Pages

Friday, May 4, 2007

रसुवामा क्यानभास पत्रिका

रसुवा -कास)- रसुवावासीले समग्र जिल्ला समेट्ने गरी पहिलो म्यागेजिन निकालेका छन् ।
क्यानभास रिर्सच सेन्टर वेत्रावतीले लोकतन्त्र दिवसमा प्रकाशित गरेको हो । ग्रामीणस्तरमा सञ्चारको पहु“च पुर्‍याउन पत्रिका निकालेको सम्पादक सुवास आगमनले बताए । पत्रिका अर्धवाषिर्क रूपमा प्रकाशित गरिने सेन्टरले
जनाएको छ ।

Wednesday, May 2, 2007

रसुवामा घोडा नाच

कृष्ण थापा
गोल्जुङ -रसुवा,
छिरिङ डिन्डुप तामाङ 'तबु स्यापा' नाचको निर्देशन गर्दै थिए- 'हाम्रा पर्ुखा लडाइ“का बेला खासामा भात खाएर नेपालमा हात धुन आउ“थे । यो तिनै पर्ुखाको नाच हो ।' तबु स्यापा -घोडा नाच) वर्षो दर्ुइपटक नाचिन्छ । बुद्धजयन्ती र तिब्बती पात्रोअनुसार फागुन पूणिर्मामा एक साता ।

नाचमा लडाइ“समेत हुन्छ र युद्धमा नेपाली पक्षले सेतो र तिब्बती पक्षले रातो पोसाक पहिरिन्छन् । निर्देशक छिरिङले तिब्बती राजाका तर्फाट लड्नेछन् । उनलाई चेलीबेटी र गाउ“ले गण्यमान्यले बिदाइ स्यालगार -रक्सीको सगुन) दि“दै खादा लगाइदिए ।

नाच तयारी हर्ेर्दै गरेका स्थानीय प्रेम तामाङले भने- 'लडाइ“मा नेपालीहरूले तिब्बतीलाई ल्हासासम्म पुर्‍यायो । तिब्वतीहरू हामीलाई 'रोङपा' भन्छन् । हामी उनीहरूलाई 'भेपा' भन्छौं ।' यो नाच ड्याङग्रो र भुरमा बाजाको तालमा नाचिन्छ । दुवै पक्षका बुद्धिजीवीको सहयोगमा बेत्रावती सन्धि गराएकोसम्म नाचमा देखाइन्छ ।
नाच सकिएपछि सोनाम गेल्बु घलेले तिब्बती र तामाङ भाषा मिश्रति गीत गाए-

के नेमा लासी घेकी
ज्याल्बो डिन्डी छेपिनाला कुजे
चिले फेबोङ तेनेयाला रोङगी
घ्याल्वो धिन्डी खावि नाङला
कुजे चिले फेवोङ ।
नाच आउ“दो २४ गतेसम्म चल्नेछ ।

राजदुतको पछि पछि !!!


बेलायती राजदूत अन्द्रू हिल गत २९ अप्रील मा भएको पहिलो हिमाली साइकल दौड़को उधघाटन गर्न स्याफ्रुबेसी बाट दलबल सहित गोल्झुंग गाउ पुगेका थिए । तस्बिरमा देखिएको रातो गाडिमा राजदुतले करिब ३५ बर्ष अगी ठुलो स्याफ्रुमा तामाङ भाषामा पी एच डि गरेका थिए ।

Monday, April 30, 2007

Get- Set- Go !!!!!!


महिला पनि छन अगाडी दौडन !!

प्रतियोगी दुई जना , पुरस्कृत पनि दुई जना महिला, बायाबाट क्रमस केली र् निर्जला

Sunday, April 29, 2007

स्याफ्रुमा साईकल !!!


प्रतीक्षा दुलाल
स्याप्रुबेसी -रसुवा, वैशाख १६
- तामाङ संास्कृतिक ट्रायलमा सम्पन्न पहिलो माउन्टेन बाइक रेसमा सुरेशकुमार दुलालले सुरेन्द्र र्राईलाई ०.३९ सेकेन्डले उछिन्दै पहिलो भएका छन् । साइकल रेसको लामो अनुभव मद्दतले सुरेश २८ किलोमिटरको रेस २ घन्टा ११
मिनेट ४७।३२ सेकेन्डमा पूरा गर्न सफल भए ।

प्रतियोगितामा पहिलो हुने सुरेशले २५ हजार नगद पुरस्कार हात पारे । त्यस्तै, सुरेन्द्रले १५ हजार र तेस्रो भएका पदम साबेङहाङले दस हजार रुपैया“ प्राप्त गरे ।

महिलातर्फप्रतियोगितामा निर्जला ताम्राकारले ३ घन्टा ३५ मिनेट ५४ सेकेन्डमा रेस पूरा गरिन् । उनले ८ हजार रुपैया“ हात पारिन् । अर्की सहभागी केली बोउमाले पा“च हजार रपैया“ हासिल गरिन् । प्रतियोगितामा २१ सहभागीमध्ये दर्ुइ महिला थिए ।

सुरुको उकालोमा स्पिडको फाइदा लिंदै सुरेन्द्र अघि थिए । तर, प्राविधिक सीप चाहिने गाउ“ तथा जंगलको बाटोमा सुरेशले सुरेन्द्रलाई उछिन्दै अघि बढे र रेस पूरा गरे ।

पर्यटन, संस्कृति तथा उड्डयन सचिव माधव घिमिरे तथा बेलायती राजदूत यान्ड्रयु हले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

UWB's one founder in Syafrubesi !!!


He is the famous Photographer of Nepal who is in White T-shirt. Guess who is he?