Pages

Thursday, March 8, 2007

रसुवागढी सडक

धुन्चे काठमाडौंबाट सबभन्दा नजिकको कच्ची सडकले जोडिएको सदरमुकाम भए पनि केन्द्रीकृत राज्यसत्ताको ध्यान गएको छैन । देश विकासका
लागि रसुवाले पुर्‍याउनसक्ने सम्भावना योजनाविद्हरूले कागजको खोस्टामा राखेर वाग्मतीमा सेलाएको भान हुन्छ ।
एउटा पनि एम्बुलेन्स नभएको जिल्ला अस्पतालको रूग्ण रूपले झन्डै आधा लाख जनसंख्या भएको जिल्लाका बासिन्दाको स्वास्थ्यस्थिति त्यसै दर्शाउ“छ । लाङटाङलाई तेस्रो पर्यटकीय गन्तव्यको सूचीमा राखेर लाखौं पर्यटक भित्र्याउने योजना गर्ने सरकारले त्रिशूलीबाट धुन्चे हु“दै स्यापmुबेंसी पुग्न लाग्ने ६५ किमिको कच्ची सडक पिच गर्न एडीबी, चीन सरकारलगायत दाताको सहयोग खोजेको दसकौं बितिसकेको छ ।
प्रस्तावित स्यापmुबेंसी-रसुवागढी सडक आयोजना मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतस“ग नेपाल जोड्ने दोस्रो राजमार्ग हुनेछ जसको चर्चा अहिले व्यापक छ । दर्ुइ देशबीच व्यापार विस्तार गर्न यस्ता नाका धेरै जरुरी हुन्छन् ।
अरनिको राजमार्गले चीनस“ग भ्याइ-नभ्याई एक्लो व्यापारिक सम्बन्ध कायम राखेको छ । अरनिको राजमार्गले देशभरि खपत हुने सस्ता चिनिया“ सामानको वितरण दैनिक आठ हजार गाडीले गर्ने गरेका छन् । चीन र भारतबीच कम दूरीको व्यापारिक मार्ग रसुवागढीदेखि वीरगन्ज बन्न सक्छ ।
चीन सरकारको प्रत्यक्ष सहयोगमा निर्माण हुने यस मार्गको थालनीमा ढिलाइ भइरहेको छ । चीनमा नेपाली राजदूत नहुनु, नीति-निर्माण तहमा यस्तो राष्ट्रिय महत्त्वको योजनाबारे चासो नदेखिनु समस्याको स्रोत हो ।
वातावरणमा पर्ने प्रभावजस्ता कारणले नेपालमा जलविद्युत्देखि बाटोघाटो निर्माण गर्दासमेत विभिन्न अवरोध आइरहेका छन् । विशेषगरी रसुवागढी नाका खोल्न
लाग्ने करिब अड्चालीस हेक्टर जमिनमध्ये
करिब सत्ताइस हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस्तैगरी रातो पान्डा, रातो बा“दर र दर्ुलभ मानिएको इविसविल चराको फुल पार्ने क्षेत्र पनि यसैमा पर्ने भएकाले पनि यो नाका खोल्दा अवरोध आउन सक्छ ।
विशेषगरी दर्ुगम रसुवावासीको विकास, व्यापारको माध्यमबाट आर्थिक उन्नति र दिगो पर्यटकीय गन्तव्यका रूपमा लाङटाङ क्षेत्र विकास गर्न चीनस“गको दोस्रो व्यापारिक नाकामा जोड दिनु अत्यावश्यक छ । चीनले विस्तृत अध्ययन गरी तत्परताका साथ निर्माण गर्न अभिरुचि देखाएको रसुवागढी-स्यापmुबेंसी सडकका लागि भएका अवरोध पन्छाउ“दै रसुवा जिल्लाको समग्र विकासमा सरकारले चासो देखाउन अबेर भइसक्यो ।

No comments: