Pages

Saturday, December 6, 2008

केन्जिङको कथा खोज्दै !

लाङ्टाङ पदयात्राको रमाइलो गन्तब्यमा रहेको केन्जिङबारे केही लेख्नु अघी नै भनु - एक जना शुभचिन्तकले यो ब्लगको शिर्षकको मौलिकता नभएको र कथाको ठाउमा गन्तब्य हुनु पर्‍यो भन्ने सुझाव रहेछ । हे हे ! यती राम्रो प्रतिकृयाको लागि धन्यवाद !तर ब्लगको मास्ट हेड नै चेन्ज गर्नु भन्दा अर्को ब्लग नै खोल्नु सरल होला जस्तो लाग्यो मलाई त ! हेरौ , अब यसलाई अपडेट गर्दा भने अब कथा नै खोज्नु पर्ला जस्तो छ , ति सुभेच्छुक अनलाइन भिजिटरको लागि ।

सम्झदै लाङ्टाङ सधैं !

धेरै पछी ब्लग अपडेट गर्दा रमाइलो लागिरहेको छ । फेसबुक चलाऊने बानीले गर्दा बिर्सिएको लाङ्टाङ ब्लग अपडेट नभएकोले केही साथी, दाईहरुले सल्लाह दिएकोले पनि पुरानो तस्बिर खोजी गर्नु पर्‍यो । हुन त हिमाल पुरानो नहोला ।


Sunday, October 19, 2008

गोसाइकुन्ड : फ्लास ब्याक !

गोसाइकुन्डबाट जनै पुर्णिमाको दिन फर्किदा देखिएको कुन्डतिर लर्किएको लस्कर , लाग्यो पुरै गाउ उठेर आयो !
"लौरिबिनायक पुग्ने ठाडो उकालो : अहिले नै लेक लाग्दैन !"
बुद्द मन्दिर , अब ४ हजार मिटर यात्रा सुरु होला जस्तो छ
केही क्षण बिश्राम गर्ने कि ?
यो गन्तब्य गोसाइकुण्ड पुग्न अझै बाँकी नै छ !
अब सास फेर्न पनि गाह्रो होला जस्तो छ , माने समुद्र सतह बाट ४ हजार भन्दा बढी भईसक्यो , लसुन चबाउदै लेक छल्नु पर्ला जस्तो छ ।
सलाम अमरसिँह थापा ।
बल्ल आइपुगियो धर्म कमाउने ठाउँ , बम्भोले !
मौसम सफा हुँदा त गोसाइकुण्ड आकाशको ऐना नै हुने रछ नि त हौ !
लौरिबिनायक बाट देखिएको हिमलहर !
सफा आकास भएकै बेला फर्कनु पर्ला जस्तो छ , नत्र फेरी पानी मा भिजिएला .

Tuesday, October 7, 2008

लाङ्टाङ फिभर सुरु !

बसन्त रितुको यो मौसममा फेरी एकपटक लाङ्टाङ घुम्न बिदेशीको ओहिरो लागिरहेको बेला हिमाल छेउ मात्र होइन रसुवा सदरमुकाम पुग्ने बाटो पहिरोले बन्द छ ।
अब खुल्ने खुल्ने बेला भो त्यो बाटो , जहाँ मुलखर्कको पहिरो र राम्चेको पहिरोले गतिलो दोस्ती गरेको हुँदा दस किलोमिटरको सडक हिडनुको बिकल्प देखिदैन । अब यसबाट देशको पर्यटन क्षेत्रलाई पुग्ने नोक्सानी जसमा लाङ्टाङ, गोसाइकुण्ड, तातोपानी, चन्दनबारिको चिज लगायतलाई पर्ने असरले पनि राजास्वमा पार्ने घाटालाई दर्साइरहेको होला ।
सयौ दिनसम्म पनि बर्शेनी सदरमुकामको बाटो अवरुद्द हुने चलन धेरै भाईसक्यो , अब नयाँ नेपालको खाका कोर्नेहरुले रसुवाको बाटोबाट नेपालको मुहार फेर्ने दिन बनाउन अबेर नगरे पो रमाइलो हुने थियो कि ?

Monday, September 15, 2008

सरी ! गोवा

पछील्लो ब्लगमा लेखे जस्तो सजिलो रहेन रहेछ गोवा पुग्न ! र पुगिएन पनि । पहिलो पटक ट्रैनको सफर त्यो पनि लगातार ४० घण्टा ( लगभग १८०० किमी पुने-गोरखपुर) भन्दा बढी हुँदा एकोहोरो गतिमान शरीर र मनको गती पनि छुक्-चुक भैरहने रहेछ तर गाडीजस्तो असजिलो होइन । गोरखपुरमा ट्रैन चढेको २७ अगष्टको बिहान धन्न स्लिपरमा टिकेट चेन्ज भईसकेछ । अनी सँगैको बर्थमा भेटिए- गोवाका ४ जना बुढाहरु ! ठ्याकै मुन्नाभाइ एम बि बि एस् मा जस्तै देखिने बुढेसकालमा बनारसमा दर्शन गरी फर्केका उनिहरुसँगको दुई दिन शहयात्रा साच्चै गोवा नै पुगेको भान भो । पुने हुँदै मिराज स्टेसनबाट अर्को ट्रैन चढेर अर्को ७-८ घण्टामा पुगिने गोवाको भस्को-डी-गामासम्मको ट्रैन साच्चै गोवा पुग्ने सपना साकार पार्ने बाटो रहेछ । त्यसको लागि गोरखपुरको ट्रैन भुसावलमा बदली गरेर मुम्बईको बाटो बदल्नु पर्‍यो, पुने पुग्न ! ३१ अगष्टको रोबोकनमा भारतलाई नेपालले हराएको क्षण सम्झिदै गोवा त बिर्सिएछ ।
अनी पछी १ गते फर्किने ट्रैन चढने अघिल्लो दिन राती लोड्शेड्डिङले ग्रस्त गोवामा सोलार एजेन्ट बुढो एल सि बालाकाइको गाउ आउने निम्तो शाहीत फोन आयो । अनी साथीले फोन उठाएको बेला त्यो अजनबीले भनेको मैले सम्झिरहेको छु -" जाउ गोवा , वास्कोबाट ४० किलोमिटर टाढा छ मेरो घर , उतै मेरो घरमा राखुला तपाईंलाई, अनी डिसेम्बरमा त होटेल पनि पाईदैन !" त्यसो भनेको बेला उसकै अर्को छिमेकि जो फोटोग्राफर पनि रहेछ- सित्तैमा फोटो खिच्ने प्रस्ताव राखिरहेको थियो ट्रैनमा । यसपटक खाडीमुलका एक दाइले भनेजस्तो गोवाको फेनीको स्वाद नभेटेपनी अर्को पटक कुनै डिसेम्बरमा गोवामा पुग्दा त्यहाका स्थानिय बासिन्दाको न्यानो हार्दिकताबाट बिमुख हुनु नपर्ला । छोटो घुमाइमा १ सेप्तेम्बरको गर्मिको दिन पुने बाट मुम्बईको गर्मी बाटोमा ३ घण्टाको रिजर्ब ए सि जिप ( एक्सप्रेस रोड-गती घटिमा ८० किमी) सफरबाट गेट वे अफ ईन्डिया मात्र पुगियो चिसो चुम्न , समुद्रमै । अनी त्यो बाटोको बिचैमा रहेको ठाउँ चर्चित गानामा पनि रहेछ । अनी हामीले ड्राइभरलाई सोदिरहेयौ- " आती क्या खन्डाला , क्या करु आकर मै खन्डाला ------लङ ट्रिप जाएङगे फुल ट्रिप जाएङगे । "

Tuesday, August 26, 2008

गोवामा फेनी खोजेको कल्पनामा डुब्दै !!

अहिले गोरखपुर, ईन्डियामा ट्रैनको टिकेट आर ए सि मा बुक भएपनी बर्थमा चेन्ज नभएर पटयार लागिरहेको बेला पुने शुक्रबार पुगेपछी नयाँ प्लान गोवाको लागि बुन्नु छ । मंगलबार पुने बाट रिटर्न टिकेट हुँदा सेडुयल टाइट छ । अनी २ दिनको लगातार ट्रेन सफर पछीको गलाइले कस्तो निर्णय गराउला ! तर यसमा अहिले नै केही भन्न सकिदैन - नट फिक्स यट ! ३१ अगष्टमा पुने, भारतमा नेपालले अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई पनि शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।

Monday, August 11, 2008

गोइङ टु गोसाइकुण्ड !

त्यसो त झण्डै ५० हजार आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यले आगामी शनिबारको जनै पुर्णिमाको अवसरमा हुने मेलामा सहभागी हुने दर्शनार्थीको हुलमा सम्भवत गोसाइकुण्ड पुग्नु आँफैमा रमाइलो र गाह्रो पनि होला । यसै त ५० हजार जनसँख्या रहेको रसुवा जिल्लाको भ्रमणमा आउने त्यति नै चापको मानीसको हुललाई थाम्न गाह्रो नै पर्ला , सबै मान्छेको लागी पहिरोले बाटो बन्द भएको बेला खाने बस्ने प्रवन्ध गर्न गोसाइकुण्ड क्षेत्र बिकास समितिलाई हम्मे हम्मे नै हुदो हो पाच हजार उचाइ को सेरोफेरोमा । तयारी त यो भन्दा पनि बढी हुन सक्छ यदी त्यो सँख्यामा बिदेशी पर्यटक पनि ल्याउने योजना बुन्न कम्मर कस्ने हुँदा नयाँ रसुवाको उदय नहोला भन्न सकिदैन ।
यही गोसाइकुण्डको मेलाको छेउमा गुगलमा तस्बिर खोजी गर्दा गत बर्ष १ सेप्टेम्बर २००७ को मेलाको फोटो नेपाली ब्लगमा भेटिदा खुशी लाग्यो कि हामीमा पनि नेट्बाट आफ्ना देसको प्रचार गर्ने सैली थपिएको छ । त्यो भिड-भाडको जनै पुर्णिमाको मेलाको तस्बिर पनि त्यही ब्लग कान्तीपुरभीजन डट ब्लगस्पोट डट कम (तस्बिर :डिल्ली प्रशाद रिजाल 'मधु') बाट सभार गरिएको र साथमा अन्य तस्बिरको लागि धन्यवाद छ , गुगल सर्च ईन्जिन लाई ।