Pages

Wednesday, September 26, 2007

सम्झनाको सदरमुकाम : स्याफ्रुबेसी !!

सुनेको मात्र हो, रसुवाको पुरानो सदरमुकाम हो स्याफ्रु । तर पछि काठमाण्डौसँगको दुरी बढी भएकोले यसलाई धुन्चे सारियो रे । दुई ठुला खोलाको सँगमस्थल स्याफ्रु अब आफैमा चौडाहुने तर्खरमा छ । चीन पुग्न १६ कि मी को बाटो यहाबाट खुल्ने तयारी छदैछ भने लाङ्टाङ् हिमाल, गणेश हिमाल र गोसाईकुण्ड जाने यो त्रिकोणमा उभिएर तपाई यसलाई काठमाण्डौको तिनकुनेसँग दाज्दा फरक त महशुस गर्नु हुने नै छ ।
अर्को कुरा लाङ्टाङ् खोला र भोटेकोशीको यो दोभानमा उभिएर जलश्रोतको अपार सम्भावनाको चर्चा गर्न मात्र नभई ७,२४५ मी अग्लो लाङ्टाङ् लिरुङ हिमालको पनि उचाई नाप्न सकिन्छ ।
८३ प्रतिशत तामाङ बस्तीको यो जिल्लामा भर्खरै इन्डिएन आईडल बनेका प्रशान्त तामाङको चर्चा नहुने त कुरै छैन, बरु उनको पुर्खाको पनि सोधखोज हुनसक्छ ।
"तत्काल अब मोबाईलबाट एस् एम् एस् भोटिङ लाईन बन्द गरिएको छ ।" यो सुचना सोनी टिभीको भने होइन । टेलिकमका टाउका सुगतरत्न कँसाकारले केही समय अघि भने झै नेपालबाट प्रशान्तलाई एस् एम् एस् गर्न सकिदैन भनेर पनि होइन कि !नेपाल टेलिकमको मोबाईल सेवा नै यहा नभएर मात्र सधैको लागि एस् एम् एस् बन्द गरिएको पो रहेछ !!

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.