
धेरै पछि ब्लगलाई जुन उद्धेश्यका साथ सुरु भएको थियो, त्यों नेपाल पर्यटन बर्ष २०११ को औपचारिक सुरुवातबाट पूरा भएको ठानेको छु ! साथै यही मेसोमा, ब्लगरको आफ्नै ब्याकग्राउंडमाँ केही फरक पर्दा समेत खोजेको कथामा नयापन दिन नसकिने हुदो हो ! त्यही मानेमा यो ब्लगको पहिलो अंक फेरी राख्दै बिदा हुन्छु !
.......................
नेपाल हामीले तेती घुमेकै रहेन छौ, बिशेष गरी काम नपरी त हामी घर बाट बाहिर नै निक्लदैनौ । हो, यो मेरो आफ्नै अनुभव हो रसुवाको बसाईको क्रममा ।र पर्यटनबिद् कर्ण शाक्यको पुस्तक सकारात्मक सोचले पनि मलाई एक्कासी प्रभावित् गर्न खोजी रहेको छ ।
नेपालको पर्यटनको तेस्रो गन्तब्यमा रहेको लाङ्टाङ् क्षेत्रको बारेमा केहि लेख्नको लागि नै यो ब्लग समर्पित छ । तर मलाई भने त्यो क्षेत्रको बारेमा धेरै केहि थाहा छैन ।
तर यदि सम्भव भो भने र इन्टरनेटको पहुच पुगो भने लाङ्टाङ्को बेसक्याम्प स्याफ्रुबेसीबाट म सुचना बाडन बत्तिने नै छु । कुनै दिन, गोसाईकुण्ड पुग्ने चाहना मेरो बाडनलाई पनि आतुर छु । तर यो ब्लग् भने हेर्दै गर्नुहोला नि । र त्यो गोसाइकुण्डको यात्राबारेको चर्चित बृत्तचित्र भेडाको उनजस्तो एउटाको गीतको खोजीमा बाट यो ब्लग् प्रभावित हुनसक्ने पनि पाठकहरुलाई जानकारी गर्छु ! -Sunday, December 31, 2006



