Pages

Tuesday, August 26, 2008

गोवामा फेनी खोजेको कल्पनामा डुब्दै !!

अहिले गोरखपुर, ईन्डियामा ट्रैनको टिकेट आर ए सि मा बुक भएपनी बर्थमा चेन्ज नभएर पटयार लागिरहेको बेला पुने शुक्रबार पुगेपछी नयाँ प्लान गोवाको लागि बुन्नु छ । मंगलबार पुने बाट रिटर्न टिकेट हुँदा सेडुयल टाइट छ । अनी २ दिनको लगातार ट्रेन सफर पछीको गलाइले कस्तो निर्णय गराउला ! तर यसमा अहिले नै केही भन्न सकिदैन - नट फिक्स यट ! ३१ अगष्टमा पुने, भारतमा नेपालले अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई पनि शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।

Monday, August 11, 2008

गोइङ टु गोसाइकुण्ड !

त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।

Saturday, August 9, 2008

आँखामा अन्नपूर्ण !

अमृत भादगाउले
(bhadgaonle@gmail.com)
बेल्जियमका नागरिक पललाई खुबै मन पर्छ अन्नपूर्ण क्षेत्र । हिमाली जनजीवन, जैविक विविधिता र संस्कृति अध्ययन एवं साहसिक पदयात्राको स्वाद उनी जस्ता लाखौं विदेशीले चाखिसकेका छन् । त्यसो त पोखरा आउनेमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक विशेषतः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) लागू भएका ठाउ“मा घुम्छन् । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका गाउ“मा फैलिएको छ एक्याप । एक्यापको सहयोग र स्थानीयबासीको सक्रियतामा पदयात्रामार्गहरू होटल/रेस्टुरा“लगायतका पर्ूवाधारले सुविधायुक्त छन् ।
'अन्नपूर्ण र्सर्किट' को पदयात्रामा निस्किनेहरू ५४१६ मिटर अग्लो थोराङ पास क्रस गर्छन् भने 'अन्नपूर्ण सेङचुरी' यात्रामा निस्कनेहरू घोडेपानी-घान्द्रुक हु“दै ४१३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविरमा पाइला टेक्छन् । एक्यापका अनुसार गत आर्थिक वर्षा ६२ हजार पदयात्री अन्नपूर्ण घुमे । संसारकै दस उत्कृष्ट पदयात्रामार्गमा पर्छ अन्नपूर्ण क्षेत्र ।
( पुरा बिवरण श्रावण २५ गते शनिबार प्रकाशित कान्तिपुर दैनिकमा पढनुस् !)
Itinerary : Annapurna Circuit Trek
Day 01 : Kathmandu - Beshisahar by land transportation. Trek to Bhulbhule. Day 02 : Trek to Syange Day 03 : Trek to Tal Day 04 : Trek to Latamarang Day 05 : Trek to Pisang Day 06 : Trek to Manang Day 07 : Rest day in Manang for acclimatization Day 08 : Trek to Yak Kharka Day 09 : Trek to High camp Day 10 : Trek to Thorung La Pass - Muktinath Day 11 : Trek to Marpha Day 12 : Trek to Kalopani Day 13 : Trek to Tatopani Day 14 : Trek to Ghorepani Day 15 : Trek to Birethanti Day 16 : Trek to Naya Pool - Pokhara by land transportation Day 17 : Pokhara – Kathmandu by land transportation.

लाङ्टाङ जस्तै!!

एभरेष्ट ट्रेकको राजेश के सी को ईकान्तिपुरको लिन्कमा राखिएको फलानो डट कम को मन छुने तस्बिरहरुले साच्चै आँखाले हिमाल चुमे झै भयो । अनी लाङ्टाङ हिमाल को द्रिश्य जस्तै देखेको मैले एभरेष्टको पनि चित्ताकर्षक तस्बिर र शब्दले एकपटक त्यो स्याङबोचे पुग्न कुन नेपाली मात्र होइन , सारा बिदेशी लाई लोभ्याइरहला । मैले सुटुक्क राखेको त्यो लिन्क को तस्बिर सँगै त्यही एभरेस्टको लाइभ ट्रेक सुन्न यहाँ क्लिक गर्नुस् ल !

Wednesday, August 6, 2008

Chaos on the ‘Mountain That Invites Death’

By GRAHAM BOWLEY and ANDREA KANNAPELL
Published: August 5, 2008 in The New york Times

For two months, dozens of mountaineers had huddled at camps below the peak, acclimating to the thin air, practicing their ascent and waiting, waiting, for the moment.

The final push began in the dark hours after midnight on Aug. 1. Members of at least five expeditions — and perhaps as many as nine — began the last leg of their climb to conquer Mount Everest’s slightly shorter but far more dangerous sister, K2, its peak towering glistening and pyramidlike above them, laden with snow from recent storms.

Gerard McDonnell, 37, an Irish engineer climbing with a Dutch team, wrote on his blog when the start date was set: “Let luck and good fortune prevail!!! Fingers crossed.”

But luck did not hold. On the way up the last 2,000 feet, a Serbian climber fell to his death, and a Pakistani porter died trying to recover his body. And on the way back, a chunk of glacier splintered and came crashing down, sweeping at least four climbers on ropes to their deaths and leaving a handful of others trapped in the death zone above 26,000 feet — desperately cold, starved for oxygen and without ropes.

Over the next few hours and days, some of those still left on K2 battled their way to safety, some fell to their deaths and others were simply lost forever in the cold wastes of the mountain.

Bulletins posted on the Dutch expedition’s Web site charted the unfolding tragedy: “Gerard McDonnell: status unknown. We have not heard or seen anything from Gerard.”

On Tuesday the climber likely to be the last of the survivors, an Italian, Marco Confortola, staggered on frostbite-blackened feet to the base camp, for a time refusing help and oxygen, preferring to make his own way down.

“I understand that many died, and that only a few made it down,” he said by telephone, in a conversation reported by an Italian scientific official, as he waited for a Pakistani military rescue helicopter to pluck him from the unforgiving mountainside. “I am happy that I was one of them.”
..... ( ...more)

Friday, August 1, 2008

गुगल गाईड !

फरक फरक ठाउँ मात्र होइन , संसारमा उभिएर आफु बसेको ठाउँ आकाशबाट चियाउने हो भने र गाईडको पैसा जोगाउने हो भने तपाईंले गुगलमा संसार घुम्न सक्नु हुन्छ अनी गुगलमा नपुगेका ठाउँ फोटो जस्तै हाई रिजोलुसनमा हेर्दै । अनी लाङ्टाङ जाने हो भने लाङ्टाङ खोला(पहेलो धर्को तस्बिरमा) हुँदै हुँदै स्याफ्रुबेसी बाट एकदिनको पदयात्रामा पुगिने टुङगो हुनसक्छ , यदी हिडने गती लगातार घण्टा सुइले ३६० डिग्री भन्दा अरु ५, १० डिग्री बढी चक्कर लाउन्जेल सम्म भो भने ।
जनै पुर्णिमाको अवसरमा गोसाइकुण्ड पुग्ने पचास हजार आन्तरिक पर्यटक। तिर्थालुमा तपाईं एक हुन पनि सक्नु हुन्छ, पदयात्राको बाटो गुगलबाट तपाईंले नजिक धुन्चे वा स्याफ्रुबाट हो त्यो आँफै छनौट गर्न सक्नुहुन्छ।
पालो अब तपाईंको गुगलको गाडीमा चढेर घुम्नको लागी ! तर कम्प्युटर जाम होला , यदी इन्टरनेट स्लो छ भने !