Pages

Friday, November 30, 2007

दुर्खा खादै ।

रु २२० प्रति किलोग्राम पर्ने छुर्पी अर्थात दुर्खाको स्वाद थाहा पाउन तपाईले राम्चे, रसुवा वरपर यसो चहार्नुपर्छ । अनि धुवामा सेकाईरहेको नकाटेको छुर्पि देख्दा मुखमा थुक नआउने त कुरै भएन !

Saturday, November 24, 2007

सम्झदै लाङ्टाङ् ।

६ महिना अघि पुगिएको लाङ्टाङ् हिमालको तस्बिर हेर्दै गर्दा मलाई यो तस्बिर एकदम मन पर्यो । आजै पनि स्याफ्रुबेसीमा लाङ्टाङ् र गोसाईकुण्ड घुमेर आउने पर्यटकको घुईचोले होटेल र लज प्याक भएको सुन्दा फेरि लाङ्टाङ् जाने जोश् आउला जस्तो छ ।

पहिरोमा भेटिएका पर्यटक !

बाटो बिग्रिएको बेला पनि हिडेर रसुवाका हिमाल हेर्न लम्किएका बिदेशी देख्दा मलाई यिनको फोटो खिच्न कता कता मन लाग्यो । दशै अघिको एक दिन मुल्खर्काको पहिरोमा मेसिनले बाटो अन्तिम अन्तिम चरणतिर सम्याइरहेको बेला यि अग्ला बिदेशीको तस्बिर खिच्दै गर्दा यिनले भने -' आर् यु फ्रोम् नेपाली टाइम्स?' । पहिरोको फोटो खिच्दै गरेको देखेर मलाई फोटो पत्रकारको आशँकाले यो प्रश्नको उत्तरमा मैले हास्दै भने-' नो नो ! आई एम् नेपाली टुरिष्ट । '

फोहोर मलाई !


बाटोमै केरा, सुन्तलाका बोक्रा देखि चाउ-चाउको खोल सबै फाल्ने नेपालीलाई यिनै बिदेशीहरुले उदाहरण दिन्छन कि फोहोर जताततै फाल्नु हुदैन ।त्रिसुली केहि दिन अघि रसुवाबाट फर्केका यि पर्यटकले बाटोमा देखिएको फोहोर फाल्ने बाल्टिन देखेपछि दौडेर उतै पुगे, केराको बोक्रा फाल्न । त्यो सोच हो , स्वच्छ , हराभरा नेपालको । तपाईले पनि केहि सोच्नु भो कि ?

आकास खुलेको दिन !


रसुवाको सदरमुकाम धुन्चेबाट देखिएको यो लाङ्टाङ् हिमालको सुन्दर द्रिश्यहरु हेर्दै जब काठमाण्डौ पुगियो, साच्चै आकाश सफा नै रहेछ, त्यो कार्तिक ३० गतेको दिन ।

मंसिरमै मोबाईल

नेपाल टेलिकमले धुन्चेमा नमस्ते मोबाइलको टावरखडा गरेपनि यसको सुरुवात यसै महिनामा अन्य बिधुतीय उपकरण समेत जडान गरि गर्ने बताईएको छ । धुन्चेबाट १० कि मी वरपरको क्षेत्रमा नेटवर्क कभरेज हुनेछ ।मँसिरमा चुनाव नभएपनि रसुवाको सदरमुकाम छेउछाउका जनताले भने मोबाईलको मिस कलको स्वाद थाहा पाउन अब धेरै कुर्नु पर्ने नहोला !

Wednesday, November 14, 2007

हिउदमा शरदको आगमन

सुन्दर लाङ्टाङ् हिमाल चुम्ने सपनाको साथमा झन्डै ४००० मीटरको उचाईमा पुगेका शरदले 'हिउभन्दा चिसो ' भन्ने डेनी डेन्जोम्पाको गीतलाई बिर्साउदै ध्यानमग्न मुद्रामा मग्न रहे, ओशो तपोबन सम्झदै हो कि!
ति शरद चिराग नेपाल समाचारपत्र दैनिकको डेस्कका अक्षरसँग खेल्न छोडेर हिउमा लडीबुडी गर्न दशै लगत्तै केन्जिङ् उपत्यका पुगेछन् । यो पर्यटकिय मौसममा आन्तरिक पर्यटक भएर २-४ साथी लिएर २-४ हजार खर्चेर राजधानीबाट १ हप्ताको फुर्सद निकालेर लाङ्टाङ् पदयात्रामा भौतारिनु आफैमा आनन्द हो नै !
के तपाई पनि हातैले हिमाल छुनको लागि अर्को बसन्त रितुको पर्खाईमा त हुनुहुन्न?

Tuesday, November 13, 2007

रोल्पादेखी रसुवासम्म !

रसियामा प्राविधिक बिषयमा स्नात्तकोत्तर गरेका एक अग्रजले तिहार अघिको एकदिन रसुवामा पहिलोपटक स्याफ्रुबेसी टेक्नेबित्तिकै भनेका थिए- मलाई रसुवा र रोल्पामा केही समानता लाग्यो । जस्तो पुग्ने बाटोको कठिनाई, त्यहाको डाडाकाडाको स्वरुप र उहाको तुलना थियो वरीपरिका हिमालको छेकाई जुन लिवाङ र स्याफ्रुबेसीसँग मिल्थ्यो ।
बिकास, शिक्षा र स्वास्थ्यले पनि समान भएको मैले कल्पना गरे । म त रोल्पा पुगेको छैन् , तर किन किन अब कुनै मौका मिल्यो भने जाउला रोल्पा- किन भने मलाई गोसाईकुण्ड जस्तै च्छो रोल्पा ताल को समानता अवलोकन गर्ने मन लाग्यो ( दुवै म पुगेको छैन )।अनि गुगलमा खोजियो रोल्पाको तस्बिर ( सँगै रहेका २ तस्बिरहरु) जसले पनि सम्झाईरह्यो कि दुवैको आकास त्यति फराकिलो छैन्, किनभने पहाडहरु त्यहा वरिपरि उभिएका छन् ।

Monday, November 12, 2007

याये खेल्दै ।

तामाङ भाषामा देउसीलाई याये भन्ने चलन छ र यसमा पनि आफ्नै भाषामा आफ्नै भेषमा देउसी खेलेको देख्दा झन रमाईलो लाग्यो ।
गत्लाङ गाउमा घ्याङ् बनाउनको लागि देउसी खेल्दै हिडने यो टोलीले पक्कै पनि सास्क्रितिक रुपमा हामी एक छौ भन्ने सन्देश दिएको छ।

Wednesday, November 7, 2007

डाडैमा गाडी पुगेछ ।

काठमाण्डौबाट लगभग १५० कि मी को दुरीमा रहेको रुङगा डाडाको उचाईबाट लाङ्टाङ् हिमाल हेर्ने सपना अलिकति त पुरा हुन्छ नै, गत्लाङ-सोमदाङ्-गणेश् हिमाल , गोल्झुङ् र चिलिमे जाने यो बाटोमा गुडने गाडीहरुले पक्कै पनि पर्यटक बढाउला नि ।

हिमाल छुने मन ।

हुनत रसुवाको यो ठाउ रुङगा डाडाको उचाई लगभग २२०० मी जति छ, यसलाई यहाको नगरकोट भने नि हुन्छ । स्याफ्रुबेसीबाट ११ कि मी सोमदाङ सडकमा पर्ने यस ठाउलाई हालका एक मन्त्रीले स्वर्गको अनुभुति भएको प्रतिक्रिया यहा पुग्दा एक दसक अघि दिएका थिए ।केही समय अघि रसुवामा भएको माउण्टेन बाईक प्रतियोगितामा यो बाटो हुदै सहभागीहरु सफलताको शिखर चुम्ने कोशिस् गरेका थिए ।

Monday, November 5, 2007

घुम्दै फिर्दै स्याफ्रु !!

यो बाटो त्यो बाटो दोबाटो भनेझै नेपालको सुदुर उत्तरको यो मनोरम गाउ स्याफ्रुबेसी देख्दा कल्पनाको सुन्दर मोडहरुलाई तर्काउदै सुन्दर हिमालको खोजीमा लम्केझै महसुस हुन्छ ।आफु हराए पनि बाटो नहराउने यो बस्तीमा पुग्दा तपाई फेरि आउने बाचा पक्कै गर्नुहुनेछ ।

Friday, November 2, 2007

खुल्यो बाटो रसुवाको !

हिमाल चढने सुन्दर सपना बोक्नेहरुको लागि रसुवाको चर्चित् पहिरो मुलखर्कको रुट खुलेको छ , जसबाट पर्यटकहरुको लागि हिमालको हिउले अब स्वागत् गर्न थालिसक्यो ।