Pages

Saturday, July 14, 2007

Construction of Syafrubesi-Rasuwagadhi highway to start within 3 months

Construction of the Syafrubesi-Rasuwagadhi highway is set to start within the next three months with 100 percent assistance from the government of China।
The Chinese side is preparing to start the construction of the highway, which links Nepal with Tibet, by October, news reports said। Estimated to cost 1.33 billion rupees, the road, once completed, will tremendously contribute to promoting trade between Nepal and China.

Nepal and China had signed an agreement for the road project on June 25, 2007 in Lhasa। The Syafrubesi-Rasuwagadhi highway will be the second road link between Nepal and Chinese autonomous region of Tibet.

The project also includes construction of eight bridges along the highway।
( Pictures show the current condition with landslide on the foot-track along syafrubesi to Rasuwagadi.)

गोसाईकुण्ड: आन्तरिक पर्यटकको घुइचो लाग्ने !

त्यसो त प्रत्येक बर्ष जनै पुर्णिमाको दिन अर्थात आउने भदौ ११ गते मँगलबारको दिन गोसाईकुण्डमा लाग्ने मेलामा हजारौ तिर्थयात्री आउने छन। स्याफ्रुबेसीबाट भने हिडने यात्रा हो त्यो मेला, सुने अनुसार करीब २५ हजारजना आउनेछन् यो सिजनमा ।भर्खरै त्यहा पुगेर आएका किसन र उनका साथीहरुको तस्बिर सहित केही अनुभव पनि सुनौ न ।

..........गोसाईकुन्ड यात्राको पहिलो दिन हामी निक्कै हिँड्यौँ। राती आठ बजे हामी ढिम्साको उकालो लाग्दै थियौँ।थकित साथीहरु हिँड्न सकेनन्, अझ हामी टर्च लाइट बिना थियौँ।चन्दनबारिमा होटल देखेपछि मात्र हामीलाई ढुक्क भयो।........

Friday, July 13, 2007

१५२ बर्षको इतिहास खोतल्दै रसुवागढी ।

एक शताब्दी भन्दा पुराना शिलालेखहरुको हेरचाह गर्न नेपालको सीमा क्षेत्रमा कुनै सुरक्षा शतर्कता देखिएन ।
रसुवागढीबाट १ घण्टाको हिडाईमा पुगिने टिमुरेमा सेना र प्रहरीको क्याम्प छ भने यहा रहेको भन्सारलाई पनि सारेर स्याफ्रु झारिएको छ ।

त्यत्रो १५२ बर्ष पुरानो ईतिहास हेर्न पुग्दा प्राप्त मजा त्यसको हिफाजतको कुनै ब्यबस्था नहुदा भने मन खिन्न हुन्छ ।







जोडिएको तस्बिरमा अल्झेको मन ।

रसुवागढीको तिब्यत, चीन क्षेत्रमा रहेको एक लाम्चो घरमा पुग्दा २ तस्बिर देखियो, जसमा एक थियो चीनका राष्ट्रपति पोटालामा स्वागतमा उभिएका र अर्कोमा थियो भारतका चर्चित् अभिनेता सलमान खान कारको छेउमा उभिएका । यो सपनाको राजमार्गमा कहिले हो ति अभिनेता कार चढेर यता सफर गर्ने ?।
यता भरियाले अझै पहिरोको पिरमा स्याफ्रुबेसीबाट रसुवागढीको १६ कि मी को पैदल दुरीमा भारीको बिडो थाम्दै सिमा कटदै छन । थाहा छैन , उनको यो नेपाली सामानको निर्यातले नेपालको ब्यापार घाटा कति कम गर्ने हो ? त्यो त हिजोको अर्थमन्त्रीको बजेटमै उल्लेख पनि भयो होला ।

Tuesday, July 10, 2007

सुचनाको साङ्लोमात्र ।

यो सुचना टासेर अर्थ मन्त्रालयले कति आम्दानी गरेको छ , रसुवागढी नाकाबाट ? खोइ को बस्छ यहा अहिले? छैन् कोइ पनि, तर मानिसहरु नेपाल चिनको सिमामा तेतिकै बेखबर घुमिरहेका हुन्छन् । राजस्वको पैसा उठाउने दायित्व निर्वाह गर्न र नियम बनाउनेले यसमा कर्मचारी पनि राख्नु पर्यो नि? नत्र त श्री ५ को सटा नेपाल सरकार लेखेर कुनै जादु या टुनामुना हुने त होइन ।



ब्यापार रोकेको पहिरो हेर्दै ।

२ युवानको क्यान पेप्सी अर्थात रु १८ मा केरुङमा पाइने यो चिनिया सामान अहिले रसुवागढीमा रु ३० नेपाली पर्छ। लगभग केरुङबाट एक घण्टा गाडीमा लाग्ने ( गाडी रिजर्व मात्र चल्ने र रु १५०० नेपाली प्रति ट्रिप) रसुवागढीमा हाल एक मात्र पसल भएर पनि महङो परेको हुनसक्छ । यदि केरुङ बाट ल्यासाको ८०० कि मी को सडकलाई प्रयोग गरेर यो नाकालाई प्रयोग गरिन्छ भनेर यि तिबेतियनले यो दोकान खोलेको पनि २ बर्ष भैइसकेछ । तर उनि पनि आशाबादी नै छन।
रसुवागढीको नाकाबाट फर्किदा त्यो पैदल यात्राको बाटो क्षत बिक्षत भएर पहिरो गएको रहेछ । स्याफ्रुबाट १६ कि मी को पैदल मार्गमा पनि फर्किन गारो भयो । यस्तो लागो कि, कतै नदीको किनारमा नै फसिएन ?चिन भारत जोडने सबैभन्दा छोटो बहुप्रतिक्षित यो मार्ग खुल्ने हल्लाले अब २ बर्षको डेटलाईन तोकेको छ। हेरु, चिनले त नाका क्षेत्रमा केरुङबाट बिधुत तानेर अन्तिम चरणमा पुगेको छ र मोबाईल समेत चलाउन आटेको छ । अनि केरुङ सहरमा टाउन प्लानिङ हुदै पिच बन्दै छ , यता रसुवा जिल्ला भने डेढ कि मी को पिचमा मख्ख र सिमित छ ।

Monday, July 9, 2007

रसुवागढी घुमेर हेर्दा ।

राजाको जन्मोत्सबको दिन पुगियो चिन्, यो यादको लागी मात्र । यो खोला पारी चिन हो जहा एकमात्र घर छ तर नेपालमा भने एकघन्टा पछाडीमात्र टिमुरेमा बस्ती छ ।
पहिला पहिला नेपालको सिमानामा भन्सार थियो तर अहिले स्याफ्रुबेसीमा सरेको छ । र त्यो पुरानो रसुवागढीको भन्सार कार्यालयको भित्र पटि देखिएको नेपालको झण्डाले मनै रुवाउछ ।अनि कसरी गर्ने त सीमा नियन्त्रण !!??

Thursday, July 5, 2007

स्याफ्रुबेसी अनलाईन ।

माथिको लाङ्टाङ्र अर्को भोटेकोशी खोलाको मिलनबिन्दु यो स्याफ्रुको बनोट हेर्दा लाग्छ, धेरै पहिले देखि यो गाउ सहर हुने दौडमा छ । गल्छिबाट ९० कि मी धुन्चेको यात्रा लाई छोट्याएर अब त त्रिसुली खोला मैलुङको बाटोमा त रसुवागडी-स्याफ्रु-गल्छि नै ९० कि मी होला जस्तो छ । यो छोटो दुरीले त चिन भारत बिच एकदिनमै पुगेर फर्किन भ्याईने हुनसक्छ, यदि साच्चै राजनितिक स्थिरता भयो भने, हैन र?अनि म स्याफ्रुबेसी अनलाईनमा तपाईसँग कुरा गरुला नि !!

Monday, July 2, 2007

हा हा !!होला त चुनाव !!!!

साच्चै यि र यस्तै बालकहरुको लागि नै भएपनि मँसिर ६ गतेको सँबिधानसभाको चुनाव हुनुपर्यो । कमसेकम के कुरा पक्का हो भने आत्मनिर्णय सहितको सँघीय लोकतान्त्रिक शासन् नै अहिले आवश्यक छ । यो बालकले आफ्नो भविष्य खोजीरहेको छ । र उ अब आफ्नो उज्वल भविष्यको नजिकै पुगेकोमा पो मुस्कुराईरहेको त होइन ।