जेष्ठ १९ गते लाङ्टाङ पुग्दाखेरी बाटोमा एक अपरिचित बिदेशीसँग गहिरो मित्रता भयो । त्यो पनि कसरी भने म र पारस लाङटाङको छोटो बाटो जादै थियौ तर खोइ किन हो हामी त ठुलो स्याफ्रुको बाटो पो लागेछौ।
थाहा भो हामी एक् घण्टाको बाटो बढी हिडेको, जब हामी पहिरो पुगेयौ । त्यही देखिएको पोल्याण्डको नागरिक हेनरीकसँग बम्बु पुग्दा नपुग्दै गहिरो मित्रता सुरु भो ।
दुइवटा बाटा फेरि देखेपछि हामी आतिदै उसलाई सोध्यौ
" अब कता जाने नि? "
उ हास्दै भन्छ " फलो द रिभर ! "
उसको कुरा सुनेर लाग्यो यो मान्छे हिमाल चढन सौखिन जस्तो लाग्यो हामीलाई ।
"अनि तपाईको गाइड नि?"
" दिस् म्याप ईज् माई गाइड।"
उसको कुरा सुनेर लाग्यो यो कन्जुस कुइरे हो ।
बुझ्दै जादा थाहा भो उ इन्डियामा बसेको एक बर्ष भएछ । यस अगि अफ्रिकामा तिन बर्ष बसेको उसको अनुभव छ । ( क्रमस: )
1 comment:
Nice pictures.. waiting for more..
Mr. UFG
Post a Comment