Pages

Showing posts with label ghumgham. Show all posts
Showing posts with label ghumgham. Show all posts

Saturday, November 24, 2007

फोहोर मलाई !


बाटोमै केरा, सुन्तलाका बोक्रा देखि चाउ-चाउको खोल सबै फाल्ने नेपालीलाई यिनै बिदेशीहरुले उदाहरण दिन्छन कि फोहोर जताततै फाल्नु हुदैन ।त्रिसुली केहि दिन अघि रसुवाबाट फर्केका यि पर्यटकले बाटोमा देखिएको फोहोर फाल्ने बाल्टिन देखेपछि दौडेर उतै पुगे, केराको बोक्रा फाल्न । त्यो सोच हो , स्वच्छ , हराभरा नेपालको । तपाईले पनि केहि सोच्नु भो कि ?

Tuesday, November 13, 2007

रोल्पादेखी रसुवासम्म !

रसियामा प्राविधिक बिषयमा स्नात्तकोत्तर गरेका एक अग्रजले तिहार अघिको एकदिन रसुवामा पहिलोपटक स्याफ्रुबेसी टेक्नेबित्तिकै भनेका थिए- मलाई रसुवा र रोल्पामा केही समानता लाग्यो । जस्तो पुग्ने बाटोको कठिनाई, त्यहाको डाडाकाडाको स्वरुप र उहाको तुलना थियो वरीपरिका हिमालको छेकाई जुन लिवाङ र स्याफ्रुबेसीसँग मिल्थ्यो ।
बिकास, शिक्षा र स्वास्थ्यले पनि समान भएको मैले कल्पना गरे । म त रोल्पा पुगेको छैन् , तर किन किन अब कुनै मौका मिल्यो भने जाउला रोल्पा- किन भने मलाई गोसाईकुण्ड जस्तै च्छो रोल्पा ताल को समानता अवलोकन गर्ने मन लाग्यो ( दुवै म पुगेको छैन )।अनि गुगलमा खोजियो रोल्पाको तस्बिर ( सँगै रहेका २ तस्बिरहरु) जसले पनि सम्झाईरह्यो कि दुवैको आकास त्यति फराकिलो छैन्, किनभने पहाडहरु त्यहा वरिपरि उभिएका छन् ।

Sunday, October 7, 2007

आफ्नै टोपी, आफ्नै भेष !

दुर्गम ठाउको चलन, परम्परा किन बचेको हुन्छ भने देखि यसलाई जोगाएक हुन्छन् केटाकेटीहरुले । उनीहरुको शिर देखी पाईतालासम्म आफ्नै मौलिकपनको भाषा छ । तर यसलाई जोगाउन सरकारले चाहि के गरेको छ नि ? दौरा सुरुवाल र नेपाली टोपीको राग अलापेर मात्र क्षेत्रिय समस्या समाधान होला त ?
अनि यि नानी देखिन्नन् त ! घले राजकुमारी जस्ती ।

आहा !! पाहाको मासु खाने?

हेर्दा भ्यागुतोको रुपसँग मिल्ने यो पाहा अलि लामो हुन्छ भ्यागुतो भन्दा । यसको छाला झिकेर खान्छन् अनि कुनै कुनै पाहा त आधा किलोको सम्म हुन्छ । पत्याउनुहुन्छ, यसको एउटाको रु १०० सम्म पर्छ , यदि यसलाई केरुङ ,चिनतर्फ निकास गरियो भने देखि ! यसलाई सजिलै मानिसहरुले खाई दिन्छन् र यसले औषधिको रुपमा पनि काम गर्छ रे ! अनि मलाई भने, भ्यागुतोको झझल्कोले रिङग्टा चल्छ । कहा खाने आट आउनु?

Wednesday, September 12, 2007

गरिबीको रेखामुनि ।

यो तस्बिर मैले कुनै बाध्यताले खिचेको होइन, र कुनै मौका पर्खेर पनि होइन । तर मान्छेको जिवनमा यस्ता क्षणहरु पनि आउने रहेछन कि समयको एक पल वा मुडमा क्यामराको लेन्स आफै खुल्दो रहेछ ।

रसुवा जिल्लाको एक गाउमा खिचिएको यो तस्बिरले मलाई नेपालको गरिबीको रेखामुनी यति प्रतिशत वा उति प्रतिशत भनेर गरिने हिसाबले रिङ्गाए जस्तो लाग्छ अहिले।

यी बालबच्चाहरुलाई लगाउने एकसरो लुगा नभएको अवस्थामा हामी जतिसुकै ठुलो कुरो गरेपनि वास्तबिक नेपाल फरक रहेछ भन्ने महशुस हुदैछ, जबसम्म उनीहरुको शरिरका रेखाहरु ढाक्न प्रयासै हुदैन भने ।

Friday, June 29, 2007

सुनौलीको सास्ती ।

पश्चिम नेपाल त्यो पनि त्रिशुल बाबाको प्रलय अगाडी पुग्दा कमसे कम बुटवल क्षेत्र बन्द थिएन ।
कहा जाने त एकदिन बुटवलमा ओर्लेर घुम्न। सम्भव थियो कि पाल्पा, लुम्बिनि वा भैरहवा हुदै सुनौली नाका एकै दिनमा ।
तर रोजियो सुनौली नै। गर्मीको तिब्र दबाबमा भैरहवा मेडिकल कलेजको पछाडीबाट रिक्सामा पुगियो नाका । ट्रकको चाङ , सायद बन्दको हल्लाको असरले होला, त्यो लामो लाईन थियो जसमा नेपाल भित्रिने क्रम जारी थियो ।

जस्ट नाकाको नाकमुख त देखियो , तर गर्मीले फर्कियो फेरि बुट्वल नै बेलुका। त्यहाको राम्रो होटेल आगनको आगनमा बेलुकीपख बित्यो शान्तपुर्वक।
मलाई लाग्यो पश्चिमको ईटहरी हो , बुटवल अनि उखरमाउलो गर्मी हुने भैरहवा चाही बिराटनगर । पाल्पा चाही धरान जस्तै होला शितल, तर त्यहा पुगिएन ।