Pages

Saturday, March 29, 2008

सयौ पर्यटक हेलिकोप्टरबाट स्याफ्रुबेशीमा ।

लाङ्टाङ पदयात्रामा लालीगुरास फुलेको बाटो हुँदै हिमाल हेर्ने रहरका साथ आज एक सय भन्दा बढी बिदेशी पर्यटक स्याफ्रुबेसीबाट लाङटाङ केन्जिङ गुम्बा तर्फ पदयात्रामा उक्लेका छन । कोरिएन पुलिसको समुह, जापानिज र अन्य बिदेशी आएका छन । बिदेशी पर्यटकहरु शनिबार ४ पटक र शुक्रबार २ पटक गरी ६ पटक हेलिकोप्टरका साथै रिजर्ब टुरिष्ट बसबाट स्याफ्रुबेसी आइपुगेका हुन ।


Wednesday, March 12, 2008

बृदिमको बसाई बारे !

होम-स्टेको लागि ब्यबस्थित रसुवाको एक पर्यटकीय गाउँ बृदिममा बस्दा साच्चै घरमै बसेर खाएको अनुभव भयो । २२०० मीटरको उचाइमा रहेकोयस तामाङ बस्तिमा पुग्दा थाहा हुन्छ, अब समय परिवर्तन भईसक्यो ।
एक छोरो मलेसिया र एक छोरी कुवेतमा रहेको भन्दै गर्दा उनको सि डि एम ए फोन बज्यो - " अब त कुरा गर्न पाइयो नि छोरो छोरी सँग" - मलाई लाग्यो ।








Tuesday, March 11, 2008

आरोहण चुनावको !

२५ बर्ष पुरानो आरोहण नाट्य समुहका अनिल पोखरेल, कमलमणी नेपाल सहित एक दर्जन टोली फागुनको अन्तिम हप्ता रसुवाको गाउँ-गाउँमा सँबिधान सभाको निर्वाचनमा सहभागी हुने अपिल गर्दै नाटक प्रदर्शनीमा ब्यस्त छन । यसै क्रममा गत्लाङ, गोल्झुङ, स्याफ्रुबेसीमा सकी अब सदरमुकाम हुँदै कालिकास्थानसम्म उक्त नाटक देखाइने बताईएको छ ।

Saturday, March 8, 2008

चिनिया प्रतिनिधिमण्डल शनिबार स्याफ्रुबेसिमा !

रसुवागढी-स्याफ्रुबेसी सडक निर्माण तत्काल सुरु गर्न अभिरुची देखाएको चाइनाले आफ्नो देशको सिमा क्षेत्र केरुङ,तिब्यतका बरीष्ठ अधिकारिहरु धुन्चे,स्याफ्रुबेसी निरीक्षणमा आएका छन । १५ दसमलव ८ किलो मीटर सडक रसुवागडी र स्याफ्रुबेसी दुवैतिरबाट सुरु गरेर २ बर्षमा सक्न चाइना तयार रहेको र त्यसको लागि निर्माण उपकरणहरु काठमाण्डुसम्म आइपुगेको बताईएको छ ।
तर आगामी सँबिधानसभाको चुनावले गर्दा तत्काल सडक खन्ने कार्यमा अवरोध भई चुनावपछी मात्र हुने आसँका रहेको पनि बताईएको छ ।
(तस्बिरमा माथिबाट : १ नेपाल चाइनाको सिमाना रसुवागढी,गाडी गूड्ने पर्खाइमा । २ रसुवागढीको नेपाली भाग जहाँ बाटो निर्माणपछी तिब्यतसँग लडेको नेपाली किल्ला भत्कने सँभावना छ ।)


Friday, March 7, 2008

रसुवामा मह !

सँबिधान सभाबारे चेतना फैलाइरहेको चर्चित टेलीसिरिएल 'मदनबहादुर हरीबहादुर' को सुटिङ् सकेर हास्य कलाकार जोडी मदन क्रिश्न श्रेष्ठ र हरीबँस आचार्यको टिम आज काठमाण्डु फर्केको छ । रसुवाको पार्वतीकुण्ड,गत्लाङ, गोल्झुङमा उक्त सुटिङ भएको छ ।

Thursday, March 6, 2008

सपना चेर्को-री (५००० मिटर) चढने !

पोल्यान्डबाट जब हेनरिले नेपालको हिमालको तस्बिर च्याटमा ट्रान्सफर गरेपछी मलाई लाग्यो किन मैले चेर्को-री हिमाल चढने आट गरिन? किन ४००० मिटरको केन्जिङ गुम्बाबाट ५००० तिर पाइला बढेन? पछी हेनरिले पुरै ३६० डिग्रीमा हिमालय देखेको कुरा बताएपछी आफु उकालो हिंड्दा लागेको गाह्रो सम्झे । दोश्रो पटक केन्जिङ गुम्बा पुग्दा उसको गाइडलाई लाङ्टाङमा उसकै होटेलमा भेटियो । लकी होटेलको काले कान्छा जसले उसँगै त्यो उचाइमा पुगेको थियो, भन्यो - हेनरी फेरी आउछु भनेर मलाई ईमेल गरेको छ । च्याटमा भने हेनरी आज मसँग भन्दै थियो -' म लन्डनमा अहिले साँझ २-३ घण्टा फ्लाट खोज्छु । ' युरोपिएन युनिएनको गरीब देशमा जन्मेर उ अहिले कम्प्युटरबिज्ञको जागिर खोजिमा लन्डनमा छ ।
आफु युरोपको उचाइको दोब्बरमा चेर्को-री पुगेपछी हेनरिले मलाई भनेको थियो- ' मेरो सपना हिमाल चढने होइन, बरु हिमालसँग नाता जोडने कला, मान्छेको बाच्ने सैली र उनिहरुसँग भलाकुसारी गर्ने मात्रा हो । '




Wednesday, March 5, 2008

लामा होटेलमा आगलागी !

लाङ्टाङ हिमालको पदयात्राको लागि स्याफ्रुबेशिबाट लाग्ने एक दिनमध्ये आधा बाटोमा पुगिने २४८० मीटर उचाइमा रहेकोलामा होटेलस्थित फ्रेन्डली होटेलमा फागुन ११ गते राती आगलागी भएर करिब १५ लाख बराबरको नोक्सानी भएको बताइएको छ ।


Sunday, March 2, 2008

"तस्बिर आफै बोल्दैन !"

एक जना नेपालका चर्चित फोटो सम्पादकले भनेको यि शब्दहरु सम्झदै गर्दा मलाई पनि एक मनले लाग्यो -हो त कहा तस्बिर आफै बोल्छ । अनि फेरि केन्जिङमा यो तस्बिर खिचेपछि मैले सोचे के लेखु यसको क्याप्सन।
" नदिको उदगम छेउमा रम्दै । "
कतै म गलत त छैन यो क्याप्सनमा, सच्याईदिनुस ल !