Pages

Thursday, April 12, 2007

छोराछोरीस“गै प्रवेशिका

कान्तिपुरका रसुवा समाचारदाताका अनुसार बाबु रेसमबहादुर लामिछाने र विवाहिता छोरी अम्बिका लामिछाने रिजाल प्राइभेट परीक्षार्थीका रूपमा रसुवा उच्चमावि धुन्चेमा परीक्षा दिइरहेका छन् । उनकी माइली छोरी लक्ष्मी नियमित परीक्षार्थीको रूपमा एसएलसी दि“दै छन् ।

लहरेपौवा-९ निवासी रेसम एसएलसी पास गरी छाड्ने
बताउ“छन् । 'एकपटक फेल भएर छोड्ने गरेकाहरूलाई उदाहरण देखाउने धोको छ,' ४१ वषर्ीय रेसमले कान्तिपुरस“ग भने । उनी जिल्ला हुलाक कार्यालय धुन्चेमा कार्यरत छन् ।

तेइस वर्षघि असफल भएपछि उनले परीक्षा दिन छाडेका थिए । पा“च सन्तानका बाबु रेसमले छोरीस“ग परीक्षा दि“दा खुसी लागेको बताए । उनकी माइली छोरी लक्ष्मीले लहरेपौवास्थित नीलकण्ठ उमावि केन्द्रबाट परीक्षा दिएकी छन् ।

केन्द्रका केन्द्राध्यक्ष रामनारायण चौधरीले बाबुछोरीले ज्ञानको ज्योतिलाई बुझेर उदारणीय कार्य गरेको बताए ।
बझाङ समाचारदाताका अनुसार यहा“ बाबु, आमा र छोराछोरीस“गै सहभागी भएका छन् ।
भैरवनाथ मावि सोताका शिक्षक कलक रावल र रुणुका छोराछोरीस“गै एसएलसी परीक्षा दिन लागेका हुन् ।

तीस वर्षघि पहिलोपटक एसएलसी परीक्षा दिएर असफल भएपछि शिक्षक पेसामा ३१ वर्षसेवा गरे पनि एसएलसी पास गर्ने धोको अधुरै रहेकाले परीक्षा दिन लागेकोे ५२ वषर्ीया कलकले बताए । जिल्लाका ६ वटा केन्द्रमध्ये सत्यवादी केन्द्रबाट कलक र रुणुका र अर्काे केन्द्रबाट छोरा नवीन र छोरी मीराले परीक्षा दि“दै छन् ।

No comments: