काठमाण्डौमा हिउ पर्दा त्यसको असर यो स्याफ्रुमा परेको यो एकबर्ष अगाडिको द्रिष्यले यहाको मौसम पनि राजधानी जस्तै देखाउछ । तर यहाको आकाश भने अलि सानो छ किनभने यो बेसीमा उभिएर तपाईले ठुला ठुला हिमाल चढने सपना देख्न पाउनुहुन्छ। लाङ्टाङ्, गोसाईकुण्ड र गणेश हिमाल पुगेर फर्किदा तपाईले आराम गर्ने यो ठाउ पुगेपछि तपाइले वास्तविक नेपाल तस्बिरमा होइन, मनमा लुकाएर ल्याउनुहुन्छ ।“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Tuesday, October 9, 2007
मनको आकास खोल्दै
काठमाण्डौमा हिउ पर्दा त्यसको असर यो स्याफ्रुमा परेको यो एकबर्ष अगाडिको द्रिष्यले यहाको मौसम पनि राजधानी जस्तै देखाउछ । तर यहाको आकाश भने अलि सानो छ किनभने यो बेसीमा उभिएर तपाईले ठुला ठुला हिमाल चढने सपना देख्न पाउनुहुन्छ। लाङ्टाङ्, गोसाईकुण्ड र गणेश हिमाल पुगेर फर्किदा तपाईले आराम गर्ने यो ठाउ पुगेपछि तपाइले वास्तविक नेपाल तस्बिरमा होइन, मनमा लुकाएर ल्याउनुहुन्छ ।खुल्दैछ पहिरो !
मुलखर्कको हिडन पनि गारो रसुवा, सदरमुकाम पुग्ने बाटो, यो हप्ता खुल्ने सँभावना रहेको बताईएको छ । बिषेशगरि दशै अघि नै बाटो खुल्ने सम्भावना छ । राम्चेको पहिरो अब नरहेपनि मुलखर्कको पुरै बगाएको बाटो अब कता लगेको छ त्यो हेर्न भने तेतै पुग्नुपर्ला जस्तो छ ।यो देखिएको बाटोमा अब गाडी हिडने छ र तपाई काठमाण्डौबाट रु १७० मा सोझै यसलाई छलेर धुन्चे हुदै स्याफ्रु बसमा एकै दिनमा पुग्नु हुनेछ । त्यहाबाट पदयात्रामा एक दिनमै नगरकोटबाट देखिने लाङ्टाङ् हिमाल छुन पाइने छ ।
अनि अब लाङ्टाङ् घुम्न आउने स्वदेशी बिदेशी पर्यटकहरुको स्वागतमा उभिएको छ , रसुवा ! राजधानीबाट बाटो नबिराई २ दिनमा पुग्ने लाङ्टाङ् हिमाल् घुम्न कति पैसा लाग्छ भनि एक् मित्रको इमेल जवाफमा मैले लेखेको थिए- सुद्द शाकाहारी र नमातिने हो भने २ वटा हात्ती चढेर पुगिन्छ । तर त्यो भने तपाई आफैले चढनुपर्ने छ ।
Sunday, October 7, 2007
आफ्नै टोपी, आफ्नै भेष !
दुर्गम ठाउको चलन, परम्परा किन बचेको हुन्छ भने देखि यसलाई जोगाएक हुन्छन् केटाकेटीहरुले । उनीहरुको शिर देखी पाईतालासम्म आफ्नै मौलिकपनको भाषा छ । तर यसलाई जोगाउन सरकारले चाहि के गरेको छ नि ? दौरा सुरुवाल र नेपाली टोपीको राग अलापेर मात्र क्षेत्रिय समस्या समाधान होला त ?अनि यि नानी देखिन्नन् त ! घले राजकुमारी जस्ती ।
आहा !! पाहाको मासु खाने?
हेर्दा भ्यागुतोको रुपसँग मिल्ने यो पाहा अलि लामो हुन्छ भ्यागुतो भन्दा । यसको छाला झिकेर खान्छन् अनि कुनै कुनै पाहा त आधा किलोको सम्म हुन्छ । पत्याउनुहुन्छ, यसको एउटाको रु १०० सम्म पर्छ , यदि यसलाई केरुङ ,चिनतर्फ निकास गरियो भने देखि ! यसलाई सजिलै मानिसहरुले खाई दिन्छन् र यसले औषधिको रुपमा पनि काम गर्छ रे ! अनि मलाई भने, भ्यागुतोको झझल्कोले रिङग्टा चल्छ । कहा खाने आट आउनु?स्याफ्रुको सेल्टर !
यो याममा लाङ्टाङ् घुम्न आउने पर्यटकहरु आफ्नो बन्दोबस्त आफै गर्छन्, आफ्नो क्याम्प आफै खडा गर्छन् । यो तस्बिरमा देखिए जस्तै स्याफ्रुको होटेल र लजको मात्र होइन, यो चौरको पनि भाडा लाग्छ ! एक चोटी हेलिकोप्टर बिसाएको रु १,००० मात्र । तर बजारमा बस्न राम्रो ब्यबस्था छ , कहिलेकाही भने आउने सयौ पर्यटकहरुको लामले होटेललाई पनि पछि पारीदिन्छ, अनि सुरु हुन्छ, टेन्टमय चिसो रात, खोलाको किनारमा!!! तर नआतिनुस् यो तस्बिर भने चैत बैशाखको हो ।भन्सारलाई ६५ लाख !
रसुवागढी भन्सार कार्यालयलाई जग्गा खरिद् एवम् भवन निर्माण गर्न सरकारले ६५ लाख बिनियोजन गरेको जानकारी प्राप्त भएको छ ।स्याफ्रुबेसी-रसुवागढी १६ कि मी सडक अब तत्काल सुरु गर्न चिनले तत्काल पहल गर्ने सँकेतको रुपमा यसलाई हेरिएको छ । नेपालको भन्सार स्याफ्रुबेसीमा राखिएकोमा अब नया र आकर्षक भन्सार रसुवागढीमा बन्ने खबर उत्साहजनक छ , तर यसमा ढिलाई हुन नदिनू जरुरी छ । ( तस्बिरमा हालको कर्मचारी बिहीन जिर्ण भन्सार )
Subscribe to:
Comments (Atom)