Pages

Saturday, May 3, 2014

शोकमा सगरमाथा !

धेरै पछि ब्लग अपडेट गर्नु एक मज्जा भइराको छ तर यहि संगै सगरमाथामा आएको हिउ पहिरोले १६ जना शेर्पा पथ प्रदर्शकको मृत्युको पीडाले नराम्रो संग संसार तरंगित भैरहेको छ।  नेपालले सगरमाथा पाएर शेर्पा नबुझ्नु अनि बुद्ध पाएर शान्ति नबुझ्नु उस्तै उस्तै कुरा हो।  सरकार कठ्मान्ड़ू मा बसेर तमाशा हेरेर ४० हजारदेखि बोल कबोल लगाइरहदा विश्व चाहि शेर्पाको पिडामा सरिक भैरहेको छ।

दिशानिर्देश  कार्यक्रममा पेम्बाको जुन गुनासो छ त्यो कहिले सरकारले सुन्ला ?
[Photo Credit :LA Times.Com]



Sunday, September 9, 2012

अग्ला टाकुराका होचा मनहरू

प्रेम प्रसाद पौडेल
प्रलयका उथलपुथलले ठडिएका अग्ला चुचुराहरूका आसपासमा अवस्थित लाङटाङ उपत्यकाले इतिहाँसदेखि नै एक हुल भोट बर्मेलीलाई आश्रय दिइरहेको छ । विश्व मानचित्रमा सुकिला हिउँका पगरी गुथेर पर्यटकलाई निम्त्याइरहेको लाङटाङ, धारिला भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, मार्गको आसपासमा मृत्यु पर्यन्तको सम्झना स्वरूप बनाइने क्षुर्र्तेनहरू, देउराली, गुम्बा, कतै अलग अलग र कतै झुरूप्प गाँजिएका बस्तीहरू, आलु, फापर, जडिबुटी, लोपोन्मुख चराचुरूङ्गी र चौरी गाईको आश्रयस्थल, अतिथि सत्कारमा जुटिरहने लाङटाङ्गेलीका चोखो मनसँगै आफ्नो प्रतिष्ठा उच्च बनाएर गगन चुमुलाझैं ठडिरहेछ लाङटाङ हिमाल ।


बिकट कन्दारामा जीविकोपार्जन गर्दै आएका लाङटाङ्गेली मनहरू हिउँ जत्तिकै स्वच्छ र पवित्रताका चिनारी हुन् । देशी, परदेशी पर्यटकहरूलाई स्वागत र सम्मान गर्न दशकौंदेखि हिउँ ओढेर कुरिरहेका छन् उनीहरू । हिमालपारिका तिनै मृदुभाषीका सत्कारको परिणामले हुनसक्छ - त्यहाँका बालबालिका र युवाको भविष्य निकै उज्ज्वल भइरहेको छ । तिनै विदेशी पर्यटकको सहयोगमा प्रत्येक घर वा होटलका बालबालिकाहरूको भाग्यरेखा लम्बिदै छ । काठमाडौंका गुणस्तरीय पाठशालामा अध्ययनदेखि लिएर उनीहरूले आयआर्जनका निमित्त विदेशी भूमिमा पनि प्रवेश गर्ने अवसर पाएका छन् ।

जीविकोपार्जनको मुख्य स्रोत बनेको विदेशीको आवागमन पहिलाभन्दा अलि साँघुरिएको अनुभूति गर्छन् उनीहरू । चोखो मनको उच्च प्रतिष्ठासँगै पर्यटकको संख्या घटेको कारण अस्वस्थ प्रतिस्पर्धा पनि उब्जिन लागेको छ यहाँ । एउटा होटलका पर्यटक अर्कोमा पुगे विभिन्न भनाई राख्दै आफूतिर तान्ने प्रयत्नमा हुन्छन् । अर्का व्यवसायीका ग्राहकलाई आँखा छलेर उपर्युक्त कमिसनका कुरा पनि गर्न पछि पर्दैनन् उनीहरू ।
भाग्यरेखा कोर्ने माध्यम बनेको विदेशीको सहयोगले फरक रूप धारण गरेको छ । आफ्नोमा आएको विदेशी अन्यन्त्र नजाओस् भनेर पनि बढी सत्कार हुने गरेको पाईन्छ यहाँ । आफ्नो सर्म्पर्कमा आएका पर्यटकहरूले अरुलाई सहयोग नगरून् भन्ने अलि संकीर्ण विचारमा फसेका छन् ती पवित्र मनहरू । हज्जारौं राम्रा मनभित्रको यो साँघुरिएको विचारले समाजमा विखलन, कुविचार र आडम्बरिताको उदाहरण देखाइरहेको छ । आफूमात्रै खाउँ र अवसरको उपभोग आफ्ना लागि मात्र सिमित गरौं भन्ने धुर्त्याइपूर्ण सोचको निरन्तरता हुन सक्दछ यी साँघुरा र होचा सोचाइहरू । टाढाबाट समाज सेवा गर्ने परोपकारका भाव बोकेर आएका ती दाताहरूले त्यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक आदि अवस्थाको जानकारी लिई जीविकोपार्जनका माध्यमको साधनहरूको बारेमा पनि अध्ययन, अवलोकन गरी त्यसबाट निस्केको निष्कर्षस्वरूप आफ्ना भावी योजनाहरू तय गरी सहयोगका हात उठाउन सक्दछ । तर यदि हामीले आफू र आफ्नो परिवारभन्दा बाहेक उनीहरूले राखेका जिज्ञासाको कुनैपनि उत्तर नदिनु भने त्यो अध्यारो कुनामा राखेर लिएको एकान्त अन्तर्वार्ता जस्तो हुन पुग्दछ । त्यसकारण दिल फुकाएर, मष्तिष्क उघारेर होचा मनहरूलाई सभ्यताको चुचुरोसम्म अग्ल्याउने मनसायले उदारवादी धारणाको प्रस्तुति गर्न सक्नु पर्दछ । 

स्थानीयस्तरमा विदेशीहरूले गरेको लगानीको सदुपयोग त्यति औचित्यपूर्ण रहेको पाइदैन । ठूलो लगानीमा चिटिक्क पारेर बनाइएका विद्यालयहरूमा न शिक्षकको उपस्थिति छ न त विद्यार्थीको नै । समुदायले विद्यार्थी भए पनि नभए पनि विद्यालय खुले नखुलेको कहिल्यै वास्ता गर्ने गरेको पाइँदैन । विद्यालयमा विद्यार्थीहरूको उपस्थिति गराउन प्रेरणा दिनु, र्सार्वजनिक सम्पत्तिको सरसफाइ र व्यवस्थापनमा उचित ध्यान दिनुको सट्टा घर पालुवा पशुहरू छोड्ने गरेकाले 'भिल्ललाई मणिको महत्व नभएझैं' अभिभावकले विद्यालयको महत्व बुझ्न नसकेको देखिन्छ । तर्सथ आफ्नै आँगनमा बनेको विद्यालयमा पढ्ने विद्यार्थीलाई विदेशीको सहयोग पाउनासाथ टाढा पुर्‍याउने खालका सोचले ग्रामीण शैक्षिक विकासको ढोका कहिल्यै नउघारिने बुझनु आवश्यक छ । आफ्नामा आएका पर्यटक अरूले बिगार्छन् कि भन्ने सोचले अन्यन्त्र जान नदिनु, अरुसँग बोल्न नदिनु नै होचा मन हुन् । पर्यटकीय स्वतन्त्रताको प्रत्याभूति गराउँदै यी होचा र साँघुरा मनहरूलाई लाङटाङको चुली वा चेर्कोरीको आम्नेसाम्नेमा पुर्‍याउनु नै यस क्षेत्रको दिगो विकास हो ।

Sunday, March 14, 2010

राराको सहारा !

कही उत्कृष्ठ तस्बीर खोज्दै जादा संघर्ष गर्दै जादा मिठो ताजा राराको लिंक भेटियो ! धन्यवाद फोटोको लागी संघर्ष सर !

Monday, September 7, 2009

अपडेट लाङ्टाङ् !

धेरै पछि लाङ्टाङ् अपडेट गर्दा सम्योगले एक साथीको साउने झरिको रमाईलो यात्राको तस्बिर ढिलो हात लाग्यो । कमसेकम बादलु घुम्टो ओडेर हिमाल न्यानो हुदै गर्दाको तस्बिर पनि सम्योगले नै खिचेको होला कि भन्ने भान भैरहेको छ मलाई ! बर्षातको मौसम कहा खुल्छ त आकास यसरी ! अनि हिमाल नहेरी फर्किनु पर्यो भने यात्राको थकान हटाउन कम गारो हुन्छ त ?

Saturday, May 23, 2009

केन्जिङ कै कुरा !

केही समय अघी साथी नारायण पुगेर आएपछी उनकै क्यामराले खिचेको यो तस्बिरमा देखिएको हिमलहर देख्दा लाग्यो , अझै मौसम त हिमाल र हिउहरुकै छ कि जस्तो ! देशले नयाँ नेपाल खोज्दै गर्दा यो उपत्यका छेउ एकछिन उभिने लोभ पो लागो त बा !


Friday, May 22, 2009

चैनपुरको चिनो !

एकदम हितैशी मित्र दिपक ओली बझाङको सदरमुकाम चैनपुरमा बसेर गोरखापत्रका भित्री पेजहरुमा चम्किरहेका छन । राजनीति भित्रको तातो सडकको बिरोध प्रदर्शन हुने ठाउँबाट अली टाढा पुगेपछी उनले मेरो ब्लग हेरी सके पछी पठाएको यो फोटो के मेरो ब्लगमा बझाङको मिठो याद गर्दै अनी सेती नदी र बाहुली नदीको सँगम सम्झदै बझाङ पुग्न तपाई र मलाई निम्तो दिदैन र !

Sunday, April 12, 2009

Trekking in Lang Tang

Henry Antochow, Poland
Henryk's Notes Tuesday, June 5, 2007 at 10:49pm
The most important point of my visit in Nepal was left for the last.Having come to Nepal I had no clue where to go in the mountains - all I knew I wanted to reach as high as possible and what's even more important wanted to experience Nepali culture in its natural habitat - Being here for some time I learned that there are still some virgin places but to go there one has to get a permit that costs a couple of hundred of US - this was of course beyond my budget...:)
There are three popular places in Nepal where people usually go trekking - that is Everest, Annapurna and Lang Tang - First two are famous but at the same time commercialized to the limits (ex. thermos of boiling water = 300 rupees)I decided on Lang Tang, funnily enough I met an old friend from Hyderabad - Mikko who was also going to do the same trek. Me, him and his friend Andree went together. The guidebook says the trek takes about 8 days, the highest point of it is 5000m high hill called Tchhori (here Im not sure about spelling :))
We left Kathmandu early morning to arrive at a village called Saybru at 4pm located at 1460m above sea level. The road was pretty good for the first 3hrs then the tar was over and for the remaining time only stones...:) that made us tired so after short walk we went to bed. The next day got up early and after breakfast set out for our journey... The path was pretty easy and I soon left my guys behind, after some time I met some local Nepalis going the same way and joined them as their pace suited mine. Around noon arrived at the place where we supposed to finish our trek for that day - I waited for my guys and told them that I wanted to go further as I did not have enough for that day...:) That's when we decided to split.
Along with my new Nepali friends decided to go all the way to a village called Langtang (3400m) a place that finishes second day of trekking and after 11hrs of walking, little after 9pm we made it but it was so dark that for the last hour we had use torchlights. When we got there I was so exhausted but at the same time happy - Only later one of the local guys told us we walked 32km :)
Next day 2hr walk from Langtang village to Kyangiin Gompa (3900m)- we took a rest for a couple of hours and went to see a glacier - it was all to get acclimatised to the altitude at which I was - surprisingly I did not have a slightness problem with my health. I the village I met a local guy who offered to walk with me to the mountain top for a small charge.


The next day to have a good view on the surrounding mountains we got up at 4:30 and after small breakfast left an hour later. The walk was pretty steep additionally to that when my guide went to release I walked by myself and confused the way :) after 30mins saw him much higher above me and to catch up with him had to climb really really steep hill - that taught me a lesson to stay close... We continued the walk and after exactly 3hrs and 20 mins reached the top - The guide told me I set a new record for foreigners as normally this route takes 5-6hrs...:) We stayed on the top for about one hour admiring beautiful views and took and easier and longer way down - Only then I started feeling the consequences of my fast ascend - I had a mild headache and fever but that didn't stop me from walking and after a couple of hours everything was fine. When I reached the village we came from I met my friends and after a quick chat I continued my way downhill. I spent the night at the same place as the second day and morning the forth day went all the way back to the place where the trek started. There met one of the Nepalis whom I traveled with and stayed at place owned by Tibetan woman - she told me her story how she her mother and a porter traveled through the mounties in 1959 running away from Chinese invasion...



Monday, March 9, 2009

लाङ्टाङको तयारीमा मित ज्यु !

धेरै पछी मितको ईमेल आयो कि अब २-३ दिन लाङटाङ नगई भएन , आन्तरीक पर्यटक हुनु पर्‍यो भनेर ! ओहो यो नेपाल हाम्रै त हो नि , जहाँ जतिखेर घुमे पनि फ्री ! तराई बन्दले गर्दा पनि आन्तरीक पर्यटकको लर्को अब हिमाल तिर हिडने त होइन ?
५ दिनमा ५ हजार खर्च गरेर हिमाल हेर्न पाइने यो सस्तो लामटाङ रुट छ भन्ने थाहा पाउनु भो भने बिदेशी भन्दा नेपाली पर्यटक नै बढी हुन के बेर ?

Wednesday, March 4, 2009

ग्लेसिएर पग्लिदै !

लाङ्टाङ खोलाको मुहान यो हिमताल सुक्यो भने चाँही पक्कै पनि ग्लोबल वार्मिङको असर पर्‍यो भन्ने नै होला । समुद्र नभएपनी भएको त्यही खोला नाला र कुलेखानीहरु धेरै सुके भने फेरी उही त हो नि लोड्सेडिङ शत प्रतिशत नै । २०० औ ब्लग पोस्ट पढनु भएकोमा धन्यवाद !

Friday, February 27, 2009

फर्कदै लाङ्टाङतिर !

लाङ्टाङ पुग्नु अघी यात्रामा भेटिने साना नानीहरुको आँखाले पनि हामी कती पिछडिएका छौ भन्ने बोध गराईरहेको हुन्छ । हिमाल जस्तो अबोध र चन्चल अनी स्वच्छ मन शायद यिनै बालकहरुको नै होला । लाङ्टाङ खोलाको सुशेलिमा हिमाल जाने सिजन मार्च अप्रिल सुरु हुने प्रतिक्षामा कतै बिदेशीको लस्करमा कतै तपाईं पनि त हुनुहुन्न ?



Saturday, December 6, 2008

केन्जिङको कथा खोज्दै !

लाङ्टाङ पदयात्राको रमाइलो गन्तब्यमा रहेको केन्जिङबारे केही लेख्नु अघी नै भनु - एक जना शुभचिन्तकले यो ब्लगको शिर्षकको मौलिकता नभएको र कथाको ठाउमा गन्तब्य हुनु पर्‍यो भन्ने सुझाव रहेछ । हे हे ! यती राम्रो प्रतिकृयाको लागि धन्यवाद !तर ब्लगको मास्ट हेड नै चेन्ज गर्नु भन्दा अर्को ब्लग नै खोल्नु सरल होला जस्तो लाग्यो मलाई त ! हेरौ , अब यसलाई अपडेट गर्दा भने अब कथा नै खोज्नु पर्ला जस्तो छ , ति सुभेच्छुक अनलाइन भिजिटरको लागि ।

सम्झदै लाङ्टाङ सधैं !

धेरै पछी ब्लग अपडेट गर्दा रमाइलो लागिरहेको छ । फेसबुक चलाऊने बानीले गर्दा बिर्सिएको लाङ्टाङ ब्लग अपडेट नभएकोले केही साथी, दाईहरुले सल्लाह दिएकोले पनि पुरानो तस्बिर खोजी गर्नु पर्‍यो । हुन त हिमाल पुरानो नहोला ।


Sunday, October 19, 2008

गोसाइकुन्ड : फ्लास ब्याक !

गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
बुद्द मन्दिर , अब ४ हजार मिटर यात्रा सुरु होला जस्तो छ
केही क्षण बिश्राम गर्ने कि ?
यो गन्तब्य गोसाइकुण्ड पुग्न अझै बाँकी नै छ !
अब सास फेर्न पनि गाह्रो होला जस्तो छ , माने समुद्र सतह बाट ४ हजार भन्दा बढी भईसक्यो , लसुन चबाउदै लेक छल्नु पर्ला जस्तो छ ।
सलाम अमरसिँह थापा ।
बल्ल आइपुगियो धर्म कमाउने ठाउँ , बम्भोले !
मौसम सफा हुँदा त गोसाइकुण्ड आकाशको ऐना नै हुने रछ नि त हौ !
लौरिबिनायक बाट देखिएको हिमलहर !
सफा आकास भएकै बेला फर्कनु पर्ला जस्तो छ , नत्र फेरी पानी मा भिजिएला .

Tuesday, October 7, 2008

लाङ्टाङ फिभर सुरु !

बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
सयौ दिनसम्म पनि बर्शेनी सदरमुकामको बाटो अवरुद्द हुने चलन धेरै भाईसक्यो , अब नयाँ नेपालको खाका कोर्नेहरुले रसुवाको बाटोबाट नेपालको मुहार फेर्ने दिन बनाउन अबेर नगरे पो रमाइलो हुने थियो कि ?

Monday, September 15, 2008

सरी ! गोवा

पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्‍यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "

Tuesday, August 26, 2008

गोवामा फेनी खोजेको कल्पनामा डुब्दै !!

अहिले गोरखपुर, ईन्डियामा ट्रैनको टिकेट आर ए सि मा बुक भएपनी बर्थमा चेन्ज नभएर पटयार लागिरहेको बेला पुने शुक्रबार पुगेपछी नयाँ प्लान गोवाको लागि बुन्नु छ । मंगलबार पुने बाट रिटर्न टिकेट हुँदा सेडुयल टाइट छ । अनी २ दिनको लगातार ट्रेन सफर पछीको गलाइले कस्तो निर्णय गराउला ! तर यसमा अहिले नै केही भन्न सकिदैन - नट फिक्स यट ! ३१ अगष्टमा पुने, भारतमा नेपालले अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई पनि शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।

Monday, August 11, 2008

गोइङ टु गोसाइकुण्ड !

त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।

Saturday, August 9, 2008

आँखामा अन्नपूर्ण !

अमृत भादगाउले
(bhadgaonle@gmail.com)
बेल्जियमका नागरिक पललाई खुबै मन पर्छ अन्नपूर्ण क्षेत्र । हिमाली जनजीवन, जैविक विविधिता र संस्कृति अध्ययन एवं साहसिक पदयात्राको स्वाद उनी जस्ता लाखौं विदेशीले चाखिसकेका छन् । त्यसो त पोखरा आउनेमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक विशेषतः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) लागू भएका ठाउ“मा घुम्छन् । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका गाउ“मा फैलिएको छ एक्याप । एक्यापको सहयोग र स्थानीयबासीको सक्रियतामा पदयात्रामार्गहरू होटल/रेस्टुरा“लगायतका पर्ूवाधारले सुविधायुक्त छन् ।
'अन्नपूर्ण र्सर्किट' को पदयात्रामा निस्किनेहरू ५४१६ मिटर अग्लो थोराङ पास क्रस गर्छन् भने 'अन्नपूर्ण सेङचुरी' यात्रामा निस्कनेहरू घोडेपानी-घान्द्रुक हु“दै ४१३० मिटरमा रहेको अन्नपूर्ण आधारशिविरमा पाइला टेक्छन् । एक्यापका अनुसार गत आर्थिक वर्षा ६२ हजार पदयात्री अन्नपूर्ण घुमे । संसारकै दस उत्कृष्ट पदयात्रामार्गमा पर्छ अन्नपूर्ण क्षेत्र ।
( पुरा बिवरण श्रावण २५ गते शनिबार प्रकाशित कान्तिपुर दैनिकमा पढनुस् !)
Itinerary : Annapurna Circuit Trek
Day 01 : Kathmandu - Beshisahar by land transportation. Trek to Bhulbhule. Day 02 : Trek to Syange Day 03 : Trek to Tal Day 04 : Trek to Latamarang Day 05 : Trek to Pisang Day 06 : Trek to Manang Day 07 : Rest day in Manang for acclimatization Day 08 : Trek to Yak Kharka Day 09 : Trek to High camp Day 10 : Trek to Thorung La Pass - Muktinath Day 11 : Trek to Marpha Day 12 : Trek to Kalopani Day 13 : Trek to Tatopani Day 14 : Trek to Ghorepani Day 15 : Trek to Birethanti Day 16 : Trek to Naya Pool - Pokhara by land transportation Day 17 : Pokhara – Kathmandu by land transportation.