Pages

Monday, September 15, 2008

सरी ! गोवा

पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्‍यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "