रसुवागढीमा रु ३० नेपाली पर्छ। लगभग केरुङबाट एक घण्टा गाडीमा लाग्ने ( गाडी रिजर्व मात्र चल्ने र रु १५०० नेपाली प्रति ट्रिप) रसुवागढीमा हाल एक मात्र पसल भएर पनि महङो परेको हुनसक्छ । यदि केरुङ बाट ल्यासाको ८०० कि मी को सडकलाई प्रयोग गरेर यो नाकालाई प्रयोग गरिन्छ भनेर यि तिबेतियनले यो दोकान खोलेको पनि २ बर्ष भैइसकेछ । तर उनि पनि आशाबादी नै छन।
रसुवागढीको नाकाबाट फर्किदा त्यो पैदल यात्राको बाटो क्षत बिक्षत भएर पहिरो गएको रहेछ । स्याफ्रुबाट १६ कि मी को पैदल मार्गमा पनि फर्किन गारो भयो । यस्तो लागो कि, कतै नदीको किनारमा नै फसिएन ?चिन भारत जोडने सबैभन्दा छोटो बहुप्रतिक्षित यो मार्ग खुल्ने हल्लाले अब २ बर्षको डेटलाईन तोकेको छ। हेरु, चिनले त नाका क्षेत्रमा केरुङबाट बिधुत तानेर अन्तिम चरणमा पुगेको छ र मोबाईल समेत चलाउन आटेको छ । अनि केरुङ सहरमा टाउन प्लानिङ हुदै पिच बन्दै छ , यता रसुवा जिल्ला भने डेढ कि मी को पिचमा मख्ख र सिमित छ ।

Monday, July 9, 2007

रसुवागढी घुमेर हेर्दा ।

राजाको जन्मोत्सबको दिन पुगियो चिन्, यो यादको लागी मात्र । यो खोला पारी चिन हो जहा एकमात्र घर छ तर नेपालमा भने एकघन्टा पछाडीमात्र टिमुरेमा बस्ती छ ।
पहिला पहिला नेपालको सिमानामा भन्सार थियो तर अहिले स्याफ्रुबेसीमा सरेको छ । र त्यो पुरानो रसुवागढीको भन्सार कार्यालयको भित्र पटि देखिएको नेपालको झण्डाले मनै रुवाउछ ।अनि कसरी गर्ने त सीमा नियन्त्रण !!??

Sunday, May 13, 2007

अब सुरु भो रसुवा ।

बेत्रावति सँगै सुरु हुने रसुवा जिल्लाले अन्त्यमा चिनलाई झण्डै १६ कि मी को दुरीमा राखेर बैदेशिक नाकाको पर्खाईमा बर्षौदेखि टोलाएर बस्न बिवस छ , स्याफ्रुबेसी बजार ।

हिसिला यमिले १९५० को सन्धिलाई उल्टाइन भने नेपालले चिनसँगको नाका खोल्न भारतको सहमति लिनु जरुरी हुने छैन् होला । नत्र भने त स्याफ्रुमा बाटो खुलेको दुई दसक बितेपनि हामीले चिन जोडने अबको १६ कि मी को कच्ची नै भएपनि बाटो खोल्नको लागी बिदेशीको मुख ताक्नु पर्दैन होला ।

Sunday, March 25, 2007

ईतिहास खोतल्दै ।


चीनसँग नेपालको सम्बन्धको लामो ईतिहास भएपनिहामीले त्यसलाई खोतल्ने प्रयास गरेकै छैनौ । देशको लगभग एक् हजार किलोमीटर सिमाना जोडिएकोछिमेकीसँग खोई त सामाजिक र सास्कृत्यिक नाताजोडने बाटाहरु?

Sunday, March 18, 2007

रसुवागढीको नाका खोल्न पहल् गरौ ।


रसुवाको समग्र बिकाश र देशकै लागि स्याफ्रुबेशी रसुवागढीको १६ कि मी सडक बनाउन अति जरुरी छ ।
किन यसमा ढिलाई भैइरहेको छ , सम्बन्धित् निकायलाई दबाब दिन ढिलो भैसक्यो ।
नेपाल भारत बिचको सन् १९५० को सन्धि अनुसार नेपालले चीनसँग नाका खोल्दा भारतको सहमति लिनुपर्ने प्रावधान् छ भन्ने कारणबाट यसमा ढिलाई भएको हो कि भन्नेकुरा पनि सुनियो । तर मलाई नै १९५० को सन्धिमा यो लेखिएको यकिन भएन ।
तर आखिरमा बिलम्ब किन र कहाबाट , यसकोचित्तबुझ्दो जवाफ कसले खोज्ने?

Saturday, March 10, 2007

40 millions for Road in 2058 B.S but.......


Kishan Devkota, from Rasuwa
Irresponsible Govt. of Nepal and unfavourable social system has been the niggest obstacle to develop Rasuwa district. in 2058 BS Govt. of Nepal received 40 million to build that road but there is some pressure from India also. India has biggest market share in nepalese market. As soon as we have more roads at north, India will lose their market share. India can not dominate chinese market even if they have Nepali road as transit and as the result, India will have trade deficit with China.
But afterall Nepal will get benefit from this because we will buy cheapest proudct of the global market but eventually our trade deficit will be double. It affects us in long run. Nepal should increase effeciency and productivity with quality in products otherwise we will have tough days right in front of us.

Friday, March 9, 2007

नेताका गाडी अगिपछि ।


मुस्किलाले एक दर्जन गाडी दैनिक हिडने पासाङ लामु राजमार्गमा अहिले पजेरो, प्राडो हिडन थालेका छन । काङ्रेस नेता रामचन्द्र पौडेल् दलबल सहित सदरमुकाम धुन्चे जादै गर्दा म डरलाग्दो कच्चि बाटोको फोटो खिच्दै थिए । ढुङ्गो खोज्दा देउता भन्ने उखान बुझेर यि नेताले यो बाटो पिच बनाउन पहल् गरेनन् भने रसुवाबासीले सम्बिधान सभाको चुनाबमा भोट हालेर खास् फरक् नपर्ला ।

Thursday, March 8, 2007

रसुवागढी सडक

धुन्चे काठमाडौंबाट सबभन्दा नजिकको कच्ची सडकले जोडिएको सदरमुकाम भए पनि केन्द्रीकृत राज्यसत्ताको ध्यान गएको छैन । देश विकासका
लागि रसुवाले पुर्‍याउनसक्ने सम्भावना योजनाविद्हरूले कागजको खोस्टामा राखेर वाग्मतीमा सेलाएको भान हुन्छ ।
एउटा पनि एम्बुलेन्स नभएको जिल्ला अस्पतालको रूग्ण रूपले झन्डै आधा लाख जनसंख्या भएको जिल्लाका बासिन्दाको स्वास्थ्यस्थिति त्यसै दर्शाउ“छ । लाङटाङलाई तेस्रो पर्यटकीय गन्तव्यको सूचीमा राखेर लाखौं पर्यटक भित्र्याउने योजना गर्ने सरकारले त्रिशूलीबाट धुन्चे हु“दै स्यापmुबेंसी पुग्न लाग्ने ६५ किमिको कच्ची सडक पिच गर्न एडीबी, चीन सरकारलगायत दाताको सहयोग खोजेको दसकौं बितिसकेको छ ।
प्रस्तावित स्यापmुबेंसी-रसुवागढी सडक आयोजना मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतस“ग नेपाल जोड्ने दोस्रो राजमार्ग हुनेछ जसको चर्चा अहिले व्यापक छ । दर्ुइ देशबीच व्यापार विस्तार गर्न यस्ता नाका धेरै जरुरी हुन्छन् ।
अरनिको राजमार्गले चीनस“ग भ्याइ-नभ्याई एक्लो व्यापारिक सम्बन्ध कायम राखेको छ । अरनिको राजमार्गले देशभरि खपत हुने सस्ता चिनिया“ सामानको वितरण दैनिक आठ हजार गाडीले गर्ने गरेका छन् । चीन र भारतबीच कम दूरीको व्यापारिक मार्ग रसुवागढीदेखि वीरगन्ज बन्न सक्छ ।
चीन सरकारको प्रत्यक्ष सहयोगमा निर्माण हुने यस मार्गको थालनीमा ढिलाइ भइरहेको छ । चीनमा नेपाली राजदूत नहुनु, नीति-निर्माण तहमा यस्तो राष्ट्रिय महत्त्वको योजनाबारे चासो नदेखिनु समस्याको स्रोत हो ।
वातावरणमा पर्ने प्रभावजस्ता कारणले नेपालमा जलविद्युत्देखि बाटोघाटो निर्माण गर्दासमेत विभिन्न अवरोध आइरहेका छन् । विशेषगरी रसुवागढी नाका खोल्न
लाग्ने करिब अड्चालीस हेक्टर जमिनमध्ये
करिब सत्ताइस हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस्तैगरी रातो पान्डा, रातो बा“दर र दर्ुलभ मानिएको इविसविल चराको फुल पार्ने क्षेत्र पनि यसैमा पर्ने भएकाले पनि यो नाका खोल्दा अवरोध आउन सक्छ ।
विशेषगरी दर्ुगम रसुवावासीको विकास, व्यापारको माध्यमबाट आर्थिक उन्नति र दिगो पर्यटकीय गन्तव्यका रूपमा लाङटाङ क्षेत्र विकास गर्न चीनस“गको दोस्रो व्यापारिक नाकामा जोड दिनु अत्यावश्यक छ । चीनले विस्तृत अध्ययन गरी तत्परताका साथ निर्माण गर्न अभिरुचि देखाएको रसुवागढी-स्यापmुबेंसी सडकका लागि भएका अवरोध पन्छाउ“दै रसुवा जिल्लाको समग्र विकासमा सरकारले चासो देखाउन अबेर भइसक्यो ।

Tuesday, March 6, 2007

16 KM ahead !!!!!


This is syafrubesi bazzar, Rasuwa. Only 16 km ahead , we can reach Rasuwagadi, a historical place and boarder point of Nepal and China. But we have no access road to reach there. The road is in the high priority list of government of Nepal.
Then we can easily reach on the second boarder point of Nepal to China through bus.
Wait for some years