Pages

Friday, January 18, 2008

" नमस्ते धुन्चे"

केहि ढिलो भएपनि माघ १ गते देखी रसुवाको सदरमुकाम धुन्चेमा नेपाल टेलिकमको नमस्ते मोबाइल ( जि एस् एम् प्रबिधि) सँचालनमा आएको छ । यसको क्षमता धुन्चेबाट ५ किलोमीटर वरपर रहेको बताइएको छ । तर रसुवाको पुरानो सदरमुकाम स्याफ्रुबेसीमा भने यसको नेटवर्क कभरेज छैन ।
अनि टेलिकम धुन्चे अगाडि फैलिने खाली हातहरुले मोबाइल समातेर अब भन्नेछन् - " म धुन्चेमा , अनि सन्चै !"

"दुवै हातमा लठ्ठी !"

हिमाली पदयात्रामा गोसाईकुण्डतिर जाने बिदेशीहरुको लागी झन्डै ३ किलोमीटरको ठाडो यात्रा धुन्चेको उचाईबाट तय गर्नु चानचुने कुरा त होइन, सहारा त चाहियो नै भर पर्ने खालको लौरो को , बाटोको लौरीबिनायकको नाम पनि यससँग कतै सम्बन्धित छ कि?

Wednesday, January 9, 2008

गन्थन गणेशको !

ठुलो स्याफ्रुबाट प्रष्ट देखिएको गणेश हिमालको यो तस्बिर खिच्दा त जुम नै सकियो क्यामराको , पक्कै पनि यो भन्दा अझ तान्ने प्रयास त भएको नै हो नि !

हिउ छल्दै बेसीमा !

लाङ्टाङ् हिमाल, केन्जिङ् उपत्यका र लौरीबिनायक, गोसाइकुण्डतिर यो हिउ पर्ने याम छल्नको लागि तल बेसीतिर झरेका यि चौरी र भेडाको बथान देख्दा पक्कै पनि चिसो त हामीलाई पनि लाग्ने नै भो ।

"जिन्दगीमा कहिले माया , कहिले छाया !"

स्याफ्रुबेसीको तस्बिर लिदा बिहानीपख लियो भने हिमालको छायाले बजारलाई पुरै भिजाउछ ,अनि याद आउछ यो गीत "जिन्दगीमा कहिले माया माया माया , कहिले छाया छाया छाया , जिन्दगीमा !"

Sunday, January 6, 2008

ब्राबलको बिशेषता !

त्यसो त स्याउ फल्ने बारी नै बारी भएपनि यो सिजनमा भने पाइएन । तर बिदेशी पर्यटकहरु पनि हिमाली पदयात्रा पर्ने यो मार्गमा देखिने गणेश हिमाल र सान्जेन हिमालको जोडी देख्दा एक्-क्षण रुक्न कसलाई मन लाग्दैन र !
सायद् पाच लाख पर्यटक नाघिसकेपछि नया बर्ष मनाउन आएका यि फ्रान्सेली जोडी को गणना भने २००८ मा हुनेनै छ , कम्तिमा यो बर्षनै १० लाख पर्यटक भित्राउने कुनै जादुको छडी छ कि सरकारसँग !

कुरा कोरियाको !

घोडा लिएर गोसाईकुण्ड जानेहरुको लागि ठुलो स्याफ्रु,रसुवा हर समय तयार छ ।
अहिले पत्रपत्रिकामा कोरियन भाषा सिकौ भन्ने बिज्ञापन हेर्दा हेर्दा वाक्क भैइरहेको बेला सनिबार गोसाईकुण्ड जादै गरेका २८ जना कोरियन बिधार्थीहरु भेटियो ठुलो स्याफ्रुमा ।

बेलुकी पख त्यहा पुग्दा होटेलमा बस्ने ठाउ सम्म झण्डै नपाउदा भने नेपालको सुन्दरतामा मोहित भएका यि कोरियन केटाकेटी देख्दा मैले सोचे हाम्रो कोरिया यतै नेपालमा त छैन?


अनि यि केटा केटीले फुटबल खेलीरहेको हेर्दै गर्दा मलाई लाग्यो हामी पनि बिदेश नगई यतै रमाउन सक्दैनौ ?

अनि ठुलो स्याफ्रुको यति होटेलको झ्यालबाट गणेश हिमाल हेर्दै गर्दा होटेल साहुनीले भर्खरै क्रिषि बिकास बैङ्कमा पचास हजारको सेयर हालेको खबर सुनाईरहदा मलाई लाग्यो - 'देश बिकासको मुढमा छ ।'