Pages

Sunday, March 25, 2007

हिउभन्दा चिसो ............

लाङ्टाङ् हिमालको छेउमा बसेर यसरी फोटो खिच्ने रहर् पुरा गर्दा सिङ्गै हिमाल छेकिन सक्छ । खुब् होस् गर्नुहोस् नि ।?

ईतिहास खोतल्दै ।


चीनसँग नेपालको सम्बन्धको लामो ईतिहास भएपनिहामीले त्यसलाई खोतल्ने प्रयास गरेकै छैनौ । देशको लगभग एक् हजार किलोमीटर सिमाना जोडिएकोछिमेकीसँग खोई त सामाजिक र सास्कृत्यिक नाताजोडने बाटाहरु?

Tuesday, March 20, 2007

स्वर्गको टुक्रा कि स्विजरल्यान्ड ।?


यो फोटो लाङटाङ् हिमाल् देखिने उपत्यका केनजिङ्को हो तर म त्यहा गएको छैन् ।साथी आमित् रन्जनले खिचेको हो र त्यो हेरेपछि मलाई त कहिले हो जौ लागि सको । यहा स्याफ्रुबेसिबाट जम्मा तीन् दिनमा पुगेर आइन्छ् । हिडेर जान र आउन गरेर २ दिन, अनि हिउमा खेल्न एक् दिन। तर पनि समय साथ् दिएको छैन् । हेरु नया बर्षमा ।

Sunday, March 18, 2007

रसुवागढीको नाका खोल्न पहल् गरौ ।


रसुवाको समग्र बिकाश र देशकै लागि स्याफ्रुबेशी रसुवागढीको १६ कि मी सडक बनाउन अति जरुरी छ ।
किन यसमा ढिलाई भैइरहेको छ , सम्बन्धित् निकायलाई दबाब दिन ढिलो भैसक्यो ।
नेपाल भारत बिचको सन् १९५० को सन्धि अनुसार नेपालले चीनसँग नाका खोल्दा भारतको सहमति लिनुपर्ने प्रावधान् छ भन्ने कारणबाट यसमा ढिलाई भएको हो कि भन्नेकुरा पनि सुनियो । तर मलाई नै १९५० को सन्धिमा यो लेखिएको यकिन भएन ।
तर आखिरमा बिलम्ब किन र कहाबाट , यसकोचित्तबुझ्दो जवाफ कसले खोज्ने?

Saturday, March 17, 2007

गाजलु ती ठुला ठुला आखा ।

तीनका आखाले के भन्छ भने कमसेकम शिक्षा र स्वास्थ्यको राज्यले ग्यारेण्टी गरोस् ।
आज माओबादी सरकारमा जादै छ् कि, हेरौ र आशा त गरौ, परिवर्तनको र लोकतन्त्रको ।

गाउको बिकास सुरु हुदै ।


बिकट रसुवा जिल्लाका २ गाउ चिलिमे र स्याफ्रुबेसीमा५ बर्ष पछि पहिलो पटक गाउ परिषदको सभा सम्पन्न भयो । सबै मिलेर देश् बनाउने भावना अब चाहि सुरुहोला जस्तो छ ।

Sunday, March 11, 2007

धुन्चे फर्कदै ।


काठमान्डौको
छोटो बसाई सकेर
अब फेरि रसुवा
फर्कनु छ आज ।
जे भएपनि, जसो गरेपनि
त्यो हिमालले तानि रहेछ
, तानि रहेछ ।

Saturday, March 10, 2007

40 millions for Road in 2058 B.S but.......


Kishan Devkota, from Rasuwa
Irresponsible Govt. of Nepal and unfavourable social system has been the niggest obstacle to develop Rasuwa district. in 2058 BS Govt. of Nepal received 40 million to build that road but there is some pressure from India also. India has biggest market share in nepalese market. As soon as we have more roads at north, India will lose their market share. India can not dominate chinese market even if they have Nepali road as transit and as the result, India will have trade deficit with China.
But afterall Nepal will get benefit from this because we will buy cheapest proudct of the global market but eventually our trade deficit will be double. It affects us in long run. Nepal should increase effeciency and productivity with quality in products otherwise we will have tough days right in front of us.

Friday, March 9, 2007

नेताका गाडी अगिपछि ।


मुस्किलाले एक दर्जन गाडी दैनिक हिडने पासाङ लामु राजमार्गमा अहिले पजेरो, प्राडो हिडन थालेका छन । काङ्रेस नेता रामचन्द्र पौडेल् दलबल सहित सदरमुकाम धुन्चे जादै गर्दा म डरलाग्दो कच्चि बाटोको फोटो खिच्दै थिए । ढुङ्गो खोज्दा देउता भन्ने उखान बुझेर यि नेताले यो बाटो पिच बनाउन पहल् गरेनन् भने रसुवाबासीले सम्बिधान सभाको चुनाबमा भोट हालेर खास् फरक् नपर्ला ।

Thursday, March 8, 2007

रसुवागढी सडक

धुन्चे काठमाडौंबाट सबभन्दा नजिकको कच्ची सडकले जोडिएको सदरमुकाम भए पनि केन्द्रीकृत राज्यसत्ताको ध्यान गएको छैन । देश विकासका
लागि रसुवाले पुर्‍याउनसक्ने सम्भावना योजनाविद्हरूले कागजको खोस्टामा राखेर वाग्मतीमा सेलाएको भान हुन्छ ।
एउटा पनि एम्बुलेन्स नभएको जिल्ला अस्पतालको रूग्ण रूपले झन्डै आधा लाख जनसंख्या भएको जिल्लाका बासिन्दाको स्वास्थ्यस्थिति त्यसै दर्शाउ“छ । लाङटाङलाई तेस्रो पर्यटकीय गन्तव्यको सूचीमा राखेर लाखौं पर्यटक भित्र्याउने योजना गर्ने सरकारले त्रिशूलीबाट धुन्चे हु“दै स्यापmुबेंसी पुग्न लाग्ने ६५ किमिको कच्ची सडक पिच गर्न एडीबी, चीन सरकारलगायत दाताको सहयोग खोजेको दसकौं बितिसकेको छ ।
प्रस्तावित स्यापmुबेंसी-रसुवागढी सडक आयोजना मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतस“ग नेपाल जोड्ने दोस्रो राजमार्ग हुनेछ जसको चर्चा अहिले व्यापक छ । दर्ुइ देशबीच व्यापार विस्तार गर्न यस्ता नाका धेरै जरुरी हुन्छन् ।
अरनिको राजमार्गले चीनस“ग भ्याइ-नभ्याई एक्लो व्यापारिक सम्बन्ध कायम राखेको छ । अरनिको राजमार्गले देशभरि खपत हुने सस्ता चिनिया“ सामानको वितरण दैनिक आठ हजार गाडीले गर्ने गरेका छन् । चीन र भारतबीच कम दूरीको व्यापारिक मार्ग रसुवागढीदेखि वीरगन्ज बन्न सक्छ ।
चीन सरकारको प्रत्यक्ष सहयोगमा निर्माण हुने यस मार्गको थालनीमा ढिलाइ भइरहेको छ । चीनमा नेपाली राजदूत नहुनु, नीति-निर्माण तहमा यस्तो राष्ट्रिय महत्त्वको योजनाबारे चासो नदेखिनु समस्याको स्रोत हो ।
वातावरणमा पर्ने प्रभावजस्ता कारणले नेपालमा जलविद्युत्देखि बाटोघाटो निर्माण गर्दासमेत विभिन्न अवरोध आइरहेका छन् । विशेषगरी रसुवागढी नाका खोल्न
लाग्ने करिब अड्चालीस हेक्टर जमिनमध्ये
करिब सत्ताइस हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस्तैगरी रातो पान्डा, रातो बा“दर र दर्ुलभ मानिएको इविसविल चराको फुल पार्ने क्षेत्र पनि यसैमा पर्ने भएकाले पनि यो नाका खोल्दा अवरोध आउन सक्छ ।
विशेषगरी दर्ुगम रसुवावासीको विकास, व्यापारको माध्यमबाट आर्थिक उन्नति र दिगो पर्यटकीय गन्तव्यका रूपमा लाङटाङ क्षेत्र विकास गर्न चीनस“गको दोस्रो व्यापारिक नाकामा जोड दिनु अत्यावश्यक छ । चीनले विस्तृत अध्ययन गरी तत्परताका साथ निर्माण गर्न अभिरुचि देखाएको रसुवागढी-स्यापmुबेंसी सडकका लागि भएका अवरोध पन्छाउ“दै रसुवा जिल्लाको समग्र विकासमा सरकारले चासो देखाउन अबेर भइसक्यो ।

Tuesday, March 6, 2007

16 KM ahead !!!!!


This is syafrubesi bazzar, Rasuwa. Only 16 km ahead , we can reach Rasuwagadi, a historical place and boarder point of Nepal and China. But we have no access road to reach there. The road is in the high priority list of government of Nepal.
Then we can easily reach on the second boarder point of Nepal to China through bus.
Wait for some years