लाङ्टाङ खोलाको मुहान यो हिमताल सुक्यो भने चाँही पक्कै पनि ग्लोबल वार्मिङको असर पर्यो भन्ने नै होला । समुद्र नभएपनी भएको त्यही खोला नाला र कुलेखानीहरु धेरै सुके भने फेरी उही त हो नि लोड्सेडिङ शत प्रतिशत नै । २०० औ ब्लग पोस्ट पढनु भएकोमा धन्यवाद !
“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Wednesday, March 4, 2009
ग्लेसिएर पग्लिदै !
लाङ्टाङ खोलाको मुहान यो हिमताल सुक्यो भने चाँही पक्कै पनि ग्लोबल वार्मिङको असर पर्यो भन्ने नै होला । समुद्र नभएपनी भएको त्यही खोला नाला र कुलेखानीहरु धेरै सुके भने फेरी उही त हो नि लोड्सेडिङ शत प्रतिशत नै । २०० औ ब्लग पोस्ट पढनु भएकोमा धन्यवाद !
Friday, February 27, 2009
फर्कदै लाङ्टाङतिर !
लाङ्टाङ पुग्नु अघी यात्रामा भेटिने साना नानीहरुको आँखाले पनि हामी कती पिछडिएका छौ भन्ने बोध गराईरहेको हुन्छ । हिमाल जस्तो अबोध र चन्चल अनी स्वच्छ मन शायद यिनै बालकहरुको नै होला । लाङ्टाङ खोलाको सुशेलिमा हिमाल जाने सिजन मार्च अप्रिल सुरु हुने प्रतिक्षामा कतै बिदेशीको लस्करमा कतै तपाईं पनि त हुनुहुन्न ?
Saturday, December 6, 2008
केन्जिङको कथा खोज्दै !
लाङ्टाङ पदयात्राको रमाइलो गन्तब्यमा रहेको केन्जिङबारे केही लेख्नु अघी नै भनु - एक जना शुभचिन्तकले यो ब्लगको शिर्षकको मौलिकता नभएको र कथाको ठाउमा गन्तब्य हुनु पर्यो भन्ने सुझाव रहेछ । हे हे ! यती राम्रो प्रतिकृयाको लागि धन्यवाद !तर ब्लगको मास्ट हेड नै चेन्ज गर्नु भन्दा अर्को ब्लग नै खोल्नु सरल होला जस्तो लाग्यो मलाई त ! हेरौ , अब यसलाई अपडेट गर्दा भने अब कथा नै खोज्नु पर्ला जस्तो छ , ति सुभेच्छुक अनलाइन भिजिटरको लागि ।सम्झदै लाङ्टाङ सधैं !
Sunday, October 19, 2008
गोसाइकुन्ड : फ्लास ब्याक !
गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"Tuesday, October 7, 2008
लाङ्टाङ फिभर सुरु !
बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।Monday, September 15, 2008
सरी ! गोवा
पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "
Subscribe to:
Posts (Atom)













