Pages

Wednesday, February 27, 2008

सम्झदै गुम्बाजस्ता ढुङ्गाहरु !

लाङ्टाङ् पदयात्रामा केन्जिङ् गुम्बा जादा बाटाभरि नै गुम्बा, माने र बौद्द संस्क्रिति झल्कने बिभिन्न कलाहरु देखिन्छ । झन्डै एक दशकदेखि नचलेको लाङ्टाङ्को पुरानो एयरपोर्ट तिर हेर्दै गर्दा देखिएको यो मिलेका ढुङ्गाहरुले देवतालाई बोलाएजस्तो लागिरहेछ ।

अवशेष मात्र छ , एयरपोर्टको !

भुँइमा छरिएका काँडेतारहरुले इतिहासको सम्झना गराउँछ । रसुवास्थित प्रसिद्ध केन्जिङ् गुम्बाको छेउमा रहेको लाङटाङ एयरपोर्टमा दश वर्षअघिसम्म काठमाडौंबाट विमान आउने गर्थ्यो । वर्षमा हजारौं पर्यटकको आकर्षण केन्द्र रहेको केन्जिङ् उपत्यकामा पर्यटकीय सेवा-सुविधा पर्याप्त हुन सकेको छैन । यहीकारण राजधानी काठमाडौंबाट नजिकमा रहेको 'दुर्गम गन्तव्य' बनेको छ ।

Tuesday, February 26, 2008

"यहि हो नेपाल ,सुन्दर शान्त लाङ्टाङ् हिमाल"


दश महिनामा दोस्रो पटक केन्जिङ् गुम्बा पुग्ने मौका मिल्यो; पुरानो शिक्षा दिवसको दिन, त्यो पनि ट्रेक-रिङ्ग-रुट हुदै । जसमा पुगियो यसरी:स्याफ्रुबेसी-रिम्चे-लामा होटेल-रिभर साइड-घोडातबेला-लाङ्टाङ्-केन्जिङ् गुम्बा-रिम्चे-सेर्पा गाउ-खाम्जिङ्-ब्रिद्दिम्-स्याफ्रुबेसी !अनि केन्जिङ् गुम्बामा कान्तिपुर एफ् एममा १२ बजे दिउसोको समाचारको प्रतिक्रियामा नर्लिङ् होटेलका कोरीयाबाट भर्खरै फर्केका तामाङ् साहुजी भन्दै थिए-" एक हप्ता देखी काठमाण्डौ बन्द छ रे, खोई कताबाट पो आउछ हौ टुरिष्ट !"
उनले चार हजार मीटरको उचाईबाट देशको खबर म सँग जाच्दै सोधे-" तराई पुरै बन्द छ रे, खोई चुनाब होला त सर?"
मलाई लाग्यो चुनाव भो भने फेरि एकचोटी यो हिमाल हेर्न आएभने उसलाई उसको प्रश्नको घुमाउरो उत्तर यसरी दिउला-" दाई चुनाबमा भोट हाल्ने दिन हिउ त परेन?"

Monday, February 18, 2008

रसुवागढी सँरक्षणमा चासो !

नेपालको ऐतिहाशिक किल्ला रसुवागढीमा रहेको पुरातात्विक क्षेत्रहरु स्याफ्रुबेसी-रसुवागढी मार्ग निर्माण गर्दा हुने क्षतिको निरिक्षण गर्न पर्यटन सचिवको नेत्रित्वमा एक टोली हालै रसुवागढी,केरुङ्को भ्रमणमा गएको छ । यसै फाल्गुण महिनाबाट सुरु हुने सो मार्गमा पर्न सक्ने ठानिएको उक्त सम्पदाको बचावटको लागि सरकारले चासो लिएको बताइएको छ ।

रसुवा बन्दका कुरा

ब्लगमा नया कुरामात्र लेख्ने बानी भयो भने अपडेट गर्न धेरै समय लाग्छ, र आज पनि खास नया कुरा त केहि छैन । रसुवा हिजो फागुन ६ गतेदेखि अनिस्चित कालको लागि बन्द भएको कुरा समाचारमा आएको छ , तामाङ स्वायत्तताको मागका साथ । अब तराईको गर्मी हिमालमा सरेजस्तो छ । तस्बिरमा देखिएको तामाङशिला क्षेत्रका गनेश हिमाल पनि अब चाडै तात्ला नि !