Pages

Friday, June 29, 2007

एकै अनुहार फरक मुहार ।




सरसफाई कति महत्वपुर्ण छ भन्ने कुरा रसुवाका यि कलिला नानीहरुलाई फोटो खिच्नको लागी मुख धुन लगाएको थिए, तेसैबाट देखिएको छ नि तिनको चम्किलो अनुहार ।

म जे छु ठिकै छु, बिथोल्न न आ-उ।

छोरा छोरीले स्याहार सुसार गरेनन् भने देखी जति सुकै उमेर होस न कि आफ्नो हेर चाह आफै नै गर्नु पर्ने रछ भन्ने कुरा यि महिलाको हातमा रहेको दाउराले नै बताउछ ।

बुढो जीवन , दुखो जीवन भन्ने कुरा हामीले बेलैमा बुझेनौ भने फेरी पछि पछुताउनु बाहेक अरु बिकल्प पनि रहेन् ।

अनि विकासका थोत्रा मोत्रा कुरा गरेर मात्र हुन्छ र ?

आत्मसम्मान पुर्वक आत्मनिर्णयको अधिकार नै नेपालको बिकासको आधार हो भन्ने कुरा पनि यि अबोध महिलालाई देखेर हुन्छ नि ।

सुनौलीको सास्ती ।

पश्चिम नेपाल त्यो पनि त्रिशुल बाबाको प्रलय अगाडी पुग्दा कमसे कम बुटवल क्षेत्र बन्द थिएन ।
कहा जाने त एकदिन बुटवलमा ओर्लेर घुम्न। सम्भव थियो कि पाल्पा, लुम्बिनि वा भैरहवा हुदै सुनौली नाका एकै दिनमा ।
तर रोजियो सुनौली नै। गर्मीको तिब्र दबाबमा भैरहवा मेडिकल कलेजको पछाडीबाट रिक्सामा पुगियो नाका । ट्रकको चाङ , सायद बन्दको हल्लाको असरले होला, त्यो लामो लाईन थियो जसमा नेपाल भित्रिने क्रम जारी थियो ।

जस्ट नाकाको नाकमुख त देखियो , तर गर्मीले फर्कियो फेरि बुट्वल नै बेलुका। त्यहाको राम्रो होटेल आगनको आगनमा बेलुकीपख बित्यो शान्तपुर्वक।
मलाई लाग्यो पश्चिमको ईटहरी हो , बुटवल अनि उखरमाउलो गर्मी हुने भैरहवा चाही बिराटनगर । पाल्पा चाही धरान जस्तै होला शितल, तर त्यहा पुगिएन ।


धमिलो धरान ।

हेर्दै तुलहरुको चाङ लाएको धरान सहरको यात्रा गर्दा लाग्यो , यो घण्टाघरको शोभा बढेको छैन् ।

अनि भानुभक्तको उचाईमा मच्चेर गरिएका यि प्रचार सामग्रीको नियन्त्रण गर्ने जिम्मा कस्को? बोल्नेको पिठो यसरी बिकाउने त !!!!!

Tuesday, June 26, 2007

Henry wrote me from Pakisthan !!!


Sorry i didnt write to you I was just too busy.
Right now in the mountains again of course in Pakistan peple here are great


- imagine i lost my wallet with all money and a person who found it brought it with everything!!!

The mountains are rally nice here and its muhc cheaper then Nepal will stay here for 3-4 days and go down to Afganistan border - a city called Peshawar then Islamabad and then if i get my visa - Iran.

Regarding the pictures - I wont be able to send it any time soon - the internet here is really slow - thats the only problem of this place :)

- the rest is great :)
And of course no map, no guide nothing
- only local people :)

Take care my friend
Henry

चिसो चार्ल्स प्वाईन्टमा पुग्दा ।

पुर्वको पर्यटक केन्द्र भेडेटार १४२० मी को उचाईमा पुग्दा लाग्यो तल ६० मी को महेन्द्र राजमार्गको तल्लो बिन्दु इटहरीको गर्मी यहा सकिएको छ । ३३ कि मी को दुरीमा देखिएको यो चिसो मौसमले तातो चियाको चुस्की पनि आनन्ददायक हुन्छ ।
भेडेटारको चार्ल्स प्वाईन्टमा पुग्दा थाहा भो त्यहा दैनिक् २०० र सनिबार झन्डै २००० आन्तरिक् पर्यटक घुम्दा रहेछन ।कम्तिमा पनि यसको नजिकको सहरका आधुनिक प्रेमी प्रेमीकाको लागि नजिकको गन्तब्य बनेको छ भेडेटार ।

सालिक बिनाको इटहरी ।

धेरै पछि पुर्वको सहरहरु पुग्दालाग्यो, खोइ त राजाका मुर्तिहरु । सायद् अब राजा महत्वपुर्ण रहेनन् । तर पनि छैन् नि शान्ति । तर पनि इटहरीको यो चोक कति सुन्दर छ, अनि हाम्रो नेपाल पनि यस्तै सुन्दर बनाउने सपना नदेख्ने त !!