Pages

Sunday, May 6, 2007

बेस्ट अफ लक किसन् ।

२२ बर्षे अल्लारे उमेरमा झण्डै सत्तरी जना बिधार्थीहरुको ५ बर्षको लागी अध्ययन छात्रब्रित्ति सहयोग गर्ने र साथै रसुवाको नशा नशामा सामाजिक भावनाको बिजारोपण गर्न सक्षम किसन देवकोटाको प्रयास आफैमा उदाहरण हो, युवा जोस र जागरणको।

चर्चाबाहिर रहेर पनि उनमा रहेको निरन्तर लगनशिल भावना नै समाज भित्रको आट जस्तो, परिबर्तनको सुत्रधारजस्तो र र र एक नदेखिने माया जस्तो । उनले ठुलो ठुलो एन् जि ओ जस्तो ब्यापार गरेको होइन , समाजको जरा जरामा पानी हालेको हो , त्यसको असर अहिले देखिदैन तर त्यो झ्याङ्गिएपछि एक गजवको आकार लिन्छ ।

उनले मलाई इमेल गरेर मेरो बारेमा गहिरो जिज्ञासा राखेका रहेछन् । उनको रसुवाको बारेमा अनुसन्धानात्मक वेवसाइट बनाउने योजनाको लागी मेरो शुभेच्छा छ । उनको इमेलका केहि शब्द उनकै अक्षरमा ............One more question, is it YOU? that Umesh in MYSANSAR.com? Orsomeone else with the same name? Just curious? .........I will finish my examin jestha and then may be will be trying to gather some information to put in the website if I got good support from the Govt, TRPAP and someof my friends. ........What I want to do is to assure that my intention and idea will be productive and effective as well, otherwise there is no point in rushing for nothing. ......................This monsoon also may destructive forthe villagers in Rasuwa, if anything happened, we all should try to coordinate resources and supports to provide emergency relief to them...........
(Goto Kishan's Pages.....)

No comments: