Pages

Wednesday, September 12, 2007

केरुगं तथा स्वाप्रुवेशी मार्गको योजना तयार

काठमाण्ड़ौं, भदौ २५ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले चीनसँगको व्यापारलाई सहज बनाउन सीमा पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा आएका चीनको तिब्बत सरकारका उपाध्यक्ष देङ्ग साओगांगको प्रतिनिधिमण्डलसँग महतोले यो आग्रह गरेका हुन् ।
सीमा क्षेत्रमा पूर्वाधार विकास, विशेष आर्थिक क्षैत्र र सुख्खा बन्दरगाह निर्माणका लागि उद्योग मन्त्रीले आग्रह गरे । चिनियाँ पक्षले यो अनुरोधलाई सकारात्मक रुपमा लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सीमाक्षेत्र केरुगं तथा स्वाप्रुवेशी मार्ग र तिब्बती क्षेत्रतर्फ पूर्वाधार विकासका लागि एक योजना तयार भइसकेको साओगांगले जानकारी दिएका थिए ।

सीमा जोडिएको भए पनि चीन र नेपालबीचको व्यापार पाँच प्रतिशतभन्दा न्यून छ ।
चिनियाँ व्यापार प्रदर्शनीलगायत विविध कार्यक्रममा भाग लिने क्रममा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । यही क्रममा मन्त्री महतो र चिनियाँ पक्षबीच व्यापार विस्तारबारे मन्त्रालयमा छलफल भएको थियो । सन् १९८१ मा चीनसँग भएको वाणिज्य सन्धिको आधारमा व्यापार सञ्चालन भइरहेको छ ।
श्रोत: कान्तिपुर दैनिक, भदौ २६
तस्बिर : रसुवागढी नाकाबाट केरुंग जाने बाटो

1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।