Pages

Saturday, December 8, 2007

लाङ्टाङ् पदयात्राका सम्झनाहरु !

छ महिनापछि फेसबुक डट कममा (अन्य तस्बिरको लागि यहा क्लिक गर्नुस्) आफ्नो लाङ्टाङ् पदयात्राका तस्बिरहरु अपलोड गरिसकेपछि त्यो मिठो यात्राको रोमान्चकतालाई पोख्दै म सँगै त्यो यात्राबाट फर्केका मित्र पारसको प्रतिक्रिया थियो- " नेपालीलाई तिन दिन , खैरेलाई सात दिनको यात्रा हो लाङ्टाङ्। " त्यसो त पोलिससँगको हाम्रो लाङ्टाङ् यात्रामा उसले आफ्नो सात दिनको तयारी छोट्याएर ४ दिनमा झारेको हुनाले पारसको यस्तो बिचार आएको पनि हुनसक्छ ।
आधा बाटो पुगेपछि !


बुद्द, शान्ति र हिमालको काखमा !

बिहान उठने बितिकै हिमाल हेर्न पाईयोस् !

त्यो स्याफ्रुबेसी, हिमाल पुग्नु अघिको गन्तब्य !




Friday, November 30, 2007

दुर्खा खादै ।

रु २२० प्रति किलोग्राम पर्ने छुर्पी अर्थात दुर्खाको स्वाद थाहा पाउन तपाईले राम्चे, रसुवा वरपर यसो चहार्नुपर्छ । अनि धुवामा सेकाईरहेको नकाटेको छुर्पि देख्दा मुखमा थुक नआउने त कुरै भएन !

Saturday, November 24, 2007

सम्झदै लाङ्टाङ् ।

६ महिना अघि पुगिएको लाङ्टाङ् हिमालको तस्बिर हेर्दै गर्दा मलाई यो तस्बिर एकदम मन पर्यो । आजै पनि स्याफ्रुबेसीमा लाङ्टाङ् र गोसाईकुण्ड घुमेर आउने पर्यटकको घुईचोले होटेल र लज प्याक भएको सुन्दा फेरि लाङ्टाङ् जाने जोश् आउला जस्तो छ ।

पहिरोमा भेटिएका पर्यटक !

बाटो बिग्रिएको बेला पनि हिडेर रसुवाका हिमाल हेर्न लम्किएका बिदेशी देख्दा मलाई यिनको फोटो खिच्न कता कता मन लाग्यो । दशै अघिको एक दिन मुल्खर्काको पहिरोमा मेसिनले बाटो अन्तिम अन्तिम चरणतिर सम्याइरहेको बेला यि अग्ला बिदेशीको तस्बिर खिच्दै गर्दा यिनले भने -' आर् यु फ्रोम् नेपाली टाइम्स?' । पहिरोको फोटो खिच्दै गरेको देखेर मलाई फोटो पत्रकारको आशँकाले यो प्रश्नको उत्तरमा मैले हास्दै भने-' नो नो ! आई एम् नेपाली टुरिष्ट । '

फोहोर मलाई !


बाटोमै केरा, सुन्तलाका बोक्रा देखि चाउ-चाउको खोल सबै फाल्ने नेपालीलाई यिनै बिदेशीहरुले उदाहरण दिन्छन कि फोहोर जताततै फाल्नु हुदैन ।त्रिसुली केहि दिन अघि रसुवाबाट फर्केका यि पर्यटकले बाटोमा देखिएको फोहोर फाल्ने बाल्टिन देखेपछि दौडेर उतै पुगे, केराको बोक्रा फाल्न । त्यो सोच हो , स्वच्छ , हराभरा नेपालको । तपाईले पनि केहि सोच्नु भो कि ?

आकास खुलेको दिन !


रसुवाको सदरमुकाम धुन्चेबाट देखिएको यो लाङ्टाङ् हिमालको सुन्दर द्रिश्यहरु हेर्दै जब काठमाण्डौ पुगियो, साच्चै आकाश सफा नै रहेछ, त्यो कार्तिक ३० गतेको दिन ।

मंसिरमै मोबाईल

नेपाल टेलिकमले धुन्चेमा नमस्ते मोबाइलको टावरखडा गरेपनि यसको सुरुवात यसै महिनामा अन्य बिधुतीय उपकरण समेत जडान गरि गर्ने बताईएको छ । धुन्चेबाट १० कि मी वरपरको क्षेत्रमा नेटवर्क कभरेज हुनेछ ।मँसिरमा चुनाव नभएपनि रसुवाको सदरमुकाम छेउछाउका जनताले भने मोबाईलको मिस कलको स्वाद थाहा पाउन अब धेरै कुर्नु पर्ने नहोला !