Pages

Sunday, March 25, 2007

हिउभन्दा चिसो ............

लाङ्टाङ् हिमालको छेउमा बसेर यसरी फोटो खिच्ने रहर् पुरा गर्दा सिङ्गै हिमाल छेकिन सक्छ । खुब् होस् गर्नुहोस् नि ।?

ईतिहास खोतल्दै ।


चीनसँग नेपालको सम्बन्धको लामो ईतिहास भएपनिहामीले त्यसलाई खोतल्ने प्रयास गरेकै छैनौ । देशको लगभग एक् हजार किलोमीटर सिमाना जोडिएकोछिमेकीसँग खोई त सामाजिक र सास्कृत्यिक नाताजोडने बाटाहरु?

Tuesday, March 20, 2007

स्वर्गको टुक्रा कि स्विजरल्यान्ड ।?


यो फोटो लाङटाङ् हिमाल् देखिने उपत्यका केनजिङ्को हो तर म त्यहा गएको छैन् ।साथी आमित् रन्जनले खिचेको हो र त्यो हेरेपछि मलाई त कहिले हो जौ लागि सको । यहा स्याफ्रुबेसिबाट जम्मा तीन् दिनमा पुगेर आइन्छ् । हिडेर जान र आउन गरेर २ दिन, अनि हिउमा खेल्न एक् दिन। तर पनि समय साथ् दिएको छैन् । हेरु नया बर्षमा ।

Sunday, March 18, 2007

रसुवागढीको नाका खोल्न पहल् गरौ ।


रसुवाको समग्र बिकाश र देशकै लागि स्याफ्रुबेशी रसुवागढीको १६ कि मी सडक बनाउन अति जरुरी छ ।
किन यसमा ढिलाई भैइरहेको छ , सम्बन्धित् निकायलाई दबाब दिन ढिलो भैसक्यो ।
नेपाल भारत बिचको सन् १९५० को सन्धि अनुसार नेपालले चीनसँग नाका खोल्दा भारतको सहमति लिनुपर्ने प्रावधान् छ भन्ने कारणबाट यसमा ढिलाई भएको हो कि भन्नेकुरा पनि सुनियो । तर मलाई नै १९५० को सन्धिमा यो लेखिएको यकिन भएन ।
तर आखिरमा बिलम्ब किन र कहाबाट , यसकोचित्तबुझ्दो जवाफ कसले खोज्ने?

Saturday, March 17, 2007

गाजलु ती ठुला ठुला आखा ।

तीनका आखाले के भन्छ भने कमसेकम शिक्षा र स्वास्थ्यको राज्यले ग्यारेण्टी गरोस् ।
आज माओबादी सरकारमा जादै छ् कि, हेरौ र आशा त गरौ, परिवर्तनको र लोकतन्त्रको ।

गाउको बिकास सुरु हुदै ।


बिकट रसुवा जिल्लाका २ गाउ चिलिमे र स्याफ्रुबेसीमा५ बर्ष पछि पहिलो पटक गाउ परिषदको सभा सम्पन्न भयो । सबै मिलेर देश् बनाउने भावना अब चाहि सुरुहोला जस्तो छ ।