रसुवाको सदरमुकाम धुन्चे पुग्न २-४ कि मी बाकी छदै सोले भन्ने ठाउमा माथि झरनाबाट आएको पानीले जलमग्न कच्ची बाटो अवरुद्द हुदा सयौ यात्री अलपत्र भएर झण्डै १० कि मीको सडक खण्ड हिडनु सामान्य भएको छ । यो तस्बिर १९ साउनको हो ।
यो सँकेतले के जनाउछ भने बर्षमा करिब ४-५ महिना बाटो बन्द हुन्छ भनेर किनभने अगाडी आउने पहिरोको पिडा रोक्ने जादु त हामीसँग छैन।
ठुला ढुङ्गाहरु माथिबाट खस्ने डरले चाडो चाडो हिडनु पर्ने बाध्यता त छदैछ , त्यसमाथी हिडने बाटो भएन भने गोसाइकुण्ड मेला भर्न पुग्ने यात्रुको लागि त कमसेकम हिडने बाटोको जोहो गर्ने कसले??
लामो पहिरोले खाएको बाटो हिडनु पनि त पदयात्राकै एक अँग नै हो जस्तो छ, लाङटाङ र गोसाइकुण्ड जादा जस्तै।
के गर्नु ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भनेको पहिरो जाने यो मुल्खर्कको पहिरो मा चाहि लागु नहोला जस्तो छ । क्रिष्णभीरको १० गुना बढी पहिरो आतङ्क ब्यहोरेको यो पहिरोको समाधान के त?
No comments:
Post a Comment