धुन्चे बजारमा कान्तिपुर दैनिकका पत्रकार कृष्ण थापासँग यो हप्ता २ पटक भेट भयो ।
गत शुक्रबार भेट हुदा रसुवाको धैबुङको समाचार बारे फोनमा उनी ब्यस्त थिए । गाउ परिषद बिथोलिएको कुरा फोनमा गर्दै गर्दा एस् एल् सी को समाचार कान्तिपुरमा ईमेल् गरेको भन्दै थिए ।
तर कान्तिपुरमा बिज्ञापनको चाङमा रसुवाका समाचार पर्न गारो छदैछ - मैले सोचे । मिडिया प्वाईन्टबाट प्रशिक्षित् नुवाकोट् घरभएका कृष्णलाई मैले स्याफ्रुमा अघिल्लोपटक भेटदा भने उनीसँग मोबाइल थिएन , तर समाचार ठुलो थियो। सिडिएमए फोनले नेपालको कुनाकाप्चा जोडेको भान भै रहेको छ अहिले। तेसो त काठमान्डौ अझै मोबाइल् पाउन काकाकुल छदैछ, सुचनाको साम्राज्य न पर्यो ।
डेस्कमा पहुचले कहिलेकाहि बाहिरका पत्रकारको समाचार पछि पर्छन् । र छोटकरीमै ति अटाउछन्। र बिना कुनै फलोअप समाचारको मुल्य मर्छ ।
कान्तिपुर टेलिभिजन कसले हेर्छ रसुवामा? मेरो प्रश्नको जवाफमा कृष्ण अडकेर भने- मैले गर्न सक्छु तर त्यो त रिपोर्टर आफैले मुभि क्यामरा किन्नु पर्छ । तेश्रो पर्यटकिय गन्तब्य भएको जिल्ला हेर्ने रिपोर्टरलाई २४सै घन्टा प्रशारण हुने कान्तिपुर टेलिभिजनले क्यामरा दिन सक्दैन? यथार्थ तितो नै हुन्छ तर मैले ठुलो उत्साह देखेको छु, उनको समाचारमा ।
यातायातको अभावमा पनि उनी हिडेर गाउ गाउ पुगेका छन । ग्राङ्को त्रास , रसुवामा पर्यटक बढेका देखि गुफामा बसेका मान्छेका समाचारमा उनि झुल्किन्छन् । स्वास्थ्य र शिक्षाका समाचार उनि खोजी खोजी हिडछन् ।
स्पष्ट् र सरल् भाषा बोल्ने उनी फोन उठाउने बितिकै भन्छन् - म कृष्ण थापा भन्ने मान्छे बोलेको ।
No comments:
Post a Comment