Pages

Showing posts with label dhunche. Show all posts
Showing posts with label dhunche. Show all posts

Friday, January 18, 2008

" नमस्ते धुन्चे"

केहि ढिलो भएपनि माघ १ गते देखी रसुवाको सदरमुकाम धुन्चेमा नेपाल टेलिकमको नमस्ते मोबाइल ( जि एस् एम् प्रबिधि) सँचालनमा आएको छ । यसको क्षमता धुन्चेबाट ५ किलोमीटर वरपर रहेको बताइएको छ । तर रसुवाको पुरानो सदरमुकाम स्याफ्रुबेसीमा भने यसको नेटवर्क कभरेज छैन ।
अनि टेलिकम धुन्चे अगाडि फैलिने खाली हातहरुले मोबाइल समातेर अब भन्नेछन् - " म धुन्चेमा , अनि सन्चै !"

Saturday, November 24, 2007

आकास खुलेको दिन !


रसुवाको सदरमुकाम धुन्चेबाट देखिएको यो लाङ्टाङ् हिमालको सुन्दर द्रिश्यहरु हेर्दै जब काठमाण्डौ पुगियो, साच्चै आकाश सफा नै रहेछ, त्यो कार्तिक ३० गतेको दिन ।

मंसिरमै मोबाईल

नेपाल टेलिकमले धुन्चेमा नमस्ते मोबाइलको टावरखडा गरेपनि यसको सुरुवात यसै महिनामा अन्य बिधुतीय उपकरण समेत जडान गरि गर्ने बताईएको छ । धुन्चेबाट १० कि मी वरपरको क्षेत्रमा नेटवर्क कभरेज हुनेछ ।मँसिरमा चुनाव नभएपनि रसुवाको सदरमुकाम छेउछाउका जनताले भने मोबाईलको मिस कलको स्वाद थाहा पाउन अब धेरै कुर्नु पर्ने नहोला !

Monday, April 23, 2007

धुन्चेको धुनमा।


It is just 65 Km from Trisuli to syafrubesi and only 48 Km from Trisuli to Dhunche.
So , Please find out distance from Dhunche to Syafrubesi.??!!! I am confused . Am I Right ?
The Blue line represents the real path to syafrubesi , the way to SHANGRILA.........LANGTANG....... Himal........

Thursday, April 12, 2007

छोराछोरीस“गै प्रवेशिका

कान्तिपुरका रसुवा समाचारदाताका अनुसार बाबु रेसमबहादुर लामिछाने र विवाहिता छोरी अम्बिका लामिछाने रिजाल प्राइभेट परीक्षार्थीका रूपमा रसुवा उच्चमावि धुन्चेमा परीक्षा दिइरहेका छन् । उनकी माइली छोरी लक्ष्मी नियमित परीक्षार्थीको रूपमा एसएलसी दि“दै छन् ।

लहरेपौवा-९ निवासी रेसम एसएलसी पास गरी छाड्ने
बताउ“छन् । 'एकपटक फेल भएर छोड्ने गरेकाहरूलाई उदाहरण देखाउने धोको छ,' ४१ वषर्ीय रेसमले कान्तिपुरस“ग भने । उनी जिल्ला हुलाक कार्यालय धुन्चेमा कार्यरत छन् ।

तेइस वर्षघि असफल भएपछि उनले परीक्षा दिन छाडेका थिए । पा“च सन्तानका बाबु रेसमले छोरीस“ग परीक्षा दि“दा खुसी लागेको बताए । उनकी माइली छोरी लक्ष्मीले लहरेपौवास्थित नीलकण्ठ उमावि केन्द्रबाट परीक्षा दिएकी छन् ।

केन्द्रका केन्द्राध्यक्ष रामनारायण चौधरीले बाबुछोरीले ज्ञानको ज्योतिलाई बुझेर उदारणीय कार्य गरेको बताए ।
बझाङ समाचारदाताका अनुसार यहा“ बाबु, आमा र छोराछोरीस“गै सहभागी भएका छन् ।
भैरवनाथ मावि सोताका शिक्षक कलक रावल र रुणुका छोराछोरीस“गै एसएलसी परीक्षा दिन लागेका हुन् ।

तीस वर्षघि पहिलोपटक एसएलसी परीक्षा दिएर असफल भएपछि शिक्षक पेसामा ३१ वर्षसेवा गरे पनि एसएलसी पास गर्ने धोको अधुरै रहेकाले परीक्षा दिन लागेकोे ५२ वषर्ीया कलकले बताए । जिल्लाका ६ वटा केन्द्रमध्ये सत्यवादी केन्द्रबाट कलक र रुणुका र अर्काे केन्द्रबाट छोरा नवीन र छोरी मीराले परीक्षा दि“दै छन् ।

Sunday, March 11, 2007

धुन्चे फर्कदै ।


काठमान्डौको
छोटो बसाई सकेर
अब फेरि रसुवा
फर्कनु छ आज ।
जे भएपनि, जसो गरेपनि
त्यो हिमालले तानि रहेछ
, तानि रहेछ ।