Pages

Saturday, September 8, 2007

दुर्लभ यात्रा महँगो पर्यटन

नेपाल आउन खोज्नेहरूको चासो दिनहुँ बढ्दो छ । यहाँका अधिकांश होटलको ब्लक बुकिङ उच्च छ भने अधिकांश विमान कम्पनीले आउँदो केही महिनाका लागि टिकट बिक्री गरिसकेका छन् । पर्यटकीय याम नजिकिए पनि व्यवसायी भने खुसी छैनन् । किनभने नेपाल आउनेले सिटै पाउँदैन । पाइए पनि विदेशका उत्तिकै दूरीभन्दा उच्च भाडा तिर्नुपर्ने बाध्यता छ ।
अन्य मुलुकबाट नयाँ विमान कम्पनीले उडान गरे पनि युरोपबाट सीधा सम्पर्क स्थापिन हुनसकेको छैन । शान्ति स्थापनापछिको उत्साहपूर्ण वातावरणमा यो वर्ष उच्चदरले पर्यटक बढ्ने आशा गरिएकोमा टिकट अभाव र चर्को मूल्य प्रमुख समस्या देखिएको छ । काठमाडौंबाट सवा घन्टा उडान दूरीका भारतमा संसारभरका विमान कम्पनी आइरहेका छन् भने भारतकै विमान कम्पनीले पनि बाँकी विश्वमा उपस्थिति जनाइरहेका छन् । त्यसले भारत र बाँकी विश्वबीचको हवाईयात्रा सहज र सस्तो बनाएको छ । विमान कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाडा निकै कम छ । पर्यटकीय प्याकेज पनि सस्तो बन्दै गएको छ ।
पर्यटकलाई कुनै गन्तव्य मन पर्‍यो भने उसका लागि पहुँच र हवाई मूल्य पहिलो निणर्ायक तत्त्व बन्ने गर्छ । किनभने यात्राको सबैभन्दा महँगो पक्ष यही हो । हवाई भाडा सस्तो भएका गन्तव्यले बढी पर्यटक आकषिर्त गरिरहेका छन् । नेपालमा भने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम झन कमजोर भएको र निजी क्षेत्र आउन नसकेकाले यसको उल्टो स्थिति देखिएको छ ।
भारतबाट ३ देखि ४ घन्टाको उडान दूरीमा रहेका थाइल्यान्ड र मलेसिया घुमेर आउन पुग्ने रकम सवा घन्टाको दूरीमा रहेको नेपाल आउन र जानमात्र तिनुपर्छ । युरोप र अमेरिकाबाट नेपाल आउँदा भारत पुग्नभन्दा झन्डै दोब्बर मूल्य तिर्नुपर्ने अवस्था छ । केही सीमित विमान कम्पनीले नेपालमा एकाधिकार जमाएका छन् जसले गर्दा भाडा बढी छ । हवाई भाडा कम भएपछि पर्यटकीय प्याकेज सस्तो हुन्छ । मलेसियाले २४ हजार रुपैयाँमा भारतीयहरूका लागि २ रात ३ दिनको प्याकेज उपलब्ध गराएको छ । बि्रटिस एयरवेज, जेटलगायतबाट युरोप जाने यस्तो प्याकेज ३५ हजार रुपैयाँसम्ममा पाइन्छ ।
धेरै विमान कम्पनीको आवागमनले भारत र बाँकी विश्वबीच सेवा बढेको मात्र होइन हवाई भाडा पनि उल्लेख्यरूपमा घट्दै गएको छ । प्याकेज बनाउन निणर्ायक भूमिका विमान कम्पनीको हुन्छ । भारतीय र भारत आएका पर्यटक चाहेर पनि नेपाल आउन सक्ने अवस्था छैन । त्यति रकम तिर्छुभन्दा पनि टिकट पाउन मुस्किल छ । यससँगै नेपाल महँगो गन्तव्यमा परिणत हुँदै गएको छ । अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेकोन एयर, एयर नेपाल इन्टरनेसनल, कस्मिक एयरलगायत असफल भए भने केहीले उडानै नगरी लाइसेन्स ओगटेर बसेका छन् । यस्तो अवस्थामा सरकारले निगम सुधार र निजी क्षेत्रलाई एकसाथ अघि बढाउनु पर्छ । त्यसबाहेक विदेशी विमान कम्पनीलाई पनि लागत घटाउन सघाउनु पर्छ ।
नेपालमा हवाई इन्धनको मूल्य छिमेकी सबै मुलुकभन्दा बढी छ । यस्तो अवस्थामा नयाँ विदेशी कम्पनीहरूलाई ल्यान्डिङ पार्किङ र ग्राउन्ड ह्यान्डलिङमा २५ प्रतिशत छुट दिने पर्यटन मन्त्रालयको निर्णय स्वागतयोग्य छ । त्यसैले हवाई पहुँच दुर्लभ र महँगो बन्दै गएको नेपाललाई बाहिरी विश्वसँग जोड्न अबेर गर्नु हुँदैन । जसले बनाउने हो पर्यटकीय प्याकेज सस्तो बनाओस् । नत्र शान्ति स्थापना भए पनि पर्यटनबाट लाभ लिने चाहना सपनाभन्दा माथि आउन सक्ने छैन ।
श्रोत : सम्पादकिय , कान्तिपुर दैनिक, २३ भाद्र

1 comment:

Anonymous said...

म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।