काठमाण्डुबाट २ दिनमा पुग्ने मनोरम यात्रा जसमा एकदिन बसमा आएर स्याफ्रुबेसीको बसाई अनि अर्को दिनको पदयात्रामा त्यो हिमालको काखमै पुगिने नि ! अब सुरु भएको पर्यटक यामको लागि बिदेशीहरु आउने क्रम जारी छ, सुन्दर र मनमोहक हिउ हेर्न र खेल्न ।
“A friend who is far away is sometimes much nearer than one who is at hand. Is not the mountain far more awe-inspiring and more clearly visible to one passing through the valley than to those who inhabit the mountain?” [Kahlil Gibran]
Sunday, September 30, 2007
लामो छैन लाङ्टाङ् रुट !
काठमाण्डुबाट २ दिनमा पुग्ने मनोरम यात्रा जसमा एकदिन बसमा आएर स्याफ्रुबेसीको बसाई अनि अर्को दिनको पदयात्रामा त्यो हिमालको काखमै पुगिने नि ! अब सुरु भएको पर्यटक यामको लागि बिदेशीहरु आउने क्रम जारी छ, सुन्दर र मनमोहक हिउ हेर्न र खेल्न ।
Wednesday, September 26, 2007
तामाङलाई ताज !!!

अनि उसले लाएको नेपाली टोपी र यो रसुवाको तामाङ आलेले लाएको उनिको टोपी मलाई उस्तै उस्तै लाग्न थाल्यो । दुवैमा निश्चल हासो, नेपालीमन र उही वीर गोर्खालीपनको सादगी ।
सम्झनाको सदरमुकाम : स्याफ्रुबेसी !!
अर्को कुरा लाङ्टाङ् खोला र भोटेकोशीको यो दोभानमा उभिएर जलश्रोतको अपार सम्भावनाको चर्चा गर्न मात्र नभई ७,२४५ मी अग्लो लाङ्टाङ् लिरुङ हिमालको पनि उचाई नाप्न सकिन्छ ।
८३ प्रतिशत तामाङ बस्तीको यो जिल्लामा भर्खरै इन्डिएन आईडल बनेका प्रशान्त तामाङको चर्चा नहुने त कुरै छैन, बरु उनको पुर्खाको पनि सोधखोज हुनसक्छ ।
"तत्काल अब मोबाईलबाट एस् एम् एस् भोटिङ लाईन बन्द गरिएको छ ।" यो सुचना सोनी टिभीको भने होइन । टेलिकमका टाउका सुगतरत्न कँसाकारले केही समय अघि भने झै नेपालबाट प्रशान्तलाई एस् एम् एस् गर्न सकिदैन भनेर पनि होइन कि !नेपाल टेलिकमको मोबाईल सेवा नै यहा नभएर मात्र सधैको लागि एस् एम् एस् बन्द गरिएको पो रहेछ !!
Tuesday, September 18, 2007
शान्तिको आशामा : एक जोर आखा ।

अनि यि एक जोर आखाको भाखालाई बुझ्ने कसले त?
पुगियो पार्वतिकुण्ड !!
Wednesday, September 12, 2007
चिजको चिन्तन एकैछिन् ।

गरिबीको रेखामुनि ।

रसुवा जिल्लाको एक गाउमा खिचिएको यो तस्बिरले मलाई नेपालको गरिबीको रेखामुनी यति प्रतिशत वा उति प्रतिशत भनेर गरिने हिसाबले रिङ्गाए जस्तो लाग्छ अहिले।
यी बालबच्चाहरुलाई लगाउने एकसरो लुगा नभएको अवस्थामा हामी जतिसुकै ठुलो कुरो गरेपनि वास्तबिक नेपाल फरक रहेछ भन्ने महशुस हुदैछ, जबसम्म उनीहरुको शरिरका रेखाहरु ढाक्न प्रयासै हुदैन भने ।
केरुगं तथा स्वाप्रुवेशी मार्गको योजना तयार

नेपाल भ्रमणमा आएका चीनको तिब्बत सरकारका उपाध्यक्ष देङ्ग साओगांगको प्रतिनिधिमण्डलसँग महतोले यो आग्रह गरेका हुन् ।
सीमा क्षेत्रमा पूर्वाधार विकास, विशेष आर्थिक क्षैत्र र सुख्खा बन्दरगाह निर्माणका लागि उद्योग मन्त्रीले आग्रह गरे । चिनियाँ पक्षले यो अनुरोधलाई सकारात्मक रुपमा लिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सीमाक्षेत्र केरुगं तथा स्वाप्रुवेशी मार्ग र तिब्बती क्षेत्रतर्फ पूर्वाधार विकासका लागि एक योजना तयार भइसकेको साओगांगले जानकारी दिएका थिए ।
सीमा जोडिएको भए पनि चीन र नेपालबीचको व्यापार पाँच प्रतिशतभन्दा न्यून छ ।
चिनियाँ व्यापार प्रदर्शनीलगायत विविध कार्यक्रममा भाग लिने क्रममा चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ । यही क्रममा मन्त्री महतो र चिनियाँ पक्षबीच व्यापार विस्तारबारे मन्त्रालयमा छलफल भएको थियो । सन् १९८१ मा चीनसँग भएको वाणिज्य सन्धिको आधारमा व्यापार सञ्चालन भइरहेको छ ।
श्रोत: कान्तिपुर दैनिक, भदौ २६
तस्बिर : रसुवागढी नाकाबाट केरुंग जाने बाटो
Saturday, September 8, 2007
दुर्लभ यात्रा महँगो पर्यटन

अन्य मुलुकबाट नयाँ विमान कम्पनीले उडान गरे पनि युरोपबाट सीधा सम्पर्क स्थापिन हुनसकेको छैन । शान्ति स्थापनापछिको उत्साहपूर्ण वातावरणमा यो वर्ष उच्चदरले पर्यटक बढ्ने आशा गरिएकोमा टिकट अभाव र चर्को मूल्य प्रमुख समस्या देखिएको छ । काठमाडौंबाट सवा घन्टा उडान दूरीका भारतमा संसारभरका विमान कम्पनी आइरहेका छन् भने भारतकै विमान कम्पनीले पनि बाँकी विश्वमा उपस्थिति जनाइरहेका छन् । त्यसले भारत र बाँकी विश्वबीचको हवाईयात्रा सहज र सस्तो बनाएको छ । विमान कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाडा निकै कम छ । पर्यटकीय प्याकेज पनि सस्तो बन्दै गएको छ ।
पर्यटकलाई कुनै गन्तव्य मन पर्यो भने उसका लागि पहुँच र हवाई मूल्य पहिलो निणर्ायक तत्त्व बन्ने गर्छ । किनभने यात्राको सबैभन्दा महँगो पक्ष यही हो । हवाई भाडा सस्तो भएका गन्तव्यले बढी पर्यटक आकषिर्त गरिरहेका छन् । नेपालमा भने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम झन कमजोर भएको र निजी क्षेत्र आउन नसकेकाले यसको उल्टो स्थिति देखिएको छ ।
भारतबाट ३ देखि ४ घन्टाको उडान दूरीमा रहेका थाइल्यान्ड र मलेसिया घुमेर आउन पुग्ने रकम सवा घन्टाको दूरीमा रहेको नेपाल आउन र जानमात्र तिनुपर्छ । युरोप र अमेरिकाबाट नेपाल आउँदा भारत पुग्नभन्दा झन्डै दोब्बर मूल्य तिर्नुपर्ने अवस्था छ । केही सीमित विमान कम्पनीले नेपालमा एकाधिकार जमाएका छन् जसले गर्दा भाडा बढी छ । हवाई भाडा कम भएपछि पर्यटकीय प्याकेज सस्तो हुन्छ । मलेसियाले २४ हजार रुपैयाँमा भारतीयहरूका लागि २ रात ३ दिनको प्याकेज उपलब्ध गराएको छ । बि्रटिस एयरवेज, जेटलगायतबाट युरोप जाने यस्तो प्याकेज ३५ हजार रुपैयाँसम्ममा पाइन्छ ।
धेरै विमान कम्पनीको आवागमनले भारत र बाँकी विश्वबीच सेवा बढेको मात्र होइन हवाई भाडा पनि उल्लेख्यरूपमा घट्दै गएको छ । प्याकेज बनाउन निणर्ायक भूमिका विमान कम्पनीको हुन्छ । भारतीय र भारत आएका पर्यटक चाहेर पनि नेपाल आउन सक्ने अवस्था छैन । त्यति रकम तिर्छुभन्दा पनि टिकट पाउन मुस्किल छ । यससँगै नेपाल महँगो गन्तव्यमा परिणत हुँदै गएको छ । अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेकोन एयर, एयर नेपाल इन्टरनेसनल, कस्मिक एयरलगायत असफल भए भने केहीले उडानै नगरी लाइसेन्स ओगटेर बसेका छन् । यस्तो अवस्थामा सरकारले निगम सुधार र निजी क्षेत्रलाई एकसाथ अघि बढाउनु पर्छ । त्यसबाहेक विदेशी विमान कम्पनीलाई पनि लागत घटाउन सघाउनु पर्छ ।
नेपालमा हवाई इन्धनको मूल्य छिमेकी सबै मुलुकभन्दा बढी छ । यस्तो अवस्थामा नयाँ विदेशी कम्पनीहरूलाई ल्यान्डिङ पार्किङ र ग्राउन्ड ह्यान्डलिङमा २५ प्रतिशत छुट दिने पर्यटन मन्त्रालयको निर्णय स्वागतयोग्य छ । त्यसैले हवाई पहुँच दुर्लभ र महँगो बन्दै गएको नेपाललाई बाहिरी विश्वसँग जोड्न अबेर गर्नु हुँदैन । जसले बनाउने हो पर्यटकीय प्याकेज सस्तो बनाओस् । नत्र शान्ति स्थापना भए पनि पर्यटनबाट लाभ लिने चाहना सपनाभन्दा माथि आउन सक्ने छैन ।
श्रोत : सम्पादकिय , कान्तिपुर दैनिक, २३ भाद्र
स्याफ्रुमाण्डौ ।
Wednesday, September 5, 2007
बाढी/पहिरो नियन्त्रणमा

सरकारमा बस्ने मन्त्री तथा देश हाक्ने नेता जनताका हिमायती हुन् भने वातावरण संरक्षण गर्ने दीर्घकालीन योजना बनाउन किन लाग्दैनन् ? वातावरण संरक्षण नहुनाले कहिले कुनै ठाउँमा अतिवृष्टि र कहिले कुनै ठाउँमा अनावृष्टि भई सर्वसाधारणले पाउनु दुःख पाइराखेका छन् । वातावरण संरक्षणका लागि वनजंगलको उचित संरक्षण हुनुपर्छ । विश्वको तापमान वृद्धि घटाउनुपर्छ । भू-संरक्षण र जलाधार व्यवस्थापन कार्यक्रम देशभर लागू गराउनुपर्छ । वायुमण्डलमा रहेको ओजन तहको विनाश रोक्नुपर्छ । प्राकृतिक स्रोत दुरुपयोग र ओजन तह विनाशले विश्वकै पारिस्थितिकीय प्रणालीमा गम्भीर नकारात्मक असर पर्न गएको छ । बाढीपहिरोको प्रकोप बढ्दो छ ।
तराईमा बाढीको प्रकोप बढ्नुमा अर्को मुख्य कारण हो नेपाली सीमा नजिक बनाएका भारतीय बाँध । तिनलाई भत्काउन वा पुनर्निर्माण गर्न लगाउनुपर्छ । नदी किनारका भोका मानिसलाई एउटा माछा दिनुभन्दा माछा मार्ने कला सिकाइदिन सकियो भने राम्रो हुन्न र ?
- श्यामसुन्दर श्रेष्ठ
तनहुँ
हाल रसुवा
श्रोत कान्तिपुर दैनिक, पाठक पत्र, १९ भाद्र

Monday, September 3, 2007
स्याफ्रुको स्याउजस्तो ।
चिज चाख्दै चन्दनबारी

देवेन्द्र भट्टराई/कृष्ण थापा
रसुवा - ५२ वषर्ीय पदम- बहादूर विश्वकर्माको दैनिकी चौंरी दूधको भण्डारणबाट सुरु हुन्छ । उनको हरेक साँझ चिजका ढिक्का पल्टाएर र घिउ तौलेर टुंगिन्छ । यसरी नै बितेका छन् ३० वर्ष जहाँ उनी दूधकै सपनाजपनामा हुन्छन् ।
'जे होस्, जीवन अमृतमयी बनेजस्तो अनुुभव हुुन्छ,' ३५ सय मिटर उचाइको रसुुवा चन्दनबारीमा भेटिएका दोलखा जिरी मूल घर भएका पदम भन्दै थिए- 'जोकोहीको जीवन यसरी दूध, घिउ र चिजको स्वाद चाख्दै बित्न सक्दैन ।'
जिरी माविबाट एसएलसी गरेपछि काठमाडौंबाट आइकम गरेका थिए पदमले । त्यही बेला पहिलोपटक -र, अन्तिमपटक पनि) चिज-मेकिङ तालिम खुुल्यो स्वीस सहयोगमा । दोलखा र रामेछापका उम्मेदवारमा पदम पनि परे र उनी चिजतिर लागे ।
'जिरी र चेर्दोङमा गरेर २०३२ सालमा तालिम पूरा भयो,' उनले सुुनाए- 'त्यो समूहमा हामी १२ जना थियौं जसमध्ये अन्यले अवकाश पाइसकेका छन् ।' त्यसपछि पदमको समय दुुग्ध विकास संस्थानअन्तर्गत लाङटाङ, सोलुखुम्बु, रसुवा, दोलखा, काठमाडौं, इलाम, रामेछाप हुँदै बितेका छ वर्षयता चन्दनबारीमा अडेको छ । वैशाखदेखि कात्तिक- सम्म हुने चिज उत्पादनमा याक -चौंरी) चिजमध्ये चन्दनबारीले मात्रै संस्थानको ६० प्रतिशत भार ओगटेको छ । स्वीस स्वाद र प्रविधिको 'ग्रेयर चिज' यहाँबाट गत वर्ष मात्रै २४ हजार ६ सय ४२ केजी उत्पादन भएको रहेछ ।
'नेपालबाहेक संसारमा कतै याक चिज उत्पादन हुँदैन,' पदमले भने । २०२७ देखि चन्दनबारीमा चिज उत्पादन हुन थालेकोमा सुुरुका वर्षमा 'क्रिम चिज' पनि बन्थ्यो । 'इलाममा सेमी-हार्ड प्रकृतिको कञ्चन चिज बन्छ, नुुवाकोट तथा त्रिशूलीमा भैंसी दूधबाट मजरेला चिज र यहाँ ग्रेयर चिज,' उनी भन्दै थिए । उनका अनुसार चन्दनबारीका लागि मात्रै ७६ किसानका एक हजारजति चौंरी दुग्ध-स्रोत बनेका छन् ।
'चिज अचम्मको खान्की हो,' पदमले सुनाए- 'हेर्दा राम्रो देखिन्छ, मीठो पनि हुन्छ । कोही भने पेडा सम्झेर किन्छन् र अलिकति खाएर फ्याँकिदिन्छन् ।' उनी आफू भने बिहानै चियासँग पनि चिज खाँदा रहेछन् ।
उनका अनुुसार १० लिटर दूधले १ केजी चिज बन्छ । चन्दनबारीमा दूध र कच्चा चिज ओसार्न रसुुवा केन्द्रबाट ७ घन्टा पैदल हिँड्नुुपर्छ । दैनिक ७० केजी कच्चा चिजका ढ्याक बोकेर भरियाहरू आवतजावत गरिरहेका हुुन्छन् । 'वैशाखदेखि कात्तिक- सम्मको चिज सिजनबाहेक भने हाम्रा कर्मचारी दाउरा संकलनमा लागेका हुुन्छन्,' उनले भने ।
उनका अनुुसार चिज उत्पादनमा आवश्यक पर्ने रसायन 'रेनिट' र 'चिज कल्चर' डेनमार्कबाट आउने गरेको छ । 'अब चिजलाई आकार दिने यो यन्त्र चिज-हुुक -फर्मा) पनि पाउनै छाडिसक्यो,' उनले भने- 'डेनमार्कबाट किनेर ल्याउनुुपर्ने यो यन्त्र १० वर्षदेखि पाउन सकिएको छैन ।' उनका अनुुसार डेनमार्कमा भने 'चिज-हुुक' अहिले म्युुजियममा मात्रै छ । 'यसको विकल्प खोज्नुुपर्ने हो, खोजिएको छैन,' उनले भने ।
उमेर आधारमा पदमबहादुुर अब छ वर्ष दुुग्ध विकासको सेवामा रहनेछन् । चिज-मेकरबाट सुुरु भएको उनको सेवा छैटौं तहमा पुुगेको छ । तर संस्थानका अधिकांश सेवा-सुुविधा र कार्यशैली काठमाडौंकेन्दि्रत भएकोमा भने उनी दिक्क मानिरहेका थिए ।
चन्दनबारीस्थित माटेघरको भण्डारमा एक हजार केजीभन्दा बढी चिजका डल्ला थुपारिएका थिए । वर्तिर केन्द्रमा गोसाईकुुण्ड यात्रामा निस्केका ग्राहक चिज किन्न व्यस्त थिए । 'डोकोमा बोकेर डाँडैडाँडा हिँड्दै चिज ल्याउनुुपर्ने हुुन्छ,' उनले भने- 'चिज भनेको आलुुजस्तै हो, निश्चित समयमा खाइसक्नुुपर्ने ! जबकि पहिरो र बन्दका कारण उत्पादित चिज काठमाडौं पुुर्याउन कहिलेकाहीँ त महिनौं पर्खनुुपर्छ ।'

Subscribe to:
Posts (Atom)