
रसुवागढीको तिब्यत, चीन क्षेत्रमा रहेको एक लाम्चो घरमा पुग्दा २ तस्बिर देखियो, जसमा एक थियो चीनका राष्ट्रपति पोटालामा स्वागतमा उभिएका र अर्कोमा थियो भारतका चर्चित् अभिनेता सलमान खान कारको छेउमा उभिएका । यो सपनाको राजमार्गमा कहिले हो ति अभिनेता कार चढेर यता सफर गर्ने ?।

यता भरियाले अझै पहिरोको पिरमा स्याफ्रुबेसीबाट रसुवागढीको १६ कि मी को पैदल दुरीमा भारीको बिडो थाम्दै सिमा कटदै छन । थाहा छैन , उनको यो नेपाली सामानको निर्यातले नेपालको ब्यापार घाटा कति कम गर्ने हो ? त्यो त हिजोको अर्थमन्त्रीको बजेटमै उल्लेख पनि भयो होला ।
No comments:
Post a Comment