Pages

Tuesday, April 29, 2008

लाङ्टाङ् गाउ सम्झदै

धेरै पछी लेख्न बस्दा बिषयको अभाव जस्तो लागिरहेछ । अनी बिषय छ तस्बिर छैन । तस्बिर छ बिषय छैन । मलाई भने बिना तस्बिर लेख्नै मन लाग्दैन अनी फेरी आफ्नो क्यामरा पनि हराएको मौसममा परियो । तर यसबिचमा कती ठुलो परिवर्तन भाईसकेको छ भने देशले संबिधान सभाको चुनाव मार्फत काचुली फेर्न प्रयास गर्दैछ । नयाँ नेपाल अब सपनामा मात्र होइन मान्छेहरुले बिपनामा पनि देख्ने बेला आयो । अनी , राजाको बारेमा मान्छेले अब के होला भन्न पनि छोडिसके । तर पनि अझै बिकट ठाउहरुले भने नेपालको अनुभुती गर्न सकेका छैनन ।
४०३ जना मतदाता भएको यो गाउ घुम्ने रहर चुनाव अघी एक अनमिनका महिला पर्यबेक्षकले गर्दा "पछी-पछी-ब्यस्त-ब्यस्त छु अहिले" भन्दै महिला निर्वाचन अधिक्रितले उनलाई सम्झाएकी थिईन । चुनाब अघी झन्डै १० घण्टा पैदल हिंडेर स्यफ्रुबेसीबाट पुगिने ३५०० मीटर उचाइको त्यो मनोरम लाङ्टाङ गाउ दोश्रो पटक पुग्दा मैले थाहा पाएको थिए- यहाँको अभाव भनेको बिकासका पुर्वाधारको कमी हो नै । मान्छेको हातमा त मोबाइल छ, अनी दैनिक चार्ज पनि हुन्छ , तर टावर छैन । यसो त पर्यटकको मौसममा यहाँका मान्छेलाई बोल्ने फुर्सदै हुँदैन पनि । मेरो मोबाइलको टावर राख्ने खबरले उत्साही होटेल ब्यबसायी काले कान्छा भन्दै थिए -" त्यो भो भने सोझै खैरे सँग कुरा हुन्छ ।"मैले सोचे बीस लाख पर्यटक नेपाल ल्याउने महत्वाकान्क्षी योजनाको आधारहरु यस्तै त होलान नि !

Tuesday, April 8, 2008

रसुवामा रेडियोको रन्को !

एन्टेना फाउन्डेसन नेपालको पहलमा नयाँ बर्ष सँगै
तीन दिने डोको रेडियो कार्यक्रम सहित स्याफ्रुबेसीमा
आउने टोली सँग अचानक टेलिफोनमा रेडियो
कार्यक्रमकै स्क्रिप्ट राइटर सँग
मेरो कुराकानी भयो , प्रश्न थियो
- 'कस्तो छ रसुवा, ब्लगमा त खुब लेख्नु हुन्छ ? '
अब स्याफ्रुमा त मैले रेडियो सुनेको छैन ! वा त्यो मेरो रेडियो सुन्ने लत सम्झाई दिएकोमा पनि कस्तो नरमाइलो लाग्यो भने ! अब दोश्रो पोखरा भनु भने बढी होला किन भने न त पुग्न पिच बाटो छ , न एयरपोर्ट नै । पहिरो हुँदै बसको हुट्मा आउने पर्यटकले धान्ने यो लाङ्टाङ रुटको अर्थतन्त्रले देशको अवस्था दर्शाइरहेको छ , हामी कहाँ छौ भनेर?


राजाधानीका दर्जनौ एफ एम को लस्करबाट सय किलोमिटर टाढा पुग्दा यस्तो लाग्छ कि एउटा मात्र सामुदायिक रेडियोले रसुवाको रुप फेर्न प्रयत्न गर्न सक्छ । त्यसको पहलको चटारो यो चुनाव पछीको नयाँ बर्षमा हुन सके कती जाती हुन्थ्यो होला ?

Saturday, March 29, 2008

सयौ पर्यटक हेलिकोप्टरबाट स्याफ्रुबेशीमा ।

लाङ्टाङ पदयात्रामा लालीगुरास फुलेको बाटो हुँदै हिमाल हेर्ने रहरका साथ आज एक सय भन्दा बढी बिदेशी पर्यटक स्याफ्रुबेसीबाट लाङटाङ केन्जिङ गुम्बा तर्फ पदयात्रामा उक्लेका छन । कोरिएन पुलिसको समुह, जापानिज र अन्य बिदेशी आएका छन । बिदेशी पर्यटकहरु शनिबार ४ पटक र शुक्रबार २ पटक गरी ६ पटक हेलिकोप्टरका साथै रिजर्ब टुरिष्ट बसबाट स्याफ्रुबेसी आइपुगेका हुन ।


Wednesday, March 12, 2008

बृदिमको बसाई बारे !

होम-स्टेको लागि ब्यबस्थित रसुवाको एक पर्यटकीय गाउँ बृदिममा बस्दा साच्चै घरमै बसेर खाएको अनुभव भयो । २२०० मीटरको उचाइमा रहेकोयस तामाङ बस्तिमा पुग्दा थाहा हुन्छ, अब समय परिवर्तन भईसक्यो ।
एक छोरो मलेसिया र एक छोरी कुवेतमा रहेको भन्दै गर्दा उनको सि डि एम ए फोन बज्यो - " अब त कुरा गर्न पाइयो नि छोरो छोरी सँग" - मलाई लाग्यो ।








Tuesday, March 11, 2008

आरोहण चुनावको !

२५ बर्ष पुरानो आरोहण नाट्य समुहका अनिल पोखरेल, कमलमणी नेपाल सहित एक दर्जन टोली फागुनको अन्तिम हप्ता रसुवाको गाउँ-गाउँमा सँबिधान सभाको निर्वाचनमा सहभागी हुने अपिल गर्दै नाटक प्रदर्शनीमा ब्यस्त छन । यसै क्रममा गत्लाङ, गोल्झुङ, स्याफ्रुबेसीमा सकी अब सदरमुकाम हुँदै कालिकास्थानसम्म उक्त नाटक देखाइने बताईएको छ ।

Saturday, March 8, 2008

चिनिया प्रतिनिधिमण्डल शनिबार स्याफ्रुबेसिमा !

रसुवागढी-स्याफ्रुबेसी सडक निर्माण तत्काल सुरु गर्न अभिरुची देखाएको चाइनाले आफ्नो देशको सिमा क्षेत्र केरुङ,तिब्यतका बरीष्ठ अधिकारिहरु धुन्चे,स्याफ्रुबेसी निरीक्षणमा आएका छन । १५ दसमलव ८ किलो मीटर सडक रसुवागडी र स्याफ्रुबेसी दुवैतिरबाट सुरु गरेर २ बर्षमा सक्न चाइना तयार रहेको र त्यसको लागि निर्माण उपकरणहरु काठमाण्डुसम्म आइपुगेको बताईएको छ ।
तर आगामी सँबिधानसभाको चुनावले गर्दा तत्काल सडक खन्ने कार्यमा अवरोध भई चुनावपछी मात्र हुने आसँका रहेको पनि बताईएको छ ।
(तस्बिरमा माथिबाट : १ नेपाल चाइनाको सिमाना रसुवागढी,गाडी गूड्ने पर्खाइमा । २ रसुवागढीको नेपाली भाग जहाँ बाटो निर्माणपछी तिब्यतसँग लडेको नेपाली किल्ला भत्कने सँभावना छ ।)