गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "
अहिले गोरखपुर, ईन्डियामा ट्रैनको टिकेट आर ए सि मा बुक भएपनी बर्थमा चेन्ज नभएर पटयार लागिरहेको बेला पुने शुक्रबार पुगेपछी नयाँ प्लान गोवाको लागि बुन्नु छ । मंगलबार पुने बाट रिटर्न टिकेट हुँदा सेडुयल टाइट छ । अनी २ दिनको लगातार ट्रेन सफर पछीको गलाइले कस्तो निर्णय गराउला ! तर यसमा अहिले नै केही भन्न सकिदैन - नट फिक्स यट ! ३१ अगष्टमा पुने, भारतमा नेपालले अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई पनि शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।
त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।
'अन्नपूर्ण र्सर्किट' को पदयात्रामा निस्किनेहरू ५४१६ मिटर अग्लो थोराङ पास क्रस गर्छन् भने 'अन्नपूर्ण सेङचुरी' यात्रामा निस्कनेहरू घोडेपानी-घान्द्रुक हु“दै ४१३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविरमा पाइला टेक्छन् । एक्यापका अनुसार गत आर्थिक वर्षा ६२ हजार पदयात्री अन्नपूर्ण घुमे । संसारकै दस उत्कृष्ट पदयात्रामार्गमा पर्छ अन्नपूर्ण क्षेत्र ।
Itinerary : Annapurna Circuit Trek
एभरेष्ट ट्रेकको राजेश के सी को ईकान्तिपुरको लिन्कमा राखिएको फलानो डट कम को मन छुने तस्बिरहरुले साच्चै आँखाले हिमाल चुमे झै भयो । अनी लाङ्टाङ हिमाल को द्रिश्य जस्तै देखेको मैले एभरेष्टको पनि चित्ताकर्षक तस्बिर र शब्दले एकपटक त्यो स्याङबोचे पुग्न कुन नेपाली मात्र होइन , सारा बिदेशी लाई लोभ्याइरहला । मैले सुटुक्क राखेको त्यो लिन्क को तस्बिर सँगै त्यही एभरेस्टको लाइभ ट्रेक सुन्न यहाँ क्लिक गर्नुस् ल !