Pages

Tuesday, February 27, 2007

भेडाको उनजस्तो ।


हिउ नदेखेको मान्छेले हिउमै लेख्न बस्दा कति आनन्द आउछ् होला। यसो थकाई मेटन बस्दा कहिले काही कापीकलम नभए नि पुग्ने रहेछ ।

लाङ्टाङ नजिकैबाट ।


हुनत हिंडेर जाने हो भने एक दिनमा पुगिन्छ तर जानलाई कुनै योजना बनेको छैन । धेरै पछि स्याफ्रुमा हिउ पर्यो तर यतिले मत्रै पुग्ला जस्तो लाग्दैन, हेरु नया बर्षमा यु एस जान जि आर्ई दिउ कि हिमाल चढु, म त अन्यौलमा छु। र अन्त्यमा टेलिकमलाई धन्यबाद् दिदै यो बिकट् बेसीमा इन्टरनेट् चलाउने प्रविधि पुर्याइदिएकोमा थ्याङ्स् यार् ।

Monday, January 22, 2007

चिसो, पानी र पाईताला ।

कृष्ण थापा
जिवजिवे -रसुवा, माघ ७ - जिवजिवेका अधिकांश बासिन्दाले धमिलो पानी खानुपरेको छ । पानीको मुहान घट्टे खोलामा साउन तेस्रो साता पहिरो गएपछि उनीहरू धमिलो पानी खान बाध्य भएका हुन् । धैबुङ-८ का १ सय ५ घरधुरीले धमिलो पानी खाने गरेका छन् । 'अन्य ठाउँको पानी ल्याउन सकिएन,' स्थानीयबासी केदारप्रसाद पौडेल भने- 'कतिपटक खानेपानीका लागि सदरमुकाम धुन्चे धाइयो, बजेट र पाइपका लागि कसैले कुरै सुनेनन् ।'
स्थानीयबासीले पाँच किलोमिटर टाढा रहेको सो खोलाबाट ०४६ देखि निरन्तर खोलाकोपानी खाँदै आएका थिए । तर पाँच वर्षयता स्थानीयबासीले धमिलो पानी खाँदै आएका छन् ।
खानेपानीको मुहानमा पहिरोले गर्दा समस्या आएकोले धमिलो पानी प्रयोग गर्नुपरेको बासिन्दाहरू बताउँछन् ।
'टाढा जान सकिंदैन, नखाएर के गर्नु,' स्थानीय गंगाकुमारी
पौडेलले भनिन्- 'धमिलो भएकोले उमालेर पिउने गरका छौं ।' 'रोग लाग्ला कि भन्ने डर छ,' पौडेलले भनिन् ।
स्थानीयबासीबाहेक जिवजिवे प्राथमिक स्वास्थ्य केन्द्रमा पनि धमिलो पानी प्रयोग गरिँदै आएको
छ । 'सफा पानी आउँदैन,' अहेब माधवप्रसाद पौडेल भने- 'कहिले त लेदो नै आउँछ ।' दैनिक १०/१५ बिरामी आउने स्वास्थ्य केन्द्रमा पनि सफा पानी पाउन सकेका छैनन् । सफा खानेपानीको अभावमा केही दिनअघि बिरामी भएर स्वास्थ्य केन्द्र आएका प्रेमप्रसाद पौडेलले भने- 'बिरामीले त्यहाँ यस्तो पानी खाँदा झन् अर्को रोग थपिएर आउने डर छ ।'
यहाँ भोर्ले, धैबुङ, लहरेपौवा, सरमथलीलगायत नुवाकोटको बागेश्वरी र गेर्खु गाविसबाट उपचार गर्न आउँछन् ।
सफा खानेपानी अभाव नमुना नीलकण्ठ माविका शिक्षक र विद्यार्थीलाई छ । 'हामीलगायत विद्यार्थीहरूलाई पनि समस्या छ,' शिक्षक लोकनाथ पौडेल भने- 'नखाएर के गर्नु अरू विकल्प भएन ।'
***चिसोले खानेपानी आपूर्ति समस्या
कास
धुन्चे -रसुवा, माघ ७ - चिसोले धुन्चेमा खानेपानीको आपूर्तिमा समस्या भएको छ । चिसोले तापक्रम माइनस चार डिग्री सेल्सियसको हाराहारीमा पुगेकाले पानी जमेर बन्द हुन गएको हो । चिसोले पानी नआएको बताउँदै अर्याल होटेलका भीमप्रसाद पौडेलले भने- 'खानेपानी सुचारु भएको छैन ।'
थोरै पाइप गाडिएकोले पानी बरफ बनेर पानी सञ्चालनमा गड््बडी भएको धुन्चे खानेपानी उपभोक्ता समितिका अध्यक्ष रिसुवाङ्दी तामाङले बताए ।
"Woman's Work" Prize winning photograph by Robert Gorski

Sunday, January 21, 2007

"५५ घण्टा चिलिमे बन्द : देशलाई ४३ लाख् घाटा"


रु २० प्रति सेकेण्ड देशलाई दुई दिनभन्दा बढि घाटा लागीरहदा कान्तिपुरका पत्रकार कृष्ण थापा र म संगै बसेर कुरा गर्दै थियौ । ति पत्रकार रसुवाको दुर्गम ठाउमा बसेर जनताको सुचनाको भोक मेटाउनको लागि प्रयासरत थिए । कमसेकम मैले उनलाई फोनको सुबिधा उपलब्ध गर्दै गर्दा काठमाडौं क्यान इन्फोटेकको धङ्धङिबाट बाहिर आउन भ्याएको थिएन । उनका सहकर्मी , जिल्ला ब्युरोले उनको समाचार टिप्ने चासो देखाएनन । बरु उनलाई फ्याक्स किन नगरेको भन्दै स्पष्टिकरण सोध्दै थिए । त्यो बिटको सिनियर् पत्रकार् सम्पर्कमा आउन सकेनन। टेलीभिजनले उनले टिपाएको समचार पढेन । ति पत्रकारको अवस्था देखेर पनि बिकाशका कुरा कति निरस जस्ता हुन्छन् भन्ने देखिन्छ , कमसेकम् पत्रकारिताको क्षेत्रमा भए पनि ।

Sunday, December 31, 2006

नयाँ बाटो ।


नेपाल हामीले तेती घुमेकै रहेन छौ, बिशेष गरी काम नपरी त हामी घर बाट बाहिर नै निक्लदैनौ । हो, यो मेरो आफ्नै अनुभव हो रसुवाको बसाईको क्रममा ।र पर्यटनबिद् कर्ण शाक्यको पुस्तक सकारात्मक सोचले पनि मलाई एक्कासी प्रभावित् गर्न खोजी रहेको छ ।

नेपालको पर्यटनको तेस्रो गन्तब्यमा रहेको लाङ्टाङ् क्षेत्रको बारेमा केहि लेख्नको लागि नै यो ब्लग समर्पित छ । तर मलाई भने त्यो क्षेत्रको बारेमा धेरै केहि थाहा छैन ।

तर यदि सम्भव भो भने र इन्टरनेटको पहुच पुगो भने लाङ्टाङ्को बेसक्याम्प स्याफ्रुबेसीबाट म सुचना बाडन बत्तिने नै छु । कुनै दिन, गोसाईकुण्ड पुग्ने चाहना मेरो बाडनलाई पनि आतुर छु । तर यो ब्लग् भने हेर्दै गर्नुहोला नि । र त्यो गोसाइकुण्डको यात्राबारेको चर्चित बृत्तचित्र भेडाको उनजस्तो एउटाको गीतको खोजीमा बाट यो ब्लग् प्रभावित हुनसक्ने पनि पाठकहरुलाई जानकारी गर्छु ।