Pages

Monday, June 11, 2007

गाईड बिर्सियो हेनरिकले ...

हेनरीक सँग अघि बढेपछि लाङटाङ खोला तरेपछि उसले म्याप रिम्छेमा बिर्सियो जसलाई उसले गाईड बताईरहेको थियो ।
हामी लामा होटल पुग्नु २० मीनेट अगिको रिम्छे, जहासम्म सि डि एम् ए को पहुच छ, उसले त्यो म्याप हराएको बतायो । उसका साथीहरु फिनल्यान्ड र चेक रिपब्लिकका जो उसका पछि पछि आएरहेका छन् उसकै म्याप् हो यो भनिरहेको थियो उ । अब उ गलेको छ । के गर्ने दोधारमा छ ।
त्यो होटलको साहुजी , जसले नेपालभरी जहा फोन गरेपनि दस् रुपिया लिन्छ, अब तलको आधा घण्टाको ओरालोबाट म्याप ल्याउन सय रुपिया कुइरेसँग माग्न खोज्दै छ, हामी गाइड हो भनेर उ यो प्रस्ताब राख्दै छ ।
त्यो कन्जुस कुइरे जुरुक्क उठेर आफै फर्किन खोज्यो, र पारस पनि उसको गाइड झै गयो उ सँग तल ओरालोमा म्याप खोज्न ।म भने फोन चेक गर्न थाले घरतिर गरेर । उनिहरु आए एकै छिनमा । कालो चिया खाईयो त्यहा र अब लामा होटेल पुग्नु छ खाना खान ।तल स्याफ्रुबेसीबाट लाङटाङको लकी होटेलको साहु कान्छा खच्चरमा सामान लिएर आयो ब्राबलको बाटोबाट रिम्छेमा । उसँग उसकै होटेलमा पुग्ने हाम्रो हिजोको योजना थियो ।
लामा होटेलमा भेटिने भनि फेरि कान्छा छुटियो । येसो हेर्दा अब लामा होटेल् आएजस्तो लाग्यो , आधा घण्टामा माथ्लो रिम्छेबाट । अब पुग्नु पर्ने ठाउ टाढा छ, समय थोरै । बाटो बिर्सेको पीडाले गर्दा बिहान ६ बजेदेखी लगातार ८ घण्टा हिडिसकियो । अझै ४ घण्टा छ , कसैले भन्यो । होस अब के गर्ने, पहिला खाना खाउ, कुइरेले साथी भेटने थलो लामा होटेल बनाएको छ, अनि बिचार गरौला नि, हामीले सोच्यौ ।

2 comments:

basanta said...

Please continue this.

Hari gautam said...

This helps to promote tourists sector friends.