Pages

Monday, September 3, 2007

चिज चाख्दै चन्दनबारी



देवेन्द्र भट्टराई/कृष्ण थापा
रसुवा - ५२ वषर्ीय पदम- बहादूर विश्वकर्माको दैनिकी चौंरी दूधको भण्डारणबाट सुरु हुन्छ । उनको हरेक साँझ चिजका ढिक्का पल्टाएर र घिउ तौलेर टुंगिन्छ । यसरी नै बितेका छन् ३० वर्ष जहाँ उनी दूधकै सपनाजपनामा हुन्छन् ।
'जे होस्, जीवन अमृतमयी बनेजस्तो अनुुभव हुुन्छ,' ३५ सय मिटर उचाइको रसुुवा चन्दनबारीमा भेटिएका दोलखा जिरी मूल घर भएका पदम भन्दै थिए- 'जोकोहीको जीवन यसरी दूध, घिउ र चिजको स्वाद चाख्दै बित्न सक्दैन ।'
जिरी माविबाट एसएलसी गरेपछि काठमाडौंबाट आइकम गरेका थिए पदमले । त्यही बेला पहिलोपटक -र, अन्तिमपटक पनि) चिज-मेकिङ तालिम खुुल्यो स्वीस सहयोगमा । दोलखा र रामेछापका उम्मेदवारमा पदम पनि परे र उनी चिजतिर लागे ।
'जिरी र चेर्दोङमा गरेर २०३२ सालमा तालिम पूरा भयो,' उनले सुुनाए- 'त्यो समूहमा हामी १२ जना थियौं जसमध्ये अन्यले अवकाश पाइसकेका छन् ।' त्यसपछि पदमको समय दुुग्ध विकास संस्थानअन्तर्गत लाङटाङ, सोलुखुम्बु, रसुवा, दोलखा, काठमाडौं, इलाम, रामेछाप हुँदै बितेका छ वर्षयता चन्दनबारीमा अडेको छ । वैशाखदेखि कात्तिक- सम्म हुने चिज उत्पादनमा याक -चौंरी) चिजमध्ये चन्दनबारीले मात्रै संस्थानको ६० प्रतिशत भार ओगटेको छ । स्वीस स्वाद र प्रविधिको 'ग्रेयर चिज' यहाँबाट गत वर्ष मात्रै २४ हजार ६ सय ४२ केजी उत्पादन भएको रहेछ ।
'नेपालबाहेक संसारमा कतै याक चिज उत्पादन हुँदैन,' पदमले भने । २०२७ देखि चन्दनबारीमा चिज उत्पादन हुन थालेकोमा सुुरुका वर्षमा 'क्रिम चिज' पनि बन्थ्यो । 'इलाममा सेमी-हार्ड प्रकृतिको कञ्चन चिज बन्छ, नुुवाकोट तथा त्रिशूलीमा भैंसी दूधबाट मजरेला चिज र यहाँ ग्रेयर चिज,' उनी भन्दै थिए । उनका अनुसार चन्दनबारीका लागि मात्रै ७६ किसानका एक हजारजति चौंरी दुग्ध-स्रोत बनेका छन् ।
'चिज अचम्मको खान्की हो,' पदमले सुनाए- 'हेर्दा राम्रो देखिन्छ, मीठो पनि हुन्छ । कोही भने पेडा सम्झेर किन्छन् र अलिकति खाएर फ्याँकिदिन्छन् ।' उनी आफू भने बिहानै चियासँग पनि चिज खाँदा रहेछन् ।
उनका अनुुसार १० लिटर दूधले १ केजी चिज बन्छ । चन्दनबारीमा दूध र कच्चा चिज ओसार्न रसुुवा केन्द्रबाट ७ घन्टा पैदल हिँड्नुुपर्छ । दैनिक ७० केजी कच्चा चिजका ढ्याक बोकेर भरियाहरू आवतजावत गरिरहेका हुुन्छन् । 'वैशाखदेखि कात्तिक- सम्मको चिज सिजनबाहेक भने हाम्रा कर्मचारी दाउरा संकलनमा लागेका हुुन्छन्,' उनले भने ।
उनका अनुुसार चिज उत्पादनमा आवश्यक पर्ने रसायन 'रेनिट' र 'चिज कल्चर' डेनमार्कबाट आउने गरेको छ । 'अब चिजलाई आकार दिने यो यन्त्र चिज-हुुक -फर्मा) पनि पाउनै छाडिसक्यो,' उनले भने- 'डेनमार्कबाट किनेर ल्याउनुुपर्ने यो यन्त्र १० वर्षदेखि पाउन सकिएको छैन ।' उनका अनुुसार डेनमार्कमा भने 'चिज-हुुक' अहिले म्युुजियममा मात्रै छ । 'यसको विकल्प खोज्नुुपर्ने हो, खोजिएको छैन,' उनले भने ।
उमेर आधारमा पदमबहादुुर अब छ वर्ष दुुग्ध विकासको सेवामा रहनेछन् । चिज-मेकरबाट सुुरु भएको उनको सेवा छैटौं तहमा पुुगेको छ । तर संस्थानका अधिकांश सेवा-सुुविधा र कार्यशैली काठमाडौंकेन्दि्रत भएकोमा भने उनी दिक्क मानिरहेका थिए ।
चन्दनबारीस्थित माटेघरको भण्डारमा एक हजार केजीभन्दा बढी चिजका डल्ला थुपारिएका थिए । वर्तिर केन्द्रमा गोसाईकुुण्ड यात्रामा निस्केका ग्राहक चिज किन्न व्यस्त थिए । 'डोकोमा बोकेर डाँडैडाँडा हिँड्दै चिज ल्याउनुुपर्ने हुुन्छ,' उनले भने- 'चिज भनेको आलुुजस्तै हो, निश्चित समयमा खाइसक्नुुपर्ने ! जबकि पहिरो र बन्दका कारण उत्पादित चिज काठमाडौं पुुर्‍याउन कहिलेकाहीँ त महिनौं पर्खनुुपर्छ ।'

1 comment:

Adams Kevin said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।