Pages

Wednesday, March 5, 2008

लामा होटेलमा आगलागी !

लाङ्टाङ हिमालको पदयात्राको लागि स्याफ्रुबेशिबाट लाग्ने एक दिनमध्ये आधा बाटोमा पुगिने २४८० मीटर उचाइमा रहेकोलामा होटेलस्थित फ्रेन्डली होटेलमा फागुन ११ गते राती आगलागी भएर करिब १५ लाख बराबरको नोक्सानी भएको बताइएको छ ।


Sunday, March 2, 2008

"तस्बिर आफै बोल्दैन !"

एक जना नेपालका चर्चित फोटो सम्पादकले भनेको यि शब्दहरु सम्झदै गर्दा मलाई पनि एक मनले लाग्यो -हो त कहा तस्बिर आफै बोल्छ । अनि फेरि केन्जिङमा यो तस्बिर खिचेपछि मैले सोचे के लेखु यसको क्याप्सन।
" नदिको उदगम छेउमा रम्दै । "
कतै म गलत त छैन यो क्याप्सनमा, सच्याईदिनुस ल !

Wednesday, February 27, 2008

सम्झदै गुम्बाजस्ता ढुङ्गाहरु !

लाङ्टाङ् पदयात्रामा केन्जिङ् गुम्बा जादा बाटाभरि नै गुम्बा, माने र बौद्द संस्क्रिति झल्कने बिभिन्न कलाहरु देखिन्छ । झन्डै एक दशकदेखि नचलेको लाङ्टाङ्को पुरानो एयरपोर्ट तिर हेर्दै गर्दा देखिएको यो मिलेका ढुङ्गाहरुले देवतालाई बोलाएजस्तो लागिरहेछ ।

अवशेष मात्र छ , एयरपोर्टको !

भुँइमा छरिएका काँडेतारहरुले इतिहासको सम्झना गराउँछ । रसुवास्थित प्रसिद्ध केन्जिङ् गुम्बाको छेउमा रहेको लाङटाङ एयरपोर्टमा दश वर्षअघिसम्म काठमाडौंबाट विमान आउने गर्थ्यो । वर्षमा हजारौं पर्यटकको आकर्षण केन्द्र रहेको केन्जिङ् उपत्यकामा पर्यटकीय सेवा-सुविधा पर्याप्त हुन सकेको छैन । यहीकारण राजधानी काठमाडौंबाट नजिकमा रहेको 'दुर्गम गन्तव्य' बनेको छ ।

Tuesday, February 26, 2008

"यहि हो नेपाल ,सुन्दर शान्त लाङ्टाङ् हिमाल"


दश महिनामा दोस्रो पटक केन्जिङ् गुम्बा पुग्ने मौका मिल्यो; पुरानो शिक्षा दिवसको दिन, त्यो पनि ट्रेक-रिङ्ग-रुट हुदै । जसमा पुगियो यसरी:स्याफ्रुबेसी-रिम्चे-लामा होटेल-रिभर साइड-घोडातबेला-लाङ्टाङ्-केन्जिङ् गुम्बा-रिम्चे-सेर्पा गाउ-खाम्जिङ्-ब्रिद्दिम्-स्याफ्रुबेसी !अनि केन्जिङ् गुम्बामा कान्तिपुर एफ् एममा १२ बजे दिउसोको समाचारको प्रतिक्रियामा नर्लिङ् होटेलका कोरीयाबाट भर्खरै फर्केका तामाङ् साहुजी भन्दै थिए-" एक हप्ता देखी काठमाण्डौ बन्द छ रे, खोई कताबाट पो आउछ हौ टुरिष्ट !"
उनले चार हजार मीटरको उचाईबाट देशको खबर म सँग जाच्दै सोधे-" तराई पुरै बन्द छ रे, खोई चुनाब होला त सर?"
मलाई लाग्यो चुनाव भो भने फेरि एकचोटी यो हिमाल हेर्न आएभने उसलाई उसको प्रश्नको घुमाउरो उत्तर यसरी दिउला-" दाई चुनाबमा भोट हाल्ने दिन हिउ त परेन?"

Monday, February 18, 2008

रसुवागढी सँरक्षणमा चासो !

नेपालको ऐतिहाशिक किल्ला रसुवागढीमा रहेको पुरातात्विक क्षेत्रहरु स्याफ्रुबेसी-रसुवागढी मार्ग निर्माण गर्दा हुने क्षतिको निरिक्षण गर्न पर्यटन सचिवको नेत्रित्वमा एक टोली हालै रसुवागढी,केरुङ्को भ्रमणमा गएको छ । यसै फाल्गुण महिनाबाट सुरु हुने सो मार्गमा पर्न सक्ने ठानिएको उक्त सम्पदाको बचावटको लागि सरकारले चासो लिएको बताइएको छ ।

रसुवा बन्दका कुरा

ब्लगमा नया कुरामात्र लेख्ने बानी भयो भने अपडेट गर्न धेरै समय लाग्छ, र आज पनि खास नया कुरा त केहि छैन । रसुवा हिजो फागुन ६ गतेदेखि अनिस्चित कालको लागि बन्द भएको कुरा समाचारमा आएको छ , तामाङ स्वायत्तताको मागका साथ । अब तराईको गर्मी हिमालमा सरेजस्तो छ । तस्बिरमा देखिएको तामाङशिला क्षेत्रका गनेश हिमाल पनि अब चाडै तात्ला नि !