“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Sunday, June 24, 2007
Wednesday, June 13, 2007
तु चीज बढी है मस्त मस्त
Monday, June 11, 2007
गाईड बिर्सियो हेनरिकले ...
हेनरीक सँग अघि बढेपछि लाङटाङ खोला तरेपछि उसले म्याप रिम्छेमा बिर्सियो जसलाई उसले गाईड बताईरहेको थियो ।हामी लामा होटल पुग्नु २० मीनेट अगिको रिम्छे, जहासम्म सि डि एम् ए को पहुच छ, उसले त्यो म्याप हराएको बतायो । उसका साथीहरु फिनल्यान्ड र चेक रिपब्लिकका जो उसका पछि पछि आएरहेका छन् उसकै म्याप् हो यो भनिरहेको थियो उ । अब उ गलेको छ । के गर्ने दोधारमा छ ।
त्यो होटलको साहुजी , जसले नेपालभरी जहा फोन गरेपनि दस् रुपिया लिन्छ, अब तलको आधा घण्टाको ओरालोबाट म्याप ल्याउन सय रुपिया कुइरेसँग माग्न खोज्दै छ, हामी गाइड हो भनेर उ यो प्रस्ताब राख्दै छ ।
त्यो कन्जुस कुइरे जुरुक्क उठेर आफै फर्किन खोज्यो, र पारस पनि उसको गाइड झै गयो उ सँग तल ओरालोमा म्याप खोज्न ।म भने फोन चेक गर्न थाले घरतिर गरेर । उनिहरु आए एकै छिनमा । कालो चिया खाईयो त्यहा र अब लामा होटेल पुग्नु छ खाना खान ।तल स्याफ्रुबेसीबाट लाङटाङको लकी होटेलको साहु कान्छा खच्चरमा सामान लिएर आयो ब्राबलको बाटोबाट रिम्छेमा । उसँग उसकै होटेलमा पुग्ने हाम्रो हिजोको योजना थियो ।
लामा होटेलमा भेटिने भनि फेरि कान्छा छुटियो । येसो हेर्दा अब लामा होटेल् आएजस्तो लाग्यो , आधा घण्टामा माथ्लो रिम्छेबाट । अब पुग्नु पर्ने ठाउ टाढा छ, समय थोरै । बाटो बिर्सेको पीडाले गर्दा बिहान ६ बजेदेखी लगातार ८ घण्टा हिडिसकियो । अझै ४ घण्टा छ , कसैले भन्यो । होस अब के गर्ने, पहिला खाना खाउ, कुइरेले साथी भेटने थलो लामा होटेल बनाएको छ, अनि बिचार गरौला नि, हामीले सोच्यौ ।Saturday, June 9, 2007
हेनरीकसँग लाङटाङ घुम्दा ।
जेष्ठ १९ गते लाङ्टाङ पुग्दाखेरी बाटोमा एक अपरिचित बिदेशीसँग गहिरो मित्रता भयो । त्यो पनि कसरी भने म र पारस लाङटाङको छोटो बाटो जादै थियौ तर खोइ किन हो हामी त ठुलो स्याफ्रुको बाटो पो लागेछौ।थाहा भो हामी एक् घण्टाको बाटो बढी हिडेको, जब हामी पहिरो पुगेयौ । त्यही देखिएको पोल्याण्डको नागरिक हेनरीकसँग बम्बु पुग्दा नपुग्दै गहिरो मित्रता सुरु भो ।
दुइवटा बाटा फेरि देखेपछि हामी आतिदै उसलाई सोध्यौ
" अब कता जाने नि? "
उ हास्दै भन्छ " फलो द रिभर ! "
उसको कुरा सुनेर लाग्यो यो मान्छे हिमाल चढन सौखिन जस्तो लाग्यो हामीलाई ।"अनि तपाईको गाइड नि?"
" दिस् म्याप ईज् माई गाइड।"
उसको कुरा सुनेर लाग्यो यो कन्जुस कुइरे हो ।
बुझ्दै जादा थाहा भो उ इन्डियामा बसेको एक बर्ष भएछ । यस अगि अफ्रिकामा तिन बर्ष बसेको उसको अनुभव छ । ( क्रमस: )
Tuesday, June 5, 2007
नेपाली मन नेपाली पन ।
दिन बित्यो हेर ,तिमिलाई सम्झेर ।
केन्जिङ भ्यालीबाट लाङटाङ हेर्दा ।
Subscribe to:
Posts (Atom)




