Pages

Friday, June 29, 2007

एकै अनुहार फरक मुहार ।




सरसफाई कति महत्वपुर्ण छ भन्ने कुरा रसुवाका यि कलिला नानीहरुलाई फोटो खिच्नको लागी मुख धुन लगाएको थिए, तेसैबाट देखिएको छ नि तिनको चम्किलो अनुहार ।

म जे छु ठिकै छु, बिथोल्न न आ-उ।

छोरा छोरीले स्याहार सुसार गरेनन् भने देखी जति सुकै उमेर होस न कि आफ्नो हेर चाह आफै नै गर्नु पर्ने रछ भन्ने कुरा यि महिलाको हातमा रहेको दाउराले नै बताउछ ।

बुढो जीवन , दुखो जीवन भन्ने कुरा हामीले बेलैमा बुझेनौ भने फेरी पछि पछुताउनु बाहेक अरु बिकल्प पनि रहेन् ।

अनि विकासका थोत्रा मोत्रा कुरा गरेर मात्र हुन्छ र ?

आत्मसम्मान पुर्वक आत्मनिर्णयको अधिकार नै नेपालको बिकासको आधार हो भन्ने कुरा पनि यि अबोध महिलालाई देखेर हुन्छ नि ।

सुनौलीको सास्ती ।

पश्चिम नेपाल त्यो पनि त्रिशुल बाबाको प्रलय अगाडी पुग्दा कमसे कम बुटवल क्षेत्र बन्द थिएन ।
कहा जाने त एकदिन बुटवलमा ओर्लेर घुम्न। सम्भव थियो कि पाल्पा, लुम्बिनि वा भैरहवा हुदै सुनौली नाका एकै दिनमा ।
तर रोजियो सुनौली नै। गर्मीको तिब्र दबाबमा भैरहवा मेडिकल कलेजको पछाडीबाट रिक्सामा पुगियो नाका । ट्रकको चाङ , सायद बन्दको हल्लाको असरले होला, त्यो लामो लाईन थियो जसमा नेपाल भित्रिने क्रम जारी थियो ।

जस्ट नाकाको नाकमुख त देखियो , तर गर्मीले फर्कियो फेरि बुट्वल नै बेलुका। त्यहाको राम्रो होटेल आगनको आगनमा बेलुकीपख बित्यो शान्तपुर्वक।
मलाई लाग्यो पश्चिमको ईटहरी हो , बुटवल अनि उखरमाउलो गर्मी हुने भैरहवा चाही बिराटनगर । पाल्पा चाही धरान जस्तै होला शितल, तर त्यहा पुगिएन ।


धमिलो धरान ।

हेर्दै तुलहरुको चाङ लाएको धरान सहरको यात्रा गर्दा लाग्यो , यो घण्टाघरको शोभा बढेको छैन् ।

अनि भानुभक्तको उचाईमा मच्चेर गरिएका यि प्रचार सामग्रीको नियन्त्रण गर्ने जिम्मा कस्को? बोल्नेको पिठो यसरी बिकाउने त !!!!!

Tuesday, June 26, 2007

Henry wrote me from Pakisthan !!!


Sorry i didnt write to you I was just too busy.
Right now in the mountains again of course in Pakistan peple here are great


- imagine i lost my wallet with all money and a person who found it brought it with everything!!!

The mountains are rally nice here and its muhc cheaper then Nepal will stay here for 3-4 days and go down to Afganistan border - a city called Peshawar then Islamabad and then if i get my visa - Iran.

Regarding the pictures - I wont be able to send it any time soon - the internet here is really slow - thats the only problem of this place :)

- the rest is great :)
And of course no map, no guide nothing
- only local people :)

Take care my friend
Henry

चिसो चार्ल्स प्वाईन्टमा पुग्दा ।

पुर्वको पर्यटक केन्द्र भेडेटार १४२० मी को उचाईमा पुग्दा लाग्यो तल ६० मी को महेन्द्र राजमार्गको तल्लो बिन्दु इटहरीको गर्मी यहा सकिएको छ । ३३ कि मी को दुरीमा देखिएको यो चिसो मौसमले तातो चियाको चुस्की पनि आनन्ददायक हुन्छ ।
भेडेटारको चार्ल्स प्वाईन्टमा पुग्दा थाहा भो त्यहा दैनिक् २०० र सनिबार झन्डै २००० आन्तरिक् पर्यटक घुम्दा रहेछन ।कम्तिमा पनि यसको नजिकको सहरका आधुनिक प्रेमी प्रेमीकाको लागि नजिकको गन्तब्य बनेको छ भेडेटार ।

सालिक बिनाको इटहरी ।

धेरै पछि पुर्वको सहरहरु पुग्दालाग्यो, खोइ त राजाका मुर्तिहरु । सायद् अब राजा महत्वपुर्ण रहेनन् । तर पनि छैन् नि शान्ति । तर पनि इटहरीको यो चोक कति सुन्दर छ, अनि हाम्रो नेपाल पनि यस्तै सुन्दर बनाउने सपना नदेख्ने त !!

सपनाको सगरमाथा ।

मेरो लागी त सपनाको सगरमाथा भए पनि कान्तिपुरका पत्रकार आङ् छिरिङ् शेर्पाले भने ४ बर्ष अगि यसको चुचुरो चढेका थिए । उनको नया पुस्तक डेटलाईन झ्यामोलोङमा त पढेको छैन तर उनको तस्बिर फलानो डट् कम मा हेर्दा भने ति पहिलो सगरमाथा आरोहण गर्ने दक्षिण एसियाली पत्रकार वास्तवमा उत्साही पर्यटन क्षेत्रका पत्रकार हुन ।

केही दिन अघि उनिसँग च्याटमा भेट हुदा सगरमाथा फेरि चढने आङ् दाई को सट्टामा मैले सोधेको थिए- के तपाई ८००० मी माथीको अर्को हिमाल चढने तयारीमा हुनुहुन्छ?
उनले भने- पक्कै पनि ।
हेरौ उनले २०६४ मा कुन हिमालबाट लाइभ रिपोर्टिङ् देलान् ।
................In the evening, news editor Narayan Wagle received a call on his mobile। It was from Ang Chhiring calling through his satellite phone from Qomolangma। We were reading news editor’s face anxiously। He gestured with the thumbs up…. Hurray!! ..................... ( बाकी )


बेत्रावतिको बगरमा ।

बेत्रावती ओर्लेर घुम्ने क्रममा देखिएको पानी घट्टको यो माथिको घुमिरहेको ढुङ्गा देखेर मलाई त्यसको तौल कति होला भन्ने कौतुहुल जाग्यो । पानीको बहाव र बेगले भन्ने हो भने त्यहा एक माइक्रोहाइड्रो राख्न गारो नहोला। किन कि मकै पिस्नको लागी त बिधुतिय मिल नै चलाउन सकिएला नि ।
जस्ट थिन्किङ् ओन्ली ।

Wednesday, June 13, 2007

तु चीज बढी है मस्त मस्त

केन्जिङ गोम्बामा डि डि सी को चिज उत्पादन कारखानाले अबको समयमा हिउ कम पर्ने
भएर दैनिक ९० केजी चिज उत्पादन गर्नेछ जसको लागी ९०० लिटर दुध दिने चौरीहरु तेता त्यता घुमफिर गर्न थालीसकेका छन । चिज् बनाउदा नुनमा डुबाएर राखिने रहेछ केहि दिन, अनि त्यो ढिक्कोको मात्र दुई हजार ।

Monday, June 11, 2007

गाईड बिर्सियो हेनरिकले ...

हेनरीक सँग अघि बढेपछि लाङटाङ खोला तरेपछि उसले म्याप रिम्छेमा बिर्सियो जसलाई उसले गाईड बताईरहेको थियो ।
हामी लामा होटल पुग्नु २० मीनेट अगिको रिम्छे, जहासम्म सि डि एम् ए को पहुच छ, उसले त्यो म्याप हराएको बतायो । उसका साथीहरु फिनल्यान्ड र चेक रिपब्लिकका जो उसका पछि पछि आएरहेका छन् उसकै म्याप् हो यो भनिरहेको थियो उ । अब उ गलेको छ । के गर्ने दोधारमा छ ।
त्यो होटलको साहुजी , जसले नेपालभरी जहा फोन गरेपनि दस् रुपिया लिन्छ, अब तलको आधा घण्टाको ओरालोबाट म्याप ल्याउन सय रुपिया कुइरेसँग माग्न खोज्दै छ, हामी गाइड हो भनेर उ यो प्रस्ताब राख्दै छ ।
त्यो कन्जुस कुइरे जुरुक्क उठेर आफै फर्किन खोज्यो, र पारस पनि उसको गाइड झै गयो उ सँग तल ओरालोमा म्याप खोज्न ।म भने फोन चेक गर्न थाले घरतिर गरेर । उनिहरु आए एकै छिनमा । कालो चिया खाईयो त्यहा र अब लामा होटेल पुग्नु छ खाना खान ।तल स्याफ्रुबेसीबाट लाङटाङको लकी होटेलको साहु कान्छा खच्चरमा सामान लिएर आयो ब्राबलको बाटोबाट रिम्छेमा । उसँग उसकै होटेलमा पुग्ने हाम्रो हिजोको योजना थियो ।
लामा होटेलमा भेटिने भनि फेरि कान्छा छुटियो । येसो हेर्दा अब लामा होटेल् आएजस्तो लाग्यो , आधा घण्टामा माथ्लो रिम्छेबाट । अब पुग्नु पर्ने ठाउ टाढा छ, समय थोरै । बाटो बिर्सेको पीडाले गर्दा बिहान ६ बजेदेखी लगातार ८ घण्टा हिडिसकियो । अझै ४ घण्टा छ , कसैले भन्यो । होस अब के गर्ने, पहिला खाना खाउ, कुइरेले साथी भेटने थलो लामा होटेल बनाएको छ, अनि बिचार गरौला नि, हामीले सोच्यौ ।

Saturday, June 9, 2007

हेनरीकसँग लाङटाङ घुम्दा ।

जेष्ठ १९ गते लाङ्टाङ पुग्दाखेरी बाटोमा एक अपरिचित बिदेशीसँग गहिरो मित्रता भयो । त्यो पनि कसरी भने म र पारस लाङटाङको छोटो बाटो जादै थियौ तर खोइ किन हो हामी त ठुलो स्याफ्रुको बाटो पो लागेछौ।

थाहा भो हामी एक् घण्टाको बाटो बढी हिडेको, जब हामी पहिरो पुगेयौ । त्यही देखिएको पोल्याण्डको नागरिक हेनरीकसँग बम्बु पुग्दा नपुग्दै गहिरो मित्रता सुरु भो ।

दुइवटा बाटा फेरि देखेपछि हामी आतिदै उसलाई सोध्यौ

" अब कता जाने नि? "
उ हास्दै भन्छ " फलो द रिभर ! "

उसको कुरा सुनेर लाग्यो यो मान्छे हिमाल चढन सौखिन जस्तो लाग्यो हामीलाई ।
"अनि तपाईको गाइड नि?"

" दिस् म्याप ईज् माई गाइड।"

उसको कुरा सुनेर लाग्यो यो कन्जुस कुइरे हो ।
बुझ्दै जादा थाहा भो उ इन्डियामा बसेको एक बर्ष भएछ । यस अगि अफ्रिकामा तिन बर्ष बसेको उसको अनुभव छ । ( क्रमस: )












Tuesday, June 5, 2007

नेपाली मन नेपाली पन ।

आखामा नजिकै टासिने लाङटाङ हिमालको तस्बिर लगभग ३९०० मी को उचाईमा रहेको क्यान्जिङबाट बिहानको चिसोमा खिच्दा कस्तो गारो भो होला ?
क्यन्जिन गुम्बा उपत्यकामा बसेको यो गेष्टहाउसमा बाहिरको सिसामा हिमाल टल्केको देखेपछि आखामा क्यामरा पर्यो र तस्बिर बसिहाल्यो मनमा पनि ।



दिन बित्यो हेर ,तिमिलाई सम्झेर ।

किन् किन यस्तो हिमाल देख्दा आजै चढु जस्तो लाग्छ , तर त्यो आङरिता शेर्पाको जस्तो आट पलाउछ कसरी?

केन्जिङ भ्यालीबाट लाङटाङ हेर्दा ।

झण्डै तिन् दिनको पदयात्रामा थकाई बिर्साउने यि हिम चुचुराहरुले मननै लोभ्याउछन किन् किन ।

केन्जिङ उपत्यकाको यस्तो मनोरम हिउ हेर्न र खेल्नको लागी बर्सौ लाग्दैन केवल नेपाली मन मात्र भए पुग्छ ।