Pages

Sunday, April 15, 2007

हावाले हप्तौं विद्युत् अवरुद्ध


कृष्ण थापा
रसुवा, चैत ३० - सरर हावा चलेपछि रसुवाका अधिकांश स्थानमा हप्तौं विद्युत् अवरुद्ध हुने गरेको छ । प्राविधिकहरूका अनुसार एउटा पोलबाट अर्कोको दूरी निकै टाढा रहेकाले तारमा सानो पातले र्स्पर्श गर्दा पनि विद्युत् जानेे गरेको हो ।
विद्युत् आपर्ूर्ति बन्द हु“दा सबैभन्दा बढी साइबर क्याफे, इमेल/इन्टनेट, होटल व्यवसायी र आ“खा केन्द्र प्र्रभावित हुने गरेको छ । काजोल साइबर खोलेका तेप्पा तामाङले भने- र्'पर्यटकीय नगरी धुन्चेमा कतै इमेल/इन्टरनेट नभएपछि साइबर खोलेको हु“ तर सातासम्म विद्युत् अवरुद्ध हु“दा लगानी नैै उठ्दैन ।' होटल व्यवसायी छ्वाङ तेन्जिन तामाङलेे आपर्ूर्ति अवरुद्ध हु“दा घरमा जडान गरिएका विद्युतीय सामग्रीकोे कामै भएन । उनले भने- 'चिम छ बत्ती छैन, टुकी र मैनबत्ती बालेर ग्राहकलाई सेवा दिनुपर्दा कठिनाइ भइरहेको छ ।' साइबर र होेल मात्रै होइन हालै खोलिएको रसुवा सामुदायिक आ“खा केन्द्रलेे पनि सास्ती खेप्दै आएको छ । 'विद्युत् नहु“दा आ“खाका रोगीलाई सेवा दिन समस्या छ,' केन्द्र प्रमुख सरोज देवकोटाले भने- 'आ“खा जा“च गर्न लाग्यो बत्ती झ्याप्पै जान्छ, बिरामीलाई बत्ती आएपछि मात्र जचाउन आउनू भन्ने गरेको छु ।'
माथिल्लो भेग स्याप्र'mु, गोल्जुङ, गत्लाङ र चिलिमेलगायत स्थानका बासिन्दा राम्ररी बत्ती बाल्न नपाएकामा गुनासो गर्छन् । गत्लाङका सञ्जय तामाङलेे भने- 'बिजुली बत्ती त हर्ेनलाई मात्र राखेको जस्तो छ, कामै छैन ।' धुन्चेलगायत माथिल्लो भेगमा बिजुली बाल्ने पा“च सय घरधुरी छन् । नेपाल विद्युत प्राधिकरण रसुवाका प्रविधिकले पनि बत्ती राम्ररी नआएकामा दिक्क मान्छन् ।
तर यसैबिच रियालिटी बाईट्सलाई प्राप्त जानकारीका अनुसार रसुवामा नेपाल बिधुत् प्राधिकरणले सबस्टेशन निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

No comments: