Pages

Showing posts with label pahiro. Show all posts
Showing posts with label pahiro. Show all posts

Tuesday, October 7, 2008

लाङ्टाङ फिभर सुरु !

बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
सयौ दिनसम्म पनि बर्शेनी सदरमुकामको बाटो अवरुद्द हुने चलन धेरै भाईसक्यो , अब नयाँ नेपालको खाका कोर्नेहरुले रसुवाको बाटोबाट नेपालको मुहार फेर्ने दिन बनाउन अबेर नगरे पो रमाइलो हुने थियो कि ?

Tuesday, July 1, 2008

खै बाटो : खोलाले बगायो !!!

रसुवाको सदरमुकाम धुन्चे पुग्ने बाटो राम्चेमा गएको पहिरोले गर्दा देखिएको तस्बिरमा झै पुरै बगाउदा अवरुद्द भए पनि हाल काम चलाऊ छ । बाटो देख्दा एउटा कबिता याद आयो ।खै बाटो ? , पहिरोले लाग्यो । खै पहिरो ? , खोलाले बगायो । खै खोला ?, सुक्यो !!!

सदरमुकामको बाटो बन्द हुनसक्ने !

पहिरोले रसुवाको सदरमुकाम धुन्चे पुग्ने कच्ची बाटो अब १-२ हप्ता भित्र बन्द हुने देखिएको छ , र ठुलो पानी पर्‍यो भने पुरै सडक नै हराउनेछ ।
बिशेषगरी राम्चे, मुलखर्क , ठाडेको सक्तिसाली पहिरोको कारणबाट केही दिनयता बाटो खुल्दै बन्द हुँदै आइरहेको छ । शायद पक्कै पनि बाटो बन्द भए पनि एउटा आशा के पनि छ भने ए डि बि ले गल्छी देखी स्याफ्रुबेसी सम्म को झन्डै ९० किलोमिटर पिच बाटो बनाउने अन्तिम तयारीमा रहेको छ । यस्तै रसुवागढी-स्याफ्रुबेसीको १६ किलोमिटरको बाटो बन्न सुरु भईसकेको छ । बाटो बन्दै गर्दा रसुवागढिको पुरानो ऐतिहासिक किल्ला क्षेत्रमा रहेको पुरातत्वको सँरक्षण गर्ने कुरामा भने सरकारको त्यती ध्यान नपुगेको हो कि ?








Saturday, November 24, 2007

पहिरोमा भेटिएका पर्यटक !

बाटो बिग्रिएको बेला पनि हिडेर रसुवाका हिमाल हेर्न लम्किएका बिदेशी देख्दा मलाई यिनको फोटो खिच्न कता कता मन लाग्यो । दशै अघिको एक दिन मुल्खर्काको पहिरोमा मेसिनले बाटो अन्तिम अन्तिम चरणतिर सम्याइरहेको बेला यि अग्ला बिदेशीको तस्बिर खिच्दै गर्दा यिनले भने -' आर् यु फ्रोम् नेपाली टाइम्स?' । पहिरोको फोटो खिच्दै गरेको देखेर मलाई फोटो पत्रकारको आशँकाले यो प्रश्नको उत्तरमा मैले हास्दै भने-' नो नो ! आई एम् नेपाली टुरिष्ट । '

Friday, November 2, 2007

खुल्यो बाटो रसुवाको !

हिमाल चढने सुन्दर सपना बोक्नेहरुको लागि रसुवाको चर्चित् पहिरो मुलखर्कको रुट खुलेको छ , जसबाट पर्यटकहरुको लागि हिमालको हिउले अब स्वागत् गर्न थालिसक्यो ।

Tuesday, October 9, 2007

खुल्दैछ पहिरो !

मुलखर्कको हिडन पनि गारो रसुवा, सदरमुकाम पुग्ने बाटो, यो हप्ता खुल्ने सँभावना रहेको बताईएको छ । बिषेशगरि दशै अघि नै बाटो खुल्ने सम्भावना छ । राम्चेको पहिरो अब नरहेपनि मुलखर्कको पुरै बगाएको बाटो अब कता लगेको छ त्यो हेर्न भने तेतै पुग्नुपर्ला जस्तो छ ।

यो देखिएको बाटोमा अब गाडी हिडने छ र तपाई काठमाण्डौबाट रु १७० मा सोझै यसलाई छलेर धुन्चे हुदै स्याफ्रु बसमा एकै दिनमा पुग्नु हुनेछ । त्यहाबाट पदयात्रामा एक दिनमै नगरकोटबाट देखिने लाङ्टाङ् हिमाल छुन पाइने छ ।

अनि अब लाङ्टाङ् घुम्न आउने स्वदेशी बिदेशी पर्यटकहरुको स्वागतमा उभिएको छ , रसुवा ! राजधानीबाट बाटो नबिराई २ दिनमा पुग्ने लाङ्टाङ् हिमाल् घुम्न कति पैसा लाग्छ भनि एक् मित्रको इमेल जवाफमा मैले लेखेको थिए- सुद्द शाकाहारी र नमातिने हो भने २ वटा हात्ती चढेर पुगिन्छ । तर त्यो भने तपाई आफैले चढनुपर्ने छ ।

Wednesday, September 5, 2007

बाढी/पहिरो नियन्त्रणमा


सरकारमा बस्ने मन्त्री तथा देश हाक्ने नेता जनताका हिमायती हुन् भने वातावरण संरक्षण गर्ने दीर्घकालीन योजना बनाउन किन लाग्दैनन् ? वातावरण संरक्षण नहुनाले कहिले कुनै ठाउँमा अतिवृष्टि र कहिले कुनै ठाउँमा अनावृष्टि भई सर्वसाधारणले पाउनु दुःख पाइराखेका छन् । वातावरण संरक्षणका लागि वनजंगलको उचित संरक्षण हुनुपर्छ । विश्वको तापमान वृद्धि घटाउनुपर्छ । भू-संरक्षण र जलाधार व्यवस्थापन कार्यक्रम देशभर लागू गराउनुपर्छ । वायुमण्डलमा रहेको ओजन तहको विनाश रोक्नुपर्छ । प्राकृतिक स्रोत दुरुपयोग र ओजन तह विनाशले विश्वकै पारिस्थितिकीय प्रणालीमा गम्भीर नकारात्मक असर पर्न गएको छ । बाढीपहिरोको प्रकोप बढ्दो छ ।
तराईमा बाढीको प्रकोप बढ्नुमा अर्को मुख्य कारण हो नेपाली सीमा नजिक बनाएका भारतीय बाँध । तिनलाई भत्काउन वा पुनर्निर्माण गर्न लगाउनुपर्छ । नदी किनारका भोका मानिसलाई एउटा माछा दिनुभन्दा माछा मार्ने कला सिकाइदिन सकियो भने राम्रो हुन्न र ?
- श्यामसुन्दर श्रेष्ठ
तनहुँ
हाल रसुवा

श्रोत कान्तिपुर दैनिक, पाठक पत्र, १९ भाद्र

Tuesday, August 21, 2007

हिड्दै, पाईला मेटाउदै ।

गोसाईकुण्ड मेला सुरु हुनु अघि रसुवाको सदरमुकाम धुन्चे पुग्नु १० कि मी अगाडी रहेको मुलखर्कको यो पहिरो देख्दा अचम्म लाग्छ, यसमा १,२ महिना पहिला गाडीहरु चल्थे भनेर ! राजधानीबाट १०० कि मी को दुरीमा रहेको यो ठाउ पुग्दा तपाईले के अनुभव गर्नुहुन्छ भन्ने कुरा यदि तपाई पनि यतै झुल्किनु भयो भने थाहा पाउनु हुन्छ ।




Tuesday, August 7, 2007

रसुवाको सडक झण्डै ५ महिना अवरुद्द हुने ।

रसुवाको सदरमुकाम धुन्चे पुग्न २-४ कि मी बाकी छदै सोले भन्ने ठाउमा माथि झरनाबाट आएको पानीले जलमग्न कच्ची बाटो अवरुद्द हुदा सयौ यात्री अलपत्र भएर झण्डै १० कि मीको सडक खण्ड हिडनु सामान्य भएको छ । यो तस्बिर १९ साउनको हो ।
यो सँकेतले के जनाउछ भने बर्षमा करिब ४-५ महिना बाटो बन्द हुन्छ भनेर किनभने अगाडी आउने पहिरोको पिडा रोक्ने जादु त हामीसँग छैन।

ठुला ढुङ्गाहरु माथिबाट खस्ने डरले चाडो चाडो हिडनु पर्ने बाध्यता त छदैछ , त्यसमाथी हिडने बाटो भएन भने गोसाइकुण्ड मेला भर्न पुग्ने यात्रुको लागि त कमसेकम हिडने बाटोको जोहो गर्ने कसले??


लामो पहिरोले खाएको बाटो हिडनु पनि त पदयात्राकै एक अँग नै हो जस्तो छ, लाङटाङ र गोसाइकुण्ड जादा जस्तै।



के गर्नु ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा भनेको पहिरो जाने यो मुल्खर्कको पहिरो मा चाहि लागु नहोला जस्तो छ । क्रिष्णभीरको १० गुना बढी पहिरो आतङ्क ब्यहोरेको यो पहिरोको समाधान के त?
पहिरोले दिएको पीडा पढनुस् डि-एक्सप्रेसमा ।