Pages

Sunday, April 29, 2007

स्याफ्रुमा साईकल !!!


प्रतीक्षा दुलाल
स्याप्रुबेसी -रसुवा, वैशाख १६
- तामाङ संास्कृतिक ट्रायलमा सम्पन्न पहिलो माउन्टेन बाइक रेसमा सुरेशकुमार दुलालले सुरेन्द्र र्राईलाई ०.३९ सेकेन्डले उछिन्दै पहिलो भएका छन् । साइकल रेसको लामो अनुभव मद्दतले सुरेश २८ किलोमिटरको रेस २ घन्टा ११
मिनेट ४७।३२ सेकेन्डमा पूरा गर्न सफल भए ।

प्रतियोगितामा पहिलो हुने सुरेशले २५ हजार नगद पुरस्कार हात पारे । त्यस्तै, सुरेन्द्रले १५ हजार र तेस्रो भएका पदम साबेङहाङले दस हजार रुपैया“ प्राप्त गरे ।

महिलातर्फप्रतियोगितामा निर्जला ताम्राकारले ३ घन्टा ३५ मिनेट ५४ सेकेन्डमा रेस पूरा गरिन् । उनले ८ हजार रुपैया“ हात पारिन् । अर्की सहभागी केली बोउमाले पा“च हजार रपैया“ हासिल गरिन् । प्रतियोगितामा २१ सहभागीमध्ये दर्ुइ महिला थिए ।

सुरुको उकालोमा स्पिडको फाइदा लिंदै सुरेन्द्र अघि थिए । तर, प्राविधिक सीप चाहिने गाउ“ तथा जंगलको बाटोमा सुरेशले सुरेन्द्रलाई उछिन्दै अघि बढे र रेस पूरा गरे ।

पर्यटन, संस्कृति तथा उड्डयन सचिव माधव घिमिरे तथा बेलायती राजदूत यान्ड्रयु हले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

No comments: