Pages

Tuesday, October 9, 2007

मनको आकास खोल्दै

काठमाण्डौमा हिउ पर्दा त्यसको असर यो स्याफ्रुमा परेको यो एकबर्ष अगाडिको द्रिष्यले यहाको मौसम पनि राजधानी जस्तै देखाउछ । तर यहाको आकाश भने अलि सानो छ किनभने यो बेसीमा उभिएर तपाईले ठुला ठुला हिमाल चढने सपना देख्न पाउनुहुन्छ। लाङ्टाङ्, गोसाईकुण्ड र गणेश हिमाल पुगेर फर्किदा तपाईले आराम गर्ने यो ठाउ पुगेपछि तपाइले वास्तविक नेपाल तस्बिरमा होइन, मनमा लुकाएर ल्याउनुहुन्छ ।

खुल्दैछ पहिरो !

मुलखर्कको हिडन पनि गारो रसुवा, सदरमुकाम पुग्ने बाटो, यो हप्ता खुल्ने सँभावना रहेको बताईएको छ । बिषेशगरि दशै अघि नै बाटो खुल्ने सम्भावना छ । राम्चेको पहिरो अब नरहेपनि मुलखर्कको पुरै बगाएको बाटो अब कता लगेको छ त्यो हेर्न भने तेतै पुग्नुपर्ला जस्तो छ ।

यो देखिएको बाटोमा अब गाडी हिडने छ र तपाई काठमाण्डौबाट रु १७० मा सोझै यसलाई छलेर धुन्चे हुदै स्याफ्रु बसमा एकै दिनमा पुग्नु हुनेछ । त्यहाबाट पदयात्रामा एक दिनमै नगरकोटबाट देखिने लाङ्टाङ् हिमाल छुन पाइने छ ।

अनि अब लाङ्टाङ् घुम्न आउने स्वदेशी बिदेशी पर्यटकहरुको स्वागतमा उभिएको छ , रसुवा ! राजधानीबाट बाटो नबिराई २ दिनमा पुग्ने लाङ्टाङ् हिमाल् घुम्न कति पैसा लाग्छ भनि एक् मित्रको इमेल जवाफमा मैले लेखेको थिए- सुद्द शाकाहारी र नमातिने हो भने २ वटा हात्ती चढेर पुगिन्छ । तर त्यो भने तपाई आफैले चढनुपर्ने छ ।

Sunday, October 7, 2007

आफ्नै टोपी, आफ्नै भेष !

दुर्गम ठाउको चलन, परम्परा किन बचेको हुन्छ भने देखि यसलाई जोगाएक हुन्छन् केटाकेटीहरुले । उनीहरुको शिर देखी पाईतालासम्म आफ्नै मौलिकपनको भाषा छ । तर यसलाई जोगाउन सरकारले चाहि के गरेको छ नि ? दौरा सुरुवाल र नेपाली टोपीको राग अलापेर मात्र क्षेत्रिय समस्या समाधान होला त ?
अनि यि नानी देखिन्नन् त ! घले राजकुमारी जस्ती ।

आहा !! पाहाको मासु खाने?

हेर्दा भ्यागुतोको रुपसँग मिल्ने यो पाहा अलि लामो हुन्छ भ्यागुतो भन्दा । यसको छाला झिकेर खान्छन् अनि कुनै कुनै पाहा त आधा किलोको सम्म हुन्छ । पत्याउनुहुन्छ, यसको एउटाको रु १०० सम्म पर्छ , यदि यसलाई केरुङ ,चिनतर्फ निकास गरियो भने देखि ! यसलाई सजिलै मानिसहरुले खाई दिन्छन् र यसले औषधिको रुपमा पनि काम गर्छ रे ! अनि मलाई भने, भ्यागुतोको झझल्कोले रिङग्टा चल्छ । कहा खाने आट आउनु?

स्याफ्रुको सेल्टर !

यो याममा लाङ्टाङ् घुम्न आउने पर्यटकहरु आफ्नो बन्दोबस्त आफै गर्छन्, आफ्नो क्याम्प आफै खडा गर्छन् । यो तस्बिरमा देखिए जस्तै स्याफ्रुको होटेल र लजको मात्र होइन, यो चौरको पनि भाडा लाग्छ ! एक चोटी हेलिकोप्टर बिसाएको रु १,००० मात्र । तर बजारमा बस्न राम्रो ब्यबस्था छ , कहिलेकाही भने आउने सयौ पर्यटकहरुको लामले होटेललाई पनि पछि पारीदिन्छ, अनि सुरु हुन्छ, टेन्टमय चिसो रात, खोलाको किनारमा!!! तर नआतिनुस् यो तस्बिर भने चैत बैशाखको हो ।

भन्सारलाई ६५ लाख !

रसुवागढी भन्सार कार्यालयलाई जग्गा खरिद् एवम् भवन निर्माण गर्न सरकारले ६५ लाख बिनियोजन गरेको जानकारी प्राप्त भएको छ ।स्याफ्रुबेसी-रसुवागढी १६ कि मी सडक अब तत्काल सुरु गर्न चिनले तत्काल पहल गर्ने सँकेतको रुपमा यसलाई हेरिएको छ । नेपालको भन्सार स्याफ्रुबेसीमा राखिएकोमा अब नया र आकर्षक भन्सार रसुवागढीमा बन्ने खबर उत्साहजनक छ , तर यसमा ढिलाई हुन नदिनू जरुरी छ । ( तस्बिरमा हालको कर्मचारी बिहीन जिर्ण भन्सार )