Pages

Friday, May 25, 2007

पूर्व सभापतिसँग बयान

कृष्ण थापा , जेठ ८ -
अवैध रक्त चन्दन लुकाएको आरोपमा पूर्व जिल्ला विकास सभापतिसँग वन कार्यालयले मंगलबार बयान लिएको छ ।
रक्त चन्दन वाईसीएल, प्रहरी प्रशासनसहित सञ्चारकर्मीको रोहवरमा ३ सय २६ थान रक्त चन्दन वन कार्यालयलाई बुझाएका थिए । पूर्व सभापति मिलन तामाङसँग मंगलबार वनले अनुसन्धान सुरु गरी सोधपुछ गरेको छ ।वनका रेञ्जर प्रेम सापकोटाले भने- 'थप कुरा खुल्दैछ ।' उनले भने- 'हामी अनुसन्धानपछि सबै बाहिर ल्याउनेछौं ।'रक्त चन्दनको कारोबारमा दुईभन्दा बढी व्यक्तिहरू संलग्न रहेको आशंका गरिएको छ ।गोल्जुङको-५ चौहत्तरमा घर भएका पूर्व जिविस सभापति तामाङलाई वाईसीयलको सक्रियतामा प्रहरी र स्थानीय प्रशासनले पक्राउ गरेको हो । पूर्व सभापति तामाङले करिब १० रक्त चन्दन घरनजिक दुई ठाउँमा खाल्डो खनी लुकाएका थिए ।'पक्राउपछि वनलाई जिम्मा दिएका छौं, प्रजिअले भने- 'त्यो वनको क्षेत्र भएकाले अनुसन्धानका उनीहरूलाई दिएकाछौं ।'धेरै दिनको प्रयासपछि शंका लागेकाले रक्त चन्दनसहित समातेको वाईसीएलका रसुवा अध्यक्ष नकुलले जानकारी दिए ।

तस्बिरमा मिलन तामाङ

No comments: