गन्तब्य पुग्नु अघिको थकाई अनी पुग्ने पुग्ने बेलाको चनाखोपन र सुस्केरा हाल्दै हाल्दै एकाएक हिमालै हिमालले घेरिएको उपत्यका पुगिसकेपछि को आनन्द सम्झिदा खेरी त्यती बेलाको थकाई याद आउन गाह्रो पर्छ । जुन लाईभ नै रमाइलो हुन्छ ।
शायद ट्रेक्किङ इन माउण्टेन कुनै फिल्म हेरेजस्तो वा तस्बिरमा देखिएको रोमान्चकता भन्दा कैयौ गुणा उत्साही हुन्छ नै ।
बाटोमा देखिने हिमाल जत्रै ढुङ्गाहरु , ढुङ्गा भित्र बनेका घरहरु, सेताम्ये हिउले ढाकिएका हिमालबाट आएको चिसो स्याठ अनी बाटोमा भेटिने पदयात्रीका हाइ हेल्लो नमस्कारहरु , तातो चिया , मुस्ताङ कफी , तिब्बतइयन ब्रेड , आलु-साग मिसिने दैनिक खाना र शरीरको घटदो-बढदो तापक्रमको सामन्जस्यता मिलाउनु पर्ने कारणले पनि हिमाल हेर्ने ठाउँ पुग्ने कल्पना आँफैमा एउटा ठुलो योजना हो।
अझ हिमाल चढने सपना देख्ने हरुलाई झन कती गाह्रो पर्ला , चुचुरो चुम्न ? अनुमान गर्न गाह्रो छ, उनिहरुको सैली ! त्यो पनि एभरेष्टको आधा उचाई भन्दा अझै कममा एक दिन लाएर हिंडेर पुगिने ठाउको बारेमा दिक्क लाउने गफ दिईरहदो रछ भनेर भन्लान , यदी कुनै एभरेष्ट समिटर जोर्नालिष्टले यो पढेर क्रिटिक गर्ने समय मिल्यो भने !!!